Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘भगवानको अर्को रुप भनेकै बुबा हो’

‘भगवानको अर्को रुप भनेकै बुबा हो’

  • 4.5K
    SHARES

  • ‘भगवानको अर्को रुप भनेकै बुबा हो’

    -पर्वत बस्याल ।

    सर्वप्रथम बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा सबै बुवाहरु प्रति नमन गर्न चाहन्छु। मैले यसअघि पनि बुबाको बारेमा लेख लेखेको थिएँ ।शिर्षक संघर्ष र दुःखले जेलिएको बुवाको मुहार नामक लेख धेरैले रुचाउनु भएको थियो। आज मैले यस वर्ष पनि मेरो बुवा शीर्षकमा लेख तयार गरेको छु।

    मेरो बुबा बिहानै पाच  बजे कृषि उपज थोक बजारमा व्यवसायीका लागि जानुहुन्छ। हाम्रो फलफूल होलसेल पसल छ। समयसँगै बूढो भएको मेरो बुवाको शरीर थाकेको म छोराले धेरै पटक महसुस गरेको छु तर परिवार र घरको अगाडि नथाकेको बाहाना पार्नुहुन्छ। रोग र औसधि साथी बनेको छ तर पनि परिवारमा कुनै किसिमको कमि महसुस हुन दिनुभएको छैन।

    बुवाको संघर्षको कथा हरु धेरै सुनेको छु। घरको दयनिय स्थितिले गर्दा एघार वर्षको उमेरमा घर छोड्नु भएको रहेछ।भारतमा गएर नोकरी गर्दै पैसा घर पठाउने गर्नु भएको रहेछ।आफुले सानै देखि दुख सङ्घर्ष गरे पनि मैले अब केही गर्छु र हजुरलाइ साथ दिन्छु भन्दा मलाइ त अझै सानो छस भन्नू हुन्छ।

    मेरो सपना अब त बुवाको पिर, तनाव, जिम्मेवारी लिन पाए केही हद सम्म बुबा माथिको लोड कम हुन्छ कि भन्ने सोच हो।तर पनि बुबाले मलाइ अझै सानो देख्नु हुन्छ।छब्बिस वर्षको उमेर को छोरो मलाई स्कुटी लिएर टाडा नजा भन्नु हुन्छ, जति झुट बोले पनि  ज्योतिसले जस्तै मेरो गल्ती रुचि अनि पिर आँसु बुझ्नुहुन्छ। उमेर र बेलाले कहिलेकाहीँ म सबैभन्दा जान्ने बुझ्ने छु भनेर सोचेँ भने पनि मैले भन्दा धेरै कुरा जानेको,बुझेको र भोगेको हुनुहुन्छ भन्ने मनमा आउँछ अनि आफ्नो  जान्नेबुझ्ने भ्रम भएको मेरो घमण्ड कमजोर भैदिन्छ। संसारमा सबैभन्दा ठूलो धन,सम्पत्ति,शिक्षा,माया र  समय भन्दा पनि सबैभन्दा ठूलो बुबानै हो लाग्छ मलाइ।

    मलाइ यहाँ सम्म आइपुग्दा हरेक दुख सङ्घर्ष झेल्नु परेको दिनहरु याद गर्छु।बुबाको माया बैसाख जेठको घामामा सितलता प्रदान गरेको महसुस गर्छु,पुष माघको जाडोमा न्यानो महसुस गराउछ बाबाको मायाले मलाइ।बुबाको च्यातिन लागेको जुत्ता हेर्छु तर पनि बुवाले फेर्न मान्नुहुन्न तर हामीलाई भने नयाँ किन नयाँ किन भन्नुहुन्छ। आफुलाई रोगले गर्दा मीठो खाना हुन्न तर हामीलाई भने के खाने मन छ भन्दै आफ्नो आत्मालाइ  मारेर हाम्रो इच्छा  पूरा गर्नुहुन्छ। यो संसारमा भगवान छन् या छैनन् मैले देखेको छैन तर भगवानको अर्को रुप भनेकै बुबा हो जस्तो मलाई लाग्छ।

    बुबाको संघर्षका कथा आफ्नै आँखाले धेरै देख्न सुन्न पाए तर यसको भागीदार हुन पाएको छैन। बुबाले जति हाम्रो लागि गर्नुभयो मैले पनि यो दुःख र पीडाको बदला मैले पनि अब बुबालाइ सुख र खुशी पार्ने अवसरको खोजीमा छु। र अन्तिम लक्ष्य पनि बुबाको सुख हेर्ने हो।

    बुबाले सिकाएको शिक्षादीक्षा, इमान्दारिता, कुलको रक्षा नै मेरो मूल मन्त्र हो। भनिन्छ बुवा आफ्नो लागि बाँच्दैनन,आफ्नो लागि कमाउदैनन र आफ्नो खुसी भन्दा ठुलो परिवारको खुशीको लागि आफूले दुःख गर्छन।

    भोक-प्यास,गर्मी-जाडो, रोग नभनी आफ्नै परिवारको लागि उमेर जीवन दुखमा बिताएर हाम्रो इच्छा आकांक्षा र मनलाई मात्र सर्बपरी ठान्दै परिवारको लागि दुख गर्ने आफ्नो कुनै प्रवाह नगर्ने बुबानै मेरो लागि सबै भन्दा ठूलो ईश्वर हुन।र आजको बुबाको मुख हेर्ने दिनमा हाम्रो लागि दुख गर्ने मेरो बुबालाई भित्री मनदेखि  ढोग। बुवा नै मेरो लागि ईश्वर,सुरक्षाकर्मी र मेरो सारा सन्सार हुनुहुन्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology