Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बौद्ध दर्शनको सञ्चार : भ्रष्टाचार नियन्त्रणको आधार

बौद्ध दर्शनको सञ्चार : भ्रष्टाचार नियन्त्रणको आधार

  • 4.4K
    SHARES

  • बौद्ध दर्शनको सञ्चार : भ्रष्टाचार  नियन्त्रणको आधार

    डा. बालकृष्ण चापागाईं

    भ्रष्टाचार भनेको मानिसले गर्न नहुने कार्यलाई जनाउँछ । सदाचार भनेको मानिसले जीवनपर्यन्त गर्ने कर्म  हो भन्ने अर्थमा बुझ्नु पर्दछ । भ्रष्टाचार  महारोगको रुपमा समाजमा देखा परिरहेको छ ।

    यसलाई कसरी नियन्त्रण गर्ने ? भन्ने बारे विश्वव्यापी रुपमै चासो र जिज्ञाशा देखिन्छ ।  सदाचार र सुशासनका लागि अनेकौ किसिमका प्रयासहरु गरिएको पनि पाइन्छ । तर भ्रष्टाचार नियन्त्रण हुन सकेको देखिदैन । 
    भ्रष्टाचार नियन्त्रण नहुनुमा मुलतः मानिसमा रहेको लोभ,मोह, व्यक्तिगत सम्पती जुटाउने लालचा नै मुख्य समस्या रहेको  पाइन्छ ।

    मानव समाजको विकासक्रममा  निजी सम्पतीलाई  राज्यसत्ताले  मान्यता दिन थालेपछि भ्रष्टाचार पनि संगै मौलाउन थालेको पाइन्छ । सदाचारका लागि अनेकौ नीति बनाइएतापनि यसले प्रभावकारी कार्यरुप लिन सकेको देखिदैन ।

    विश्वमा आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक स्वार्थका कारण  विश्व युद्धजस्ता नरसंहारकारी घटनाहरु दोहोरिएको पाइन्छ । नागासाकी र हिरोसिमाजस्ता नरसंहारकारी घटना विश्वले सामना गर्नु परेको सर्व विदितै छ । स्वार्थ–द्वन्द्वका कारण प्रथम र दोस्रो विश्वयुद्ध भएको इतिहास पनि मानवजातिलाई विदितै छ ।

    समाजमा शान्ति, सुशासन र सदाचार स्थापना गरी मानव समाजलाई सही गन्तव्यमा हिडाउने उद्देश्य लिएर स्थापना भएको संयुक्त राष्टसंघले विभिन्न प्रयास गरेको भएतापनि  अपेक्षित सफलता प्राप्त गर्न सकेको देखिदैन ।

    विश्वका विभिन्न राज्यहरुमा सुशासन र सदाचारका लागि संवैधानिक निकायहरुसमेत खडा गरी कोशिस गरिएतापनि ती प्रभावकारी देखिएका छैनन् ।

    नेपालको सन्दर्भममा  पनि भ्रष्टाचार नियन्त्रणका  लागि अख्तियार अनुसन्धान दुरुपयोग आयोगजस्ता अनेकौं निकाय र संयन्त्रहरु क्रियाशील छन् तापनि भ्रष्टाचार  नियन्त्रण हुन सकेको छैन । त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि यसका आधारभूत तत्वको खोजी हुनुपर्ने देखिन्छ ।

    मुलतः समाजमा दुई पक्ष देखिन्छ । मानिसको मनभित्र होस् या वाहिरीरुपमा होस् दुई विपरीत तत्वको अन्तर संघर्ष चलिरहेको हुन्छ । मनभित्रका नकारात्मक र सकारात्मक तत्व बीच अन्तरसंघर्ष भइरहेको हुन्छ ।

    त्यस्तैगरी समाजमा पनि नकारात्मक र सकारात्मक पक्ष बीच अन्तरसंघर्ष चलिरहेको हुन्छ । सकारात्मक पक्षले सुशासन र सदाचारलाई प्रश्रय दिइरहेको हुन्छ भने नकारात्मक विसंगतिपूर्ण कुराले कुशासनलाई जोड दिइरहेको हुन्छ ।   
    समाजमा असल विचारको प्रभाव बढ्दै जादा सुशासन कायम गर्न मद्दत पुग्छ ।  खराब विचारको प्रभाव बढ्दा कुशासन हावी हुन्छ । त्यसैले भ्रष्टाचारको न्यूनीकरण, शान्ति,सदाचार र  दिगो समृद्धि असल विचारको प्रभावमा आधारित छ । 
    समाजमा सुशासन र सदाचारको लागि मूलतः मानिसको अन्तर मनमा न्योचित चेतना हुनु आवश्यक छ । त्यसका लागि गौतमबुद्धले प्रतिपादन गर्नु भएका चार आर्यसत्य, अष्टाङ्ग मार्ग  र पञ्चशीललाई आदर्शका रुपमा लिदैं तिनीहरुलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न सकेमा भ्रष्टाचारको न्यूनीकरणका साथै शान्ति,सुशासन, मैत्री र करुणायुक्त समाज निर्माण गर्न सकिने देखिन्छ । 

    buddha_tamsaling.jpgगौतमबुद्धले चार आर्यसत्यको रुपमा मानव समाजमा दुःख छ, दुःखका कारणहरु छन् । ती दुःख निराकरण हुन सक्छन् , ती दुःख निराकरणका उपायहरु पनि भनेका छन् । ती उपाय भनेका आर्यअष्टाङ्ग मार्ग हुन् ।  ती मार्गमा संम्यक् दृष्टि, सम्यक् संङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् ।  

    यस प्रकारका मार्गलाई मानिसले व्यवहारमा उतार्न सकेमा समाजमा दिगो शान्ति स्थापना हुन सक्छ । भ्रष्टाचार हट्न सक्छ ।  समाजमा शान्ति  र सुशासन कायम हुन सक्छ । बुद्धले पञ्चशीलमा प्राणी हिंसा नगर्ने, अर्काको चिजमा लोभ नगर्ने, व्यभिचार (अनैतिक कार्य)    नगर्ने ,असत्य नबोल्ने  र मादकपदार्थ तथा नसाजन्य चिज सेवन नगर्ने भनी उपदेश दिएका छन् । उपर्युक्त पञ्चशीलको पालना गर्दा समाजमा शान्ति, सदाचार र सु्शासन अवस्था आउने कुरालाई महत्व दिएको पाइन्छ । 

    उपर्युक्त बुद्धका विचार आधुनिक समाजलाई सत्मार्गमा हिडाई शान्ति, सुशासन र सदाचार कायम गर्न महत्वपूर्ण छन् ।  जहाँ सुशासन र सदाचार हुन्छ,त्यहाँ भ्रष्टाचार कम हुन्छ । त्यसैले बौद्ध दर्शनको सञ्चारः भष्टाचार नियन्त्रणको आधारका रुपमा लिन सकिन्छ । सञ्चार  क्षेत्रले बुद्धका विचारलाई महत्वका साथ सम्प्रेषित गर्नु आवश्यक छ । पछिल्लो समयमा बौद्ध दर्शन, सञ्चार र शान्ति परिपुरकको रुपमा स्थापित भएका छन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology