Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको चौधौँ महाधिवेशन : राजनीतिमा आध्यात्मिक चिन्तन जरूरी

कांग्रेसको चौधौँ महाधिवेशन : राजनीतिमा आध्यात्मिक चिन्तन जरूरी

  • 4.4K
    SHARES

  • कांग्रेसको चौधौँ महाधिवेशन : राजनीतिमा आध्यात्मिक चिन्तन जरूरी

     

    -डिल्लीप्रसाद शर्मा आचार्य

    राजनीतिमा आध्यात्मिक चिन्तनको अर्थ नेतृत्व धार्मिक हुनुपर्छ तर कर्मकाण्डी होईन,पुर्वजन्मको फलको आशा होईन यहि जन्ममा आफुले गरेको कर्ममा विश्वास गर्नुपर्छ।

    परलोक सुधार्न होईन आफ्नै जिवनकालमा आफ्नै कर्मले समाज र राष्ट्रमा सुधार ल्याउनुपर्छ।आध्यत्मिक चिन्तन हुन कुनै एक विशेष धर्ममा आस्था राख्ने हुनुपर्छ भन्ने होईन जुनसुकै धर्म हिन्दु मुस्लिम कृशियन बौद्द जुन धर्ममा आस्था राख्ने नेतृत्वमा पनि  आध्यात्मिकक चिन्तन भएको हुनुपर्छ।

    आध्यात्मिक चिन्तनले व्यक्ति परिवार नातावाद भन्दा समाज र राष्ट्र ठुलो हो भन्ने भावना पैदा गर्छ।राजनितिमा यो चिन्तनको मिश्रणले नेतृत्वमा आत्मविश्वास पैदा गर्छ।मुलुकलाई सम्बृद्दी बनाउन मद्दत गर्छ। धेरै नेताभन्दा आध्यात्मिक चिन्तन भएको एउटा नेताले पनि समाज र राष्ट्रमा ठुलो परिवर्तन ल्याउन सक्छ।

    आध्यात्मिक चिन्तन नभएको नेतृत्वले जनताले आफुलाई दिएको विश्वासलाई कायम राख्न सक्दैन।त्यस्को उदाहरण अहिले हामीले भोग्न परेको राजनितिका उराठलाग्दा दिनहरु साक्षीको रुपमा छन।नेपालमा २०७४को आमनिर्वाचनको जनमतलाई हेर्ने हो भने झण्डै दुईतिहाईको सरकारको जुन हरिविजोग अहिले भएकोछ त्यो हुनुमा नेतृत्वमा राजनितिको साथमा आध्यात्मिक चिन्तन नहुनु नै प्रमुख कारण हो।यदि नेतृत्वमा आध्यात्मिक चिन्तन सहितको राजनिती हुन्थ्यो भने मुलुकले आज यस्तो उराठलाग्दो, गन्तब्यहिन,राजनिति देख्न पर्ने थिएन।

    यदि यहि नेतृत्वमा आध्यात्मिक चिन्तन भएको भए राजनितिमा ईमान्दारिता,पारदर्शिता,भ्रष्टाचारमुक्त  सुशासन सहितको समाजको श्रृजना हुने थियो।मुलुक र जनताले चाहेको विकास र सम्बृद्दी को यात्रामा मुलुक अगाडि बढ्ने थियो।वास्तवमा राजनितिमा आध्यात्मिक चिन्तन एक सकारात्मक मनोविज्ञान हो जस्ले आफ्नो धर्म संस्कृती परम्परा को संरक्षण गर्छ ।

    आफ्नो देशको माटो पाखा पहरा नदि नाला लाई माया गर्छ । मठ मन्दिर मस्जिद गुरुद्दारा धार्मिक धरोहरको रक्षा गर्छ जस्को प्रभाव मुलुकको राजनितिमा लामो समयसम्म पर्न सक्छ।भारतसंग हाम्रा केही असहमति होलान तर भारतिय प्रधानमंन्त्री नरेन्द्र मोदीको राजनितिमा भएको आध्यात्मिक चिन्तनले त्यति ठुलो भारतमा यति धेरै परिवर्तन र राजनैतिक स्थायित्व पैदा गरिदिएको छ कि यस्को प्रभाव भारतिय राजनितीमा अझै लामो समयसम्म नरहला भन्न सकिँदैन। 

    अब म याँहाहरुलाई राजनितिमा आध्यात्मिक चिन्तन र नेपाली काङ्ग्रेस को चौधौ महाधिवेशन तर्फ लैजना चाहन्छु।नेपाली काङ्ग्रेस को चौधौ महाधिवेशनको सात तहको निर्वाचनमा अहिले हामी हाम्रो क्षेत्रमा वडा र पालिका तहको निर्वाचन सम्पन्न गरिसकेका छौ।याँहासम्म आईपुग्दा हामी धेरै ठाँउमा सहमति सहकार्य र एकता प्रदर्शन गरिसकेका छौ।

    सहमति हुन नसकेका केही पदमा निर्वाचन मार्फत नेतृत्व चयन गरेका छौ।हामी लोकतान्त्रीक दर्शनमा विश्वास गर्ने हुदा असहमतिलाई निर्वाचन मार्फत नेतृत्व चयनलाई पनि सहज र सामान्य ढंगले लिनु पर्ने हुन्छ।विजयी हुनेले उन्माद र अहंमता प्रदर्शन गर्नु हुदैन ।कर्तब्य र जिम्मेवारी बोध गर्नुपर्छ।सबैलाई समेटेर लैजान सक्नुपर्छ।

    nepali-Congress-.jpg

    उपविजेताले पनि रिस ईर्ष्या बदलाको भावना राख्नु हुदैन।पराजयलाई सहजतापुर्वक लिन सक्नु पर्छ।पराजय राजनितिको अन्त्य होईन शुरुवात हो भन्ने बुझ्नुपर्छ।अर्कोपटक नेतृत्वमा स्थापित हुन राजनितीलाई निरन्तरता दिनुपर्छ।यस्को लागि विजेता उपविजेता दुवैमा सकारात्मक सोचको विकास गर्नुपर्छ।

    राजनितिमा आफुलाई केन्द्रविन्दुमा राखेर होईन पार्टी समाज र राष्ट्रलाई केन्द्र विन्दुमा राख्नुपर्छ।यी सबै कुराको लागि पनि राजनितीमा आध्यात्मिक चिन्तन हुनु जरुरी हुन्छ।आध्यात्मिक चिन्तनले नेतृत्वको ब्यक्तित्वलाई पनि फराकिलो बनाउछ।यहि मनोभावना सबै काङ्ग्रेसी साथिहरुमा जागृत होस।चौधौ महाधिवेशनको तुष आगामी निर्वाचनमा नरहोस।

    अन्तमा राजनितीको अर्थ र परिभाषालाई जसरि ब्याख्या गरेपनि राजनीति मेरो बुझाईमा सम्पुर्ण मानवहितको लागि लोकतान्त्रीक दर्शनमा आधारित भै राष्ट्रियतालाई सर्वोच्च स्थानमा राख्दै आध्यात्मिक चिन्तन सहित समाजमा सकारात्मक प्रभाव पारी सामाजिक रुपान्तर गर्ने र राज्यको विधि विधानमा रहि राज्यको साधन र श्रोतलाई अधिकतम रुपमा समाजमा न्यायोचित वितरण गरि अधिकतम प्रतिफल प्राप्तीका साथ सिमान्तकृत जनताको जिवनस्तर माथी उठाउनु हो।

    यहि राजनितीमा आध्यात्मिक चिन्तनको आबश्यकता र महत्वलाई  सबैले ग्रहण गर्न श्री नवदुर्गा भवानीले हामी सबैलाई प्रेरणा दिउन।

    सबैको जय होस। जय नेपाल।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology