Logo मंगलवार, श्रावण १२ गते २०८३
images

५५ बर्ष पुरानाे छ नेपालमा रक्तसञ्चार सेवाको इतिहास

५५ बर्ष पुरानाे छ नेपालमा रक्तसञ्चार सेवाको इतिहास

  • 4.0K
    SHARES

  • ५५ बर्ष पुरानाे छ नेपालमा रक्तसञ्चार सेवाको इतिहास

    -कृष्ण चौहान क्षेत्री
    एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्त्वलाई विभिन्न रोग परिक्षण गरि,रगतको आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ।विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो छ।मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्त्वपूर्ण भुमिका मानिन्छ। १६१६मा वैज्ञानिक डा विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन।

    सन १६६५मा डा रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्को कुकुरमा सफल सञ्चार गराएका थिए।त्यसपछि जनावरको रगत मानव शरीरमा सञ्चार गर्ने क्रममा मानिसको मृत्यु भयो।यसबाट अन्य प्राणीको रगत मानव शरीरमा सञ्चार हुँदैन भन्ने तथ्य पत्ता लागेको हो।सन १८१८ मा डाजेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्को मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन।सन १९०१ मा डा कार्ल ले्डेस्टेनरले नाम गरेका अष्ट्रियाका वैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाए।

    ए,ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए।यसले चिकित्सा विज्ञानमा महत्त्वपूर्ण उपलव्धि भएको छ। सन १९१४ मा बेल्जियमका डा हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए।सन १९३० मा डा कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए।

    मानव रगतमा ए,ओ र बि रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण तथ्य पत्तालगाएकोले उनलाई सम्मानित गरेको हो।विश्व स्वास्थ्य संगठनले तिनै कार्ल लैण्डेस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको हो।हरेक बर्ष १४ जुन विश्वभरि रक्तदातालाई सम्मान गर्ने दिवसको रुपमा मनाउँदै आईएको छ।सन १९३२ मा एशियाका डाएन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाए।

    उनले यो प्रविधिको विकास गरे।सन १९३६ मा क्यानाडाका डा।नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेका हुन।सन १९४० मा डा।कार्ल लैण्डेस्टेनर र डाएलेक्जेण्डरको संयुक्त अध्यनबाट मानव रगतमा आरएच नेगेटिभरपोजिटिभसमूह पत्ता लगाए।मानव शरीरमा हुने रगतको ए,बि र ओ  समूह संगै आरएचसमूह चिकित्सा विज्ञानमा सवैभन्दा महत्त्वपूर्ण उपलव्धि मानिन्छ।बिरामी मानिसको उपचारमा रक्त समुहको आधारमा सम्भव भएको हो।सन १९४२ मा कोलकातामा भारतको पहिलो ब्लड बैंक स्थापना भएको हो।


    नेपालमा वि।सं।२०२०चैत्र २० गते नेपाल रेडक्रस सोसाईटीको  स्थापना भएको थियो।नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको ३ बर्षपछि वि।सं।२०२३श्रावण १२गते वीर अस्पतालको एउटा सानो कोठामा पहिलो व्लड बैंक स्थापना भएको हो।लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको  सो बैंकले पहिलो बर्ष १सय५७ युनिट रगत जम्मागरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो।

    १सय१०युनिट रगत पेशेवर रक्तदाताबाट रगत बेच्ने भरियाहरु,३२युनिट बिरामीका आफन्तहरुबाट,१५युनिट मात्र स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि विरामीलाई वितरण गरीएको थियो।यसरी नेपालमा औपचारिक रुपमा रक्ततसञ्चार शुरु भएको मिति श्रावण १२ लाई हरेक बर्ष नेपाल रेडक्रस सोसाईटिले रक्तसञ्चार दिवसको रुपमा कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ।नेपाल  रेडक्रस सोसाईटीले क्रमिक रुपमा आफ्नो क्षमता विस्तार गरि हालसम्म साविकको  ७जिल्लाको १०८स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ।आर्थिक बर्ष २०७७-७८  मा नेपाल भरिका ब्लड बैंकबाट झण्डै २ लाख ४२ हजार ४८ युनिट रगत संकलन गरी ३ लाख ३१ हजार ४ सय ५६ युनिट रगत तथा रक्त तत्त्व युनिट वितरण गरेको छ।


    प्रारम्भमा रगत बेच्ने पेशेवर व्यक्तिहरुवाट रगत संकलन गरिन्थ्यो।थुप्रै भरियाहरुले पैसा लिएर रगत बिक्री गर्ने गर्थे।वि।सं।२०४०मा तत्कालिन सरकारले रगतको बेचविखन पुर्णतया अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ।विश्व स्वास्थ संगठनले सन २०२० सम्म शतप्रतिशत स्वयंसेवी रक्तदान गर्ने उद्देश्य वमोजिम हरेक देशले स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरित गर्दै आएका छन।वि।सं।२०४८ चैत्र २४ गतेबाट मन्त्रीपरिषदको निर्णयअनुसार रक्त संकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो।

    नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको थियो र त्यस केन्द्रबाट आवश्यक सहयोग र नियन्त्रणमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिटको रुपमा गठन भएका छन।चितवन,पोखरा ,नेपालगन्ज र विराटनगरमा क्षेत्रीय रक्तसञ्चार केन्दको रुपमा ब्लड बैंक सञ्चालन हुँदै आएको छ।बुटवल,धनगढि,धरान लगायत अन्य शहरहरुमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थान हुन।


     नेपालमा रक्तसञ्चार सेवाको ईतिहास ५५बर्ष पुगेको छ।नेपाल रेडक्रस सोसाईटि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले आजको दिन अर्थात श्रावण १२ लाई रक्तसञ्चार दिवसको रुपमा मनाउँदै आएको छ।यस दिन प्रत्येक रक्तसञ्चार केन्द्रले आर्थिक बर्षभरि रगत संकलन र वितरण गरेको विवरण प्रस्तुत गर्ने,अत्याधिक रक्तदान गर्ने संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ।तर यस बर्ष कोरोना भाईरस संक्रमणको कारणले गर्दा संघसंस्था सम्मान कार्यक्रम नहुने भएको छ।

    नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो।यस संस्थाप्रति सम्पुर्ण संघसंस्था एवं सर्वसाधारण नागरिक,स्वयंसेवी रक्तदाताहरुको विश्वास रहेको छ।वास्तवमा यतिधेरै मात्रामा रगत रक्ततत्त्व संकलन एवं वितरण गर्नु धेरै नै चुनौतिपुर्ण कार्य हो।तर अहिले नेपाल रेडक्रस सोसाईटीलाई रगतको अत्याधिक मागलाई सहज व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ।नेपाल रेडक्रस सोसाईटि आफ्नै विविध समस्यामा रुमलिंदै आएको छ।

    सरकारले रक्तसञ्चार ऐन २०७१ जारी गरिसकेको छ।यस ऐनले रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटिको एकल जिम्मेवारी हटाएको छ।अब न्युनतम ४० बेड सञ्चालन अनुमति पाएका अस्पताल एवं स्वास्थ संस्थाले न्युनतम मापदण्ड पूरा गरि ब्लड बैंक संचालन गर्ने अनुमति पाउन सक्छन।रक्तसञ्चार सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र मापदण्ड अनुसरण र विकसित गरि देशव्यापी रुपमा सबै केन्द्रहरुमा समानरुपले कार्यन्वयन गर्ने गरि नयाँ नितिको व्यवस्था गरिएको हो।यस नितिको प्रमुख उद्देश्य शतप्रतिशत स्वैच्छिक रक्तदान र सवस्थ रक्तदान हो।विरामीलाई समयमै रगत रक्ततत्त्व व्यवस्थापन गरि उपचारमा सहयोग गर्ने समेत यसको उद्देश्य रहेको छ।नेपालको रक्तसञ्चार सेवा नियमनको लागि राष्ट्रिय रक्तसञ्चार व्युरो स्थापना गरिएको छ ।यस व्युरोले हाल सञ्चालित सम्पुर्ण ब्लड बैंकलाई अनुगमन,नियमन र वार्षिक नविकरण गर्ने गर्दछ।साथै नयाँ ब्लड बैंक खोल्न चाहने संघसंस्थालाई निश्चित प्रक्रिया र आवश्यक मापदण्ड पुराभए पश्चात् संचालन अनुमति दिनेगर्दछ।


    रक्तसञ्चार निती जारी भएपछि केही निजी अस्पतालहरुले समेत रक्तसञ्चार ब्लड बैंक केन्द्र सञ्चालन गर्दै आईरहेका छन।यसबाट बिरामीलाई रगत व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटिको विकल्प तयार भएको छ।रगत व्यवस्थापनमा केही सहजता भएको छ।निजी स्तरबाट सञ्चालित ब्लड बैंकहरुले रगत तथा रक्ततत्त्वको शुल्क अत्याधिक राखेर,रगत तथा रक्ततत्त्वको व्यापार गर्दै आईरहेका छन।

    काठमाडौंमा रहेका केही नाम चलेका ग्रान्डि,मेडिसिटि लगायतका हस्पिटलहरुले रु २ हजार १ सय सम्म रगतको शुल्क असुल्दै आईरहेका छन।नेपाल रेडक्रस सोसाईटिबाट सञ्चालित ब्लड बैंकले रु ५ सयमा रगत तथा रक्ततत्त्व वितरण गर्दै आईरहेका छन।स्वयंसेवी रक्तदाताहरुबाट स्वैच्छिक रुपमा  निस्शुल्क लिईएको रगत तथा रक्ततत्त्वको व्यापार गर्ने होडबाजी चलेको छ।नियमनकारी सरकारी निकाय नेपाल रक्त ब्युरो यस सन्दर्भमा मौन छ।

     बुटवलमा रगत तथा रक्ततत्त्व व्यवस्थापन :

    विसं २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रुपन्देहि जिल्ला शाखाको स्थापना भएको हो।नेपाल रेडक्रस सोसाईटी स्थापना पछि विसं २०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो।त्यसैगरी हस्पिटल युनिटको रुपमा विसं२०५७ बाट युनिभर्सल मेडिकल कलेज,सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो। वि सं २०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पुर्याउँदै आएको छ।यस आर्थिक बर्षमा प्रदेश ५ सरकार,सामाजिक विकास मन्त्रालयबाट थप १ ब्लड कम्पोनेन्ट मेसिन प्राप्त भएको छ।

    बुटवल तथा नजिकका क्षेत्रहरुमा रक्तदानको राम्रो अभियान चलेको छ।झण्डै ३ सयभन्दा धेरै संघसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेका छन।राजनैतिक दल,तिनका भातृ संगठन,व्यवसायिक संघसंस्था,गैर सरकारी संघसंस्था,बैंक तथा वितीय संघसंस्था,सहकारी संघसंस्था,धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आईरहेका छन। चैत्र महिनाबाट कोरोना संक्रमण अर्थात कोभिड १९ को कारणले गर्दा लकडाउन भएसंगै रगत संकलनमा समस्या आएको थियो।यसबाट बिरामीको उपचारमा समस्या उत्पन्न भएको थियो। 

    आर्थिक बर्ष २०७७र७८ मा बुटवल ब्लड बैंकबाट १८ हजार २ सय ४९ युनिट र सिद्धार्थनगर भैरहवाबाट ४ हजार ८ सय १८ युनिट रगत संकलन गरिएको छ।बुटवलमा गत बर्षको तुलनामा वृद्धि भएको छ भने सिद्धार्थनगर एकाई भैरहवामा घटेको छ।
    वितरण तर्फ बुटवल,भैरहवा,रुपन्देहीका अन्य क्षेत्र र चितवन,पाल्पा,नवलपरासीमा समेत गरी  २५ हजार ९ सय ३८  युनिट रगत तथा रक्ततत्त्व वितरण भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालले ७ हजार ७ सय ४३ युनिट,गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ६ हजार ७९ युनिट,सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ले १ हजार ५ सय २५ युनिट रगत तथा रक्ततत्त्व प्रयोग गरेका छन।त्यसैगरि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजले पनि बार्षिक ३ हजार ८ सय ५९ युनिट रगत तथा रक्ततत्त्व खपत गरेको छ।

    यस क्षेत्रमा रगत र रक्ततत्त्वको अत्याधिक मागलाई नेपाल रेडक्रस सोसाईटिबाट सञ्चालित ब्लड बैंकले व्यवस्थापन गर्न सकिराखेको छैन।अब बुटवलको जनघनत्त्व र स्वास्थ संस्थाहरुको वृद्धि संगै रगत र रक्ततत्व व्यवस्थापन थप जटिल बन्दै गएकोे छ।हिजोको अञ्चल अस्पताल अब प्रादेशिक अस्पताल भएको छ,यस अस्पतालबाट सबै विशेषज्ञ सेवा सहित नयाँ प्रविधि प्रयोग गरी बिरामीहरुको सफल उपचार भैराखेको छ।यस अस्पतालमा अब ब्लड बैंकको आवश्यक्ता छ।अब त्यस अस्पतालका बिरामीलाई आवश्यक रगत तथा रक्ततत्त्व वितरणको लागि अस्पतालले ब्लड बैंक स्थापना गर्नु अपरिहार्य रहेको छ।
    गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रगत तथा रक्ततत्त्वको धेरै खपत हुने गर्छ।खासगरी डायलासिस गर्नुपर्ने विरामीहरुको लागि नियमित रगत तथा रक्ततत्त्वको सहज व्यवस्थापनको लागि अस्पताल आफैले ब्लड बैंक स्थापना गर्नुपर्दछ। धेरै बिरामीहरुले समयमा रगत नपाउँदा डायलासिस रोकिएको समस्या अहिले धेरै छ।

    यसैगरी आम्दा अस्पतालले समेत आफ्ना विरामीहरुको लागि आवश्यक रगत तथा रक्ततत्त्व व्यवस्थापनको लागि ब्लड बैंक स्थापना गर्नुपर्नै देखिन्छ।रुपन्देही जिल्लामा रक्तदान  अभियानमा धेरै स्वयंसेवी रक्तदाताहरु सकृय छन।स्वयंसेवी रक्तदाताहरुको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएका छन।खासगरी वि।सं। २०६९ चैतमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको स्थापना भएपछि रगत व्यवस्थापनमा सहजता भएको छ।यस समाजले रुपन्देही क्षेत्रमा रहेका नियमित रक्तदाताहरुलाई संगठित गराउँदै आएको छ।प्रतेक महिना नियमित रक्तदान,आवश्यकता अनुसार आकस्मिक रक्तदान,दुर्लभ रगत व्यवस्थापन,नयाँ रक्तदाता निर्माणको लागि क्तबचत ज्ञड कतबचक तभबm गठन गरी रगत तथा रक्ततत्त्व अभाव हुन दिएको छैन।

    झन्डै ५ सय आजीवन सदस्य र अन्य स्वयंसेवी रक्तदाताहरुबाट यस समाजले यस बर्ष जिल्ला शाखा,देवदह,ओमसतिया,तिलोत्तमा शाखा,कतबचत ज्ञड कतबचक तभबm मार्फत ४ हजार युनिट भन्दा धेरै  रगत तथा रक्ततत्त्व संकलन गरी व्लड बैंकलाई हस्तान्तरण गरेको छ।कोभिड १९ को विषम परिस्थितिमा समेत रगत तथा रक्ततत्त्व संकलन गर्नको लागि तराईको ग्रामीण भेग जस्तै तिलोत्तमा नगरपालिका,रामग्राम नगरपालिका,ओमसतिया,देवदह,कपिलवस्तुको चनौटामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

    त्यसैगरी पहाडि क्षेत्र अर्घाखाँचीको सन्धिखर्क,पाल्पाको रामपुर,गुल्मीको रिडिमा समेत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कोभिड संक्रमणको बिरामीको लागि आवश्यक प्लाज्मा व्यवस्थापनमा समेत अग्रणी भुमिकामा रहँदै झन्डै ४ सय युनिट संकलन गरिएको थियो।आवश्यक्ता अनुसार रगत,रक्ततत्त्व,प्लाजमा चितवन,काठमाडौं,हेटौडा,जनकपुर समेत पठाएका थियौं।

    krishna chauhan.jpg

    यसरी रगत व्यवस्थापनमा सक्रिय रहँदै आएको हामी स्वयंसेवी रक्तदाताहरु कहिल्यै राज्यको आँखामा परेनौ।रगत व्यवस्थापन सधै रेडक्रसकै नाम अगाडि आउने गर्दछ।हामी विनाको रेडक्रस सायद अहिलेको जस्तो रेडक्रस हुँदैन थियो होला।अहिले भ्याक्सिन सन्दर्भमा समेत हामीलाई सम्बोधनमा पर्न सकेनौं।

    कोभिड संक्रमणको उच्च जोखिमको क्षणमा समेत रगत अभाव हुन नदिन निरन्तर लाग्यौं।तर अहिले हामी फ्रन्टलाईनमा परेनौं।कोभिडको बेलामा सुरक्षित घरभित्र बस्नेले भ्याक्सिन पाउने तर हामी स्वयंसेवी रक्तदाताहरुले नपाउने के यो न्याय संगत छ ?

    (लेखक कृष्ण चौहान क्षेत्री नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष हुन् ।)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology