Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2.1K
    SHARES

  • पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,असाेज २।

    पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

    १३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

    १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।

    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ भने ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्छ भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology