Logo बिहिवार, आश्विन १ गते २०८३
images

कविता : महामारी

कविता : महामारी

  • 5.5K
    SHARES

  • कविता : महामारी

    -सरस्वती (पोख्रेल) आचार्य

    सुरु भयो कोरोनाको महामारी जब,
    दिल खोलेर हाँस्न मन, लाग्नै छाड्यो तब ।।

    भुकम्पपछि कोरोनाले, देशलाई पार्यो चिन्ता,
    चिन्ता धेरै गर्दा पनि पुर्याउन्छकी चिता ।।

    डर त्रास भित्रभित्र, गिर्दै झनै मन,
    आखिर ठूलो स्वास्थ्य रैछ, के देखाउनु सान ।।

     फेरी पनि कोरोनाले लियो महामारी,
    ठिक होला भन्दा भन्दै दुईटा वर्ष पारी ।।

    कसरी हो जीवन अनि लालावाला पाल्ने,
    बन्दावन्दी भित्र पनि कुन इलम हो चाल्ने ।।

     विकल्प नि खोज्नुपर्ने, बाच्ने बचाउने,
     सुविधा नि चाहियो सरकार, स्वास्थ्य जचाँउने ।।

    अक्सिजन र भेन्ट्रिलेटर कमी छ है देशमा,
    नेताहरु सधै हुन्छन्, सत्ता पाउने रेशमा ।।

     
    समाजका स्वार्थी मान्छे, धन्दा कालाबजारी,
     कोरोनाका बिरामीले, पाउन छाडे सवारी ।।

    सरकारमै पहुँचका व्यक्ति मनपरि,
    तिनै नेता मान्छौ, हामी सर्वेसर्वोपरि ।।

     त यो पाटी, म यो पाटी, गफ बराबर
     मरि जाने टुङ्गो छैन, सुन्दा समाचार ।।

    स्वर्गका ति सहिदको आत्मा रोए होला,
    लुछीचुडी अझै किन, मरिजाने चोला ।।

    कार्यकर्ता फेसबुकका भित्ता रङगाउन्छन्,
     हाम्रो राम्रो नेता भन्दै, जुहारी चर्काउन्छन् ।।

    आफ्नो मान प्रतिष्ठाको, ख्याल गर है नेता,
    नभए ति घोषणापत्र, सबै आफै च्यात ।।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology