Logo बिहिवार, श्रावण १४ गते २०८३
images

मन्त्रिपरिषद् बैठकका ७ निर्णय : सचिवहरुकाे सरुवा बढुवादेखि नयाँ तलबमान स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका ७ निर्णय : सचिवहरुकाे सरुवा बढुवादेखि नयाँ तलबमान स्वीकृतसम्म

  • 4.5K
    SHARES

  • मन्त्रिपरिषद् बैठकका ७ निर्णय  : सचिवहरुकाे सरुवा बढुवादेखि नयाँ तलबमान स्वीकृतसम्म

    बुटवल,साउन २५ । 

    शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । सचिवकाे सरुवादेखि नयाँ तलबमान स्वीकृत गरेको छ ।सरकारले कृषि मन्त्रालयको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गरेको हो। 

    यस्ता छन् मन्त्रिपरिषदका सात निर्णयहरु :-

    –हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने।

    –सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।

    –विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली-२०७८ को छलफलका लागि मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने।

    –माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमल बहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन।

    –नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वीतीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरि परराष्ट्रमा पदस्थापना गर्ने।

    –सैनिक सेवा चौथो संशोधन नियमावली-२०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने।

    –कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology