Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म ,वडा अधिवेशन भदौ १८ बाट

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म ,वडा अधिवेशन भदौ १८ बाट

  • 2.8K
    SHARES

  • कांग्रेसको १४ औं  महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म ,वडा अधिवेशन भदौ १८ बाट

    बुटवल,साउन ३१ । 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाएको हो । 

    वडा अधिवेशन भने भदौ १८ गते गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । यस्तै भदौ २७ मा गाउँ, नगरपालिका अधिवेशन हुनेछ । प्रदेश सभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरू असोज १० गते हुने भएका छन् ।

    प्रदेश अधिवेशन कात्तिक १० र १२ गते गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।सभापति शेरबहादुर देउवा निवासमा साउन २८ गतेबाट शुरू भएको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गरेको हो । 

    यसअघि भदौ १६ गते १४ औं महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका थियो । तर, क्रियाशील सदस्यता विवादलगायत समस्याका कारण निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने अवस्थामा कांग्रेस पुगेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology