Logo बिहिवार, आश्विन १ गते २०८३
images

चित्रबहादुरको दाबी : प्रधानमन्त्री ओलीले संकटकाल लगाएर शासन गर्नेछन्

चित्रबहादुरको दाबी : प्रधानमन्त्री ओलीले संकटकाल लगाएर शासन गर्नेछन्

  • 2.5K
    SHARES

  • चित्रबहादुरको दाबी : प्रधानमन्त्री ओलीले संकटकाल लगाएर शासन गर्नेछन्

    अर्घाखाँची,माघ ३०- 

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने दाबी गरेका छन् । 

    संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको उनले बताए ।

    ‘आन्दोलन गरेरै संसद् पुनस्स्थापना गर्नुको विकल्प छैन,’ उनले भने, ‘कांग्रेससहित सबै दल मिलेर सड्क संघर्षबाटै प्रतिगमनलाई परास्त नगर्ने हो भने ओलीले देशमा संकटकाल लगाएर देशलाई अझै अँध्यारोमा लैजान्छन् ।’

    प्रगतिशील पत्रकार संघले सन्धिखर्कमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको बताए । पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु दुस्खद भएको उनको तर्क थियो ।

    ‘अदालतले के गर्ला भनेर पर्खेर बस्नु हुँदैन, सबैभन्दा सर्वोच्च जनता हो, आन्दोलन गरेरै ओलीको प्रतिगामी कदमलाई असफल पारेर संसद् पुनस्स्थापना गर्नुको विकल्प छैन,’ केसीले भने । पार्टीभित्रको अन्तरविरोध सामना गर्न नसकेर संसद् विघटन गर्नु ओलीको गलत कदम भएको उनले बताए ।

    ‘आफ्नै दुई तिहाइको कम्युनिस्ट सरकार पार्टीभित्रको अन्तरविरोधलाई सामना गर्न नसकेर ओलीले संसद् विघटन गर्नु गलत हो,’ उनले भने, ‘पाटीभित्र विरोध उठ्छ, असहमती हुन्छ, त्यसको भित्रै समाधान गर्नुपर्छ, बहुमत सदस्यले विरोध गरेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो । जनताको सर्वोच्च निकाय संसद् विघटन गर्नु सरासर गलत हो ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology