-सागर पोखरेल
विक्रम संवत 2082 साल भदै 23 र 24 गते भएको जोन जी को आन्दोलन का विभिन्न कारण रहेका छन । कुनै पनि विवाद, द्वद्व, क्रान्ति त्यसै हुने गर्दैनन । यसका कारणरहरु खोज्न निम्न आयाममा खोज्नुपर्दछ: राजनीतिक, आर्थिक,प्रशासनिक सामाजिक, अन्तराष्ट्रिय, तत्कालिन कारणहरु को बारेमा व्याख्या गर्दा यसबारेमा उत्तरपाउन सजिलो हुन्छ। जसले गर्दा भविष्यमा यस्ता प्रकृतिका असन्तुष्टि आउन नदिन र आएमा समयमा नै सम्वोधन गरी विवाद तथा द्वन्द्वको शान्तिपुर्ण समाधान गर्न सहयोग पुर्याउछ।समाधानका उपाय वारेमा ब्याख्या गर्दा पनि उक्त आयामहरुमा ख्याल गर्नु आवश्यक छ।यस आन्दोलनलाइ विभिन्न दृषिटिकोणबाट बुझन्ने प्रयास गर्दा जरा तहसम्म पुग्न सकिन्छ।जसलाइ परम्परागत दृषिकोण, मानव सम्वन्धवादी दृष्टिकोण, अन्तरक्रियात्मक दृष्टिकोणले अझ सजिलोसँग बुझाउन सहयोग पुर्याउछ।
सर्वप्रथम जोन जी आन्दोलनको कारण र समाधानका उपायहरुबारेमा ब्याख्या बिष्लेषण गर्नुभन्दा पहिला यसका लाइ विभिन्न दृषिकोणबाट हेरौ , यसमा सवैले आफ्नो विचार पाउन सक्नुहुन्छ। पहिलो दृष्टिकोण हो, परम्परागत दृष्टिकोण: यस सोचाइअनुसार यो आन्दोलनलाइ नकारात्मक तरिका बाट हेर्न सिकाउने गर्दछ। किनकि यो द्वन्द्वमा हानि बढी भयो जस्तै : कलिला युवाहरुले आफ्नो ज्यानको आहुति दिनुपर्यो,नेपालको ऐतिहासिका धरोहर जस्तै सिंहदरवारमा आगलागि भयो, संसद भवनमा आक्रमण, न्यालय को श्री यन्त्रको निन्दा भयो,उद्योग ब्यबसाय र निजि उद्यमशिलता माथि आक्रमण भयो,आन्तरिक सुरक्षा व्यवस्थापनमा खतरा उत्पन्न भयो ।त्यसैगरि अर्को अवधारणा मानव सम्बन्धवादी दृष्टिकोण हो: यो दृष्टिकोणमा जोन जी आन्दोलनलाइ सकारात्मक तरिकाले विष्लेषण गर्न सहयोग पुर्याउछ ।जसअनुसार यो आन्दोलन स्वभाविक प्रक्रिया हो, यो आन्दोलनले दलहरुलाइ आन्तरिक लोकतन्त्रको अभ्यासलाइ प्रभावकारी बनाउन, युवामैत्रि शासन सञ्चालन गर्न, समाजमा युवा पुस्ता रअग्रग पुस्ता बिचको समन्वय, सहकार्यको माध्यमबाट शासकिय गतिविधि सञ्चालन गर्न, भ्रष्ट्राचार तथा अनियमितताका घटनाहरुलाइ नियन्त्रण गर्न, अनाबश्यक प्रशासनिक खर्चलाइ नियन्त्रण गर्न,स्रोतसाधनको समन्यायिक वितरणमा योगदान पुर्याउन,नागरिक मैत्रि शासन सञ्चालन लाइ अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सकारात्मक दवाव सिर्जना गरेको छ ।राज्य सञ्चालकलाइ युवा मैत्रि विचार एवमं सोचमा आधारित भइ शासन सञ्चालन गर्न सिर्जनात्मक चेतको पनि विकास गरेको छ ।
त्यस्तैगरि अन्तरक्रियात्मक दृष्टिकोणले : यो आन्दोलन समाजमा व्यप्त असन्तुष्टि , सामाजिक जनजिविका एवमं सवालहरु उठाउने तह सम्म ठिक थियो तर यो आवाज बुलन्द गर्ने क्रममा भएको मानविय क्षति र अर्को दिन भएको एतिहासिक धरोहर हरुको क्षति गलत भनेर बुझ्न सहयोग पुर्याउछ । त्यसैले सामाजिक विवाद लाइ समयमानै समाधान गरि द्वन्द्व र क्रान्तिमा रुपान्तरण हुन दिनु हुदैन भन्ने अवधारणाको विकास गराउछ ।
अव आन्दोलनका कारणहरुको चियो चर्चा गर्नकालागि राजनीतिक आयाम को व्यख्या गर्न चाहन्छु । राजनीति सबै नीतिको पनि महान नीति भएको हुनाले राजनीतिक कारणको व्याख्या गर्नु अपरिहार्य हुन्छ । राजनीतिक क्षेत्र मा पारदर्शीको समस्या हुनु, चन्दा संकलन कार्य पारदर्शी नहुनु, चन्दा दाता हरुले राजनीतिक दललाइ आफ्नो फाइदाको लागि प्रभावमा पार्ने , आफ्ना सहयोगि एवम् कार्यकर्तालाइ नेताले आर्थिक रुपमा सहयोग गर्नुपर्ने अवस्था हुनु, संविधानमा राजनीतिक नियुक्तिका मापदण्ड भएपनि त्यसको लागि अनुचित रुपमा कार्यहरु हुन्छन भनि नागरिक तहबाट व्यापक आलोचना हुनु, निर्वाचन पद्धति महङ्गो हुनु।राजनीतिक नेतृत्व युवाको समस्या एवम् नैरस्यता सम्वोधन गर्न चुक्नु । सधै अनुत्पादक क्षेत्रमा कार्यक्रम थप्न प्रतिस्प्रधा हुनु तर रोजगारी सिर्जना गर्ने कार्यमा प्रतिस्प्रधा नहुनु ।
अव, जोन जी आन्दोलन हुनुको लागि प्रशासनिक असक्षमताले कसरी कारण खेल्यो भन्ने बारेमा म केही बेर खोतलिन अनुमति चाहन्छु।जुन कारणहरु निम्न रहेका छन: सार्वजनिक सेवा प्रवाह व्यवस्थित र प्रभावकारी हुन नसक्नु, जवाफदिने दायित्व जवाफदेहिता र जिम्मेवारीको कमि हुनु। सेवा प्रवाहमा अनियमितता र चुहावट हुने गरेको आरोप लाग्नु। सार्वजनिक खरिद प्रणालिका प्रकृयागत जटिलता हावि हुनु, कर प्रणाली मा भएका समस्या समाधान गर्ने कार्य प्रभावकारी नहुनु। राजश्व प्रशासनलाइ नागरिक मैत्रि वनाइ सरकारको आम्दानि वृद्धि तिव्र र दिगो रुपमा गराउन नसकिनु। विकास निर्माणका कार्यमा दोहोरो एवम् तेहोरो रुपमा खर्च हुने पद्धति। प्रशासनिक नेतृत्वको उच्च तहमा रहेका व्यवस्थापकमा सार्वजनिक व्यवस्थापनमा भन्दा पनि निजि व्यवस्थापनका सवालमा ध्यान केन्द्रित हुनु।
त्यस्तैगरी यो जेन जी आन्दोलन हुनुकालागि आर्थिक कारणले कसरी भुमिका निर्वाह गर्यो भन्ने सवालमा म विचार राख्न चाहन्छु : यसमा मुख्यत युवामा व्यप्त वेरोजगारी समस्या, गरिबी, रोजगारिको लागि विदेशिनु पर्ने समस्या, आर्थिक वृद्धि ले अपेक्षित गतिलिन नसक्नु, उत्पादनमा वृद्धि नहुदा सामान्य उपभोग्य खपतका लागि चाहिने खाद्यान्न पनि आयात गर्नुपर्ने र यसले मुल्य वृद्धि गराएको , लगानिमा अपेक्षित वृद्धि हुन नसकी पुँजिगत खर्चका लागि आवश्यक रकम अभाव भइ विकास निर्माणका कार्यमा सुस्सता आउनु, व्यापार सधै नेपालको पक्षमा नहुनु, नेपालले कम मूल्य भएका बस्तु निर्यात गर्ने र बढि मूल्य भएका बस्तु आयात गर्नु ले व्यापार घाटा हुनु, आयमा अपेक्षित वृद्धि हुन नसक्नु, सन्तुलित मूल्यमा वृद्धि गराउनु चुनैति हुनु , दिगो बचतमा वृद्धि गराइ सामाजिक उननयका कार्य गर्न नसक्नु, उपभोगमा वृद्धि हुन नसक्नु , त्यसैगरि आर्थिक विकासका सूचक पनि सन्तोष जनक नहुनु: मानव विकास सुचक मध्यम खालको हुनु, धनि र गरिव बीचको खाडल बढ्दो रुपमा बढ्नु, व्यापार गर्ने सुचक राम्ररो नहुनु ।
त्यसैगरि समाजिक कारणहरुमा निम्न तत्वहरुले कारण खेलेको पाइन्छ : सामाजिक चेतना युवामा व्यप्त हुनु, सामाजिक संसकार भड्किलो हुनु, समाजमा जसरी पनि आय बढी हुनुपर्दछ भन्ने मनोविज्ञान हावि हुनु। समाजमा व्यप्त नैरास्यता सम्वोधन नहुनु ।समाजको गति नेतृत्वले भेउ नपाउनु । पूर्वाधार विकास ले गतिलिन नसक्नु। दिगो विकासको अवधारणा वमोजिम त्यसका लक्ष्यहरुलाइ व्यवहारिक रुपमा रुपान्तरण गर्न नसकिनु।शान्ति र द्वन्द्व संवेदनशील विकास प्रकृयालाइ प्रभावकारी रुपमा अगाडि बढाउन नसकिनु।विकेन्द्रिकरण र स्थानीय स्वायत्त शासनलाइ नागरिक मैत्रि वनाउन नसकिनु ।विश्वव्यापिकरण र स्थानीयकरणबाट हुने फाइदालाइ नागरिक मैत्रि वनाउन नसकिनु। शासकिय सवालमा युवाका सवालहरु सम्वोधन नहुनु।
त्यसैगरि अन्तराष्ट्रिय कारणहरुमा निम्न कारणलाइ लिन सकिन्छ: बङ्गलादेशको क्रान्ति, श्रिलङ्काको क्रान्ति, त्यसै गरि वर्तमान विश्वपरिवेश नै अशान्ति, मलोमालिन्य एवम् भयको वातावरणवाट गुज्रिएको छ।
यसरी हेर्दा, देशमा आउने विवाद, द्वन्द्व एवम् क्रान्तिलाइ समयमा नै समाधान गरि उचित व्यवस्थापना गर्नुपर्छ, यसबाट नै समाजमा सामाजिक समस्याको शान्तिपूर्ण समाधान गरि न्यायपूर्ण समाज निर्माण गर्न योगदान पुग्दछ ।यसको लागि सरोकारवाला सवैको भुमिका अहम हुने गर्दछ ।
(लेखक राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनि प्रदेश कार्यालयका लेखा अधिकृत हुन् ।)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)