Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधानलाइ चुनौती दिएर अनुचित निर्णय भए जनताले स्वीकार्दैनन्: बालकृष्ण खाँण

संविधानलाइ चुनौती दिएर अनुचित निर्णय भए जनताले स्वीकार्दैनन्: बालकृष्ण खाँण

  • 3.3K
    SHARES

  • संविधानलाइ चुनौती दिएर अनुचित निर्णय भए जनताले स्वीकार्दैनन्: बालकृष्ण खाँण

    बुटवल, माघ १९-

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन ।

    काँग्रेसका भातृ संगठनहरुले आज (सोमबार) रुपन्देहीको भलवारीमा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै नेता खाँणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरीए त्यसलाइ नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए ।

    अदालतले गरेका कतिपय निर्णयलाइ बिगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाइ चुनौती दिएर गरीने निर्णयलाइ जनताले शिर निहुँर्याएर लुरुलुरु स्वीकार गर्छन भन्ने भ्रममा नपर्न आग्रह गरे ।


    ‘अदालत संग मेरो आग्रह संगसगै चुनौती छ संविधानमा  जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नु भयो भने त्यो अनुचित निर्णयलाइ जनताले स्वीकार्ने छैनन ।

    त्यो नेपालको न्यायीक इतिहासकालागि कलङ्कित निर्णय कहलीने छ’ नेता खाँणले भने । साधारण नागरिकले समेत ओलीले संबिधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाइ  प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गरे ।
    संसद बिघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद बिघटनको कुनै प्राबधान नभएको दावी उनले दोहोरयाए । संविधानका कुनै धारा,दफा,उपदफा नै उल्लेख नगरी प्रम ओलीले सनकको भरमा संसद बिघटन गरेको बताए ।

    संविधान रक्षाकालागि काँग्रेसले आफनो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिष्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गरे । 
    सर्बसत्ताबाद लाद्न ओलीले संविधान कुल्चेर प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाए ।

    प्रतिगमन बिरुद्ध काँग्रेस सडकमा निस्केपछि त्यसलाइ परास्त नगर्दा सम्म घर नफर्केको भन्दै उनले राणा,राजा जस्तै अव हुत्तीने पालो ओलीको आएको बताए । 
    कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य बद्रि पाण्डेले ओलीले आफैलाइ राजा सम्झेर नारायणहिटीको अगाडीबाट जनतालाइ हुँकार दिन खोजेको बताए । ७० करोडको घुसकालागि बार्गेनीङ गर्ने गोकुल बास्कोटा,सरकारी जग्गा हडपेका बिष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरुको छत्रछायामा हिड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रम भनेर कहलिने दावी गरे । लोकतान्त्रीक गणतन्त्रका बिरोधी ओलीले संबिधान मासेर गर्छु भनेको चुनाव नाटक मात्रै भएको टिप्पणी गरे । ‘हामी चुनावसंग डराउदैनौ निर्वाचनमा जान्छौं र जित्छौं पनि तर संविधान बिपरित जादैनौ’ नेता पाण्डेले भने । संसद पुनसर््थापना गरेर संविधान सम्मत ढंगबाटै निर्वाचनमा जाने दावी नेता पाण्डेले गरेका हुन । 
    कार्यक्रमलाइ सम्बोधन गर्दै नेता भरतकुमार शाहले  तानाशाहको सबैभन्दा ठुलो दुस्मन जनप्रतिनिधि सभा भएकाले ओलीले पनि लोकतन्त्र भत्काउन  संसद माथि आक्रमण गरेको बताए ।

    अदालत प्रति विश्वास व्यक्त गर्दै उनले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुर्नस्थापना गरी निर्वाचनमा जाने बताए । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पूर्व सभापती रामचन्द्र ढकाल,महिला संघका सभापती गंगा शाही,नेविसंघका केन्द्रिय उपसभापती मुक्तिराज पौडेल,तरुणदलका जिल्ला अध्यक्ष सोम गुरुङ,शन्तराम चौधरी, मिलन थापा,बुद्धिराम हरिजन,खगेस्वर पुन,रमेश शाही लगायतका युवा नेताहरुले काँग्रेसले अहिले गरेको आन्दोलन खबरदारी मात्रै भएको भन्दै संविधान विपरितको कदम नसच्चीए आन्दोनलको आँधिवेहेरी ल्याउने बताए । 

     नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा संसद बिघटन बिरुद्ध प्रदर्शन तथा बिरोध सभा गरे । नेपाल महिला संघ, तरुण दल, नेविसंघ,दलित संघ,भुपू सैनिक संघ,किसान संघ,आदिवासी जनजाती संघ,मुस्लिम संघ,थारु संघ,सेनानी संघ, अपाङ्ग संघ, सांस्कृतिक संघले सम्युक्त रुपमा गरेको बिरोध सभा अघि मंगलापुरबाट बिरोध रयाली निकालेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology