- सरस्वती (पोख्रेल) आचार्य
आमा बाबा दुवै मेरा, ममताका खानी,
पाईछु माया दुवैको नै, कति भाग्यमानी ।।
जन्म दियौ, हुर्काई बढाई, ज्ञान शिक्षा दियौ,
अझै पनि पिर चिन्ता, हाम्रो लागि लियौ ।।
कति राम्रा, कति ज्ञानी, छोरा छोरी भन्दै,
ताते ताते सानु भन्दै, दिनहरु गन्दै ।।
लाग्यो अब बुढेसकाल, आमा बाबा तिम्रो,
मन त सधै हजुरसँगै, साथ छैनौ हाम्रो ।।
गाँउपाखाँको माया ममता, साँच्न खोज्यौ क्यारे,
गाँउ छोडदैनौ, बन छोडदैनौ भन्दै हिडछौ अरे ।।
चार छोरा एउटी छोरी, गहना हाम्रा भन्दै,
शत्रु बैरी पर पारि, हुर्कायौ दिन गन्दै ।।
४० वर्ष मुग्लान बसी, आयौ बाबा हाम्रो,
सुख आशमा घर धानी, बस्यौ आमा राम्रो ।।
छोरा छोरी पाँचै जना, दुःख कति कति,
चिन्ता छैन भन्दै बोल्यौ, हँसिला ति मोति ।।
विहेदान गरि दियौ, पाँचै छोरा छोरी,
छयै नाती घुम्छन होला, दुबै आखाँ भरी ।।
निरोगी भै आजसम्म, दिदै हामीलाई माया,
प्रगतिका पाईला चाल्छौ, बन्दै तिम्रो छाँया ।।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)