लेखक -अर्जुनदृष्टी
एकादेशमा
मनुष्य जातीहरु
लर्को लागेर
बिबाहमा जन्ती जान्थे
मिठो मिठो
मुख बेस्सरी मिठाएर
भोजभतेरमा खान्थे
तीजको राममा
कम्मर मर्काइ मर्काइ
आहा कति नाच्थे
साप्ताहिक रुपमा
गाउ शहरका
विभिन्न ठाउँमा रहेका
हाट बजार जान्थे
खोजी खोजी
तरकारी छान्थे
सडकको पेटीमा बसेर
रसिलो रसिलो
फुल्की कति खान्थे
तिनिहरुको
जन्मदिन नै किन नहोस्
वा,
अरु कुनै बिशेष दिन परोस्
सारै उत्साह र उमंग गर्थे
बेलाबेलामा
पुजा पाठ घरमा
शुभ कार्जे गर्थे
मन्दिर मस्जिद गुम्बा चर्च जान्थे
आफन्त, नाता कुटम्ब भेट्थे
दशैमा दुर्गा माताका शक्तिपिठहरुमा
खुकुरी र तरवार टलक्क टल्काउदै
वाख्खै भन्दै सराय खेल्थे
झिलिमिलि तिहारमा
घरघरमा गैइ द्धौसीभैली खेल्थे
विभिन्न समयमा
विभिन्न स्थानमा
साथी भाइ
बनभोज जान्थे
सिनेमाहलहरुका
विभिन्न सो हरुमा
नयाँ नयाँ फिल्म हेर्न जान्थे
कहिलेकाही
होटल रेष्टुरेन्टमा
रमाइलो गर्दै खान्थे
यस्सो कहिलेकाही
खै के के तान्थे
तर पछि
पृथ्वीमा परिस्थिति बद्लेछ
चिनको बुहानबाट
एकाएक कोरोना भाइरस फैलिएछ
एकएक गरि जीवनमरणको
अग्निपरिक्षा लिएछ
कति मरि गए सारा धर्ती छाडेर
कति रोए डाको छोडेर
तमाम मान्छेका आफ्ना
दैनिकीहरु खोसिएछ्न्,
भाइरसका कारण
मानिसहरु आफैले आफैलाइ
बन्दि बनाएछ्न
आफ्नो घरभित्र थुनेर
कैदी बनाएछन
त्रासै त्रासले जिन्दगी गुजारेछ्न
फेरी नयाँ जीवनको
आशै आशले
आफुले आफुलाइ सम्हालेछ्न
ढलेको मानिसले
धुलो टक्टकाउदै
फेरी उठेछ्न, अघि बढेछ्न !!
बुटवल,रूपन्देही
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)