-नारायण भट्टराई
(श्रीरामको ढोकामा काम गर्ने कुकुरको आगमन र श्रीरामको दरबारमा ऊसलाइ ल्याउने आदेश , कुकुर का पर्ती श्रीरामको न्याय उस्को इक्षा अनुसार उसलाइ हान्ने ब्राह्मण लाई मठाधिस बनाउने र कुकुरले मठाधिसभएमा हुने दोस बताउनु ।)
प्रातकालिन विहान तोकिए बमोजिमको अन्य कर्मकाण्ड गरिसकेपछि कमल आँखा भएका राजा श्रीराम, वेद जान्ने ब्राह्मणहरू, पूजारी ,वसिष्ठ र ऋषि कश्यपको सभामा दशमण्डलमा प्रकट हुनुभयो ।
(त्यो सभामा शिष्टाचारको ज्ञान भएका मन्त्रीहरू, शास्त्रहरूको अध्ययन गरेका विद्वानहरू, राजनेताहरू, राजाहरू आदि उपस्थित हुने गर्दथे)अनि यो सभाका अन्य सदस्यहरूले भरिएको थियो। कुनै कठिनाई बिना महान कर्म गर्ने राजा भगवान रामचन्द्रको त्यो सभा इन्द्र, यम र वरुणको जत्तिकै सुन्दर थियो।
त्यहाँ बसेर भगवान श्रीरामले लक्ष्मणलाई भन्नुभयो, 'शक्तिधारी वीर माता सुमित्राको आनन्द बढाउ! तिमि बाहिर जाउ र हेर कुन कार्यकर्ताहरू छन्। सुमित्रकुमार ! लक्ष्मण तिमी बाहिर गइ कोहि केही काम लिएर आएको छकी हेर भनी दाजु रामले भाइ लाई अर्हाउनु भयो ।राम राज्यको अबस्थामा न कसैलाइ शारिरिक रोग हुने थियो नत मानसिक चिन्ताले सताउथ्यो ।पृथ्वी मा सबै प्रकारका औषधि ( अन्न ,फल आदि ) उत्पादन हुने गर्दथ्यो पाकेको अन्नले शोभा पाउने गर्दथ्यो । श्रीरामका राज्यमा न तो बालकको मृत्यु हुने गर्दथ्यो, न युबकको नत मध्यम स्तरका मानिसको ।सबैमा धर्म पूर्बक शासन हुने गर्दथ्यो ।कसैको केही कुरामा बाधा पर्दैनथ्यो ।
श्रीरामको राज्यशासन कालमा कहिलै कोहि ब्यक्ती अभियोग लिएर आउने मानिस देख्न प्रदैनथ्यो ।लक्ष्मण ले हातजोडेर श्रीरामचन्द्र जि लाइ अबगत गराउनु हुन्थ्यो ।
बाहिर कोहि पनि छैन भनेर श्रीरामलाइ भन्दा अझै पनि हेरत बाहिर कोहि छकी ?
बाहिर निस्कँदा उनले त्यहाँ एउटा कुकुर उभिरहेको देखे, जो ढोका तर्फ हेर्दै भुकिरहेको थियो। उसलाई यसरी देखेर लक्ष्मणले सोधे- महाभाग तिमी निर्भयतापूर्वक भन, तिम्रो याहा के काम छ?' यी शब्दहरू सुनेर कुकुर लेभन्यो । सबै प्राणीहरूलाई आश्रय दिने र दुःखबाट मुक्त हुने जो डराएको अबसरमा पनि निर्भयता प्रधान गर्दछ उनै राम सङ्ग मेराकुरा बताउने छु ।कुकुरको यस्तो वाणी सुनी लक्ष्मण राजदरबार भित्र प्रबेस गरि श्रीराम सङ्ग कुकुर को जिज्ञासा सुनाउनु भयो तब श्रीराम बाट आज्ञा भो त्यसलाइ भित्र बोलाउ ।लक्षमण जि बाहिर आइ तिम्रो केही गुनासो छभने भित्रराजा सङ्ग भन्न जाउ ।लक्ष्मण का कुरा सुनी कुकुर ले भन्यो ।सुमित्रा नन्दन देबालयमा ,राजभबनमा तथा ब्राह्मणका घरमा अग्नि ,इन्द्र ,सुर्य अनि वायु देवता सदा बसि रहन्छन ।अत हामी अधम योनिका जीव आफ्नो इक्षाले राजदरबार भित्र जान म योग्य छैन ।म यस राजदरबारमा प्रबेस गर्न सक्दिन ।किनकी राजा श्रीराम धर्मका मुर्तिबान स्वरुप हुनु हुन्छ ।उहाँसत्यबादी ,सङ्गाममा कूसल,अर्थात सबै प्राणिका हितमा तत्पर रहने हुनु हुन्छ । म राज दरबारमा प्रवेश गर्न सक्षम छैन;।
श्रीराम धर्मको आराध्य रूप हो। तिनीहरूले यवादी, युद्धमा कुशल र सबै प्राणीहरूको हितमा काम गर्ने ,
उहाँ सधैं सतर्क रहनुहुन्छ। 'उहाँलाई सन्धि-विग्रह आदि छ गुणहरूको प्रयोगको अवसर थाहा छ। श्री रघुनाथजी न्याय गर्ने व्यक्ति हुनुहुन्छ। उहाँ सर्वज्ञ र सर्वज्ञ हुनुहुन्छ। अरूको मनलाई खुशी पार्ने पुरुषहरूमा श्रीराम सर्वोत्तम हुनुहुन्छ।
उहाँ चन्द्रमा हुनुहुन्छ, उहाँ मृत्यु हुनुहुन्छ, उहाँ यम, कुबेर, अग्नि, इन्द्र, सूर्य र वरुण हुनुहुन्छ। 'सुमित्रा नन्दन! श्री रघुनाथजी जनताका रक्षक हुनुहुन्छ। तपाईं उहाँलाई भन्नुहोस्। उहाँको अनुमति बिना म यो भवनमा प्रवेश गर्न चाहन्न।'
यो सुनेर, बलवान र शक्तिशाली लक्ष्मण, करुणाले भरिएर, राजदरबारमा प्रवेश गरे र भने -
हे पराक्रमी श्री रघुनाथजी, जसले कौसल्याको आनन्द बढाउँनुहुन्छ! कृपया मेरो अनुरोध सुन्नुहोस्। तपाईंको आदेश अनुसार, म बाहिर गएँ र कार्य खोज्ने व्यक्तिलाई बोलाएँ।
'यस समयमा तिम्रो ढोकामा एउटा कुकुर उभिरहेको छ, जो यहाँ काम खोज्दै आएको छ।' लक्ष्मणको यो कुरा सुनेर भगवान रामले भन्नुभयो - 'जो यहाँ काम खोज्दै उभिरहेको छ, उसलाई छिटो यस सभा भित्र ल्याऊ।' वाल्मीकि रामायणमा उल्लेख भए अनुसार कुनै समयमा कुकुर दरबार भित्र प्रवेश गर्दै नगरे पछि राम लाइ वाहिर आउने बनायो भनिन्छ। श्रीराम वाहिर आएपछि कुकुरले भन्दछ म हजुरको पाउमा सिर निहुराई कारण भन्न चाहान्छु र हजुर प्रसन्न हुनलाई प्रार्थना पनि गर्दछु। हजुर म संग नरिसाउनुहोस। कुकुरका कुरा सुनी रघुनाथ भन्नुहुन्छ ।
तिमि नडराई भन आजमैले तिम्रो कुन काम शिद्ध गर्नु पर्ने हाे म गर्दछु तिम्रो काम वताउनमा ढिलानगर। श्रीरामका यि कुरा सुनेर कुकुर भन्दछ :- रघुनन्दन!राजधर्म बाटनै राज्यप्राप्त गर्दछन र धर्म द्वारानै निरन्तर उसको पालन गरिन्छ ।धर्म द्वारानै सबैको सरण दिने र सबैको डर भगाउने हुन्छन। यहि कुरा जानेर हजुरले मेरो जो कार्य हो त्यो सुन्नुहोस।
प्रभु सर्वार्थशिद्ध नामका एक प्रख्यात भिक्षु छन जुन बाह्मण को घरमा वस्ने गर्दछन। उन्ले मलाई अकारण पिटे मैले केहि वेगार गरेको थिइन । कुकुरका यि कुरा सुनेर श्रीरामले तत्काल एउटा द्वारपाल लाई बोलाइ सर्वार्थसिद्ध नामक विद्वान भिक्षु लाई बोलाउन पठाउनु भो। श्रीरामलाई देखेर भने सर्वश्रेष्ट ब्राहमण ले सोधे निस्पाप रघुनन्दन म संग हजुरको के काम छ? श्री रामजीले भन्नुभयो ब्राह्मण यस कुकुरलाई टाउको किन लट्ठि प्रहार गर्नु भएको हो के कारण हो ? हजुरको यस्ले के अपराध गरेको थियो ? जस्को कारण ले हजुरले यस्को टाउकोमा लौरों को प्रहार गर्नुभयो ।

प्रभुमेरो मन क्रोधले भरिएको थियो एसैकारण मैले यस लाई लटठीले प्रहार गरे । म अपराधी हु, तपाईले मलाई डण्ड दिनुहोस । तपाईंवाट डण्ड मिलेपछी मलाई नरकमा जानु पर्दैन । तव श्रीराम ले सभासद लाई सोध्नु भयो यसलाई कस्तो किसिमको डण्ड दिनुपर्ला डंडतोकिए पछि सबै जनता सुरक्षित हुने गर्दछन ।प्रभु मेरो मन क्रोधले भरिएको थियो । यसैले मैले डंडाले हाने । भिक्षाटन गर्ने समय वितिसकेको थियो। तथा भोकै रहनुको कारण भिक्षाटन गर्न का लागि म घर घरमा घुमिरहेकाे थिए यो कुकुर विच वाटोमा उभिएको थियो मैले वारंवार भने विच बाटोबाट छोड भने यो आफ्नैहिसाव संग चल्यो मैलेभनेको मान्दै मानेन ।
म भोकोत थिएनै त्यसैमा पनि ममा क्रोध बढेर आयो राजधिराज रघुनन्दन!उसै क्रोधका कारण ले मैले यसलाइ टाउकोमा हानेको हु।म अपराधी हु मलाई डंड दिनुहोस तपाईबाट डण्ड मिलेको खण्डमा मलाई नरकमा गई डंड व्याहोर्न पर्नेछैन ।
उससभामा भिर्गु ,अङिरस ,कुत्स ,बसिस्ठ, कस्यप आदि मुनिहरु थिए ।मन्त्री र महाजन पनि उपस्थित थिए। एक से एक विद्द्वान पण्डितहरु त्यस सभामा थिए। ती सभामा जम्मा भएका व्यक्ति हरुले भने भगवन ! ब्राह्मण डड द्वारा अवध्य छ, उस लाई शारिरिक दन्ड दिनु हुदैन यहि शास्त्र ज्ञाता हरुको मत छ ।
उनी सबैको कुरा सुनी सके पछि कुकुरले भन्यो श्रीराम तपाई मदेखी सन्तुष्ट हुनुहुन्छ भने यदि तपाईले मलाई इच्छा अनुसार वर दिने हो भने मेरा कुरा सुन्नुहोस । यदि मेरो इक्षा पूर्ण गराउन चाहानुहुन्छ भने यिनि ब्राह्मण लाई कूलपति (महन्त) वनाई दिनुहोस। यो सुनेर श्रीरामले उसलाई कुलपतिको पदमा अभिसेख गरि दिनु भयो । यस प्रकार अभिसेक भएका ब्राह्मण खुसी साथ हात्तिमा चढेर उहावाट हिडे । तव श्रीरामजी का मन्त्री मुस्कुराएर भने- महातेजस्वी महाराज। यो त यसलाई वर दिईयो डड त भएन। रामजी ले भन्नु भयो कि कुन कर्मको के परिणाम हुन्छ अथबा उस को जीवन को गति कस्तो किसिमको हुन्छ । यस्को तत्व तिमी हरु जान्दैनौ । ब्राहमण लाई मठाधिस पद किन दिईयो । यसको कारण यहि कुकुर जान्दछ । यस्को अर्थ श्रीराम जीले सोध्दा कुकुर ले भन्दछ । रघुनन्दन पहिले जन्ममा म कालञ्जरका मठ मा कुलपति थिए त्यही यज्ञसिष्ट अन्नको भोजन गर्ने गरे देवतार ब्राहमण को पूजामा सदा तत्पर रहन्थे, दाश दासीको भाग वाटीदिन्थे ।
शुभकार्यमा अनुरक्त रहन्थे, देव संपत्तीको रक्षा गर्नु तथा विनय र शिलले संम्पन भएर समस्त प्राणीको हित साधनमा संलग्न रहन्थे तव पनि मलाई यो घोर अवस्था एवं अधम गति प्राप्त भयो। फेरी जो यस्ता क्रोधि हुन्छन धर्म लाई छोडेका हुन्छन, अरुको अहितमा लागेको हुन्छन, तथा क्रोध गर्ने वाला, कुरर, कठोर मुर्ख अति अधर्मीछ उ ब्राहमणले मठाधिस भएर आफूलाई नै माथि र तलका सात-सात पिडिलाई नरकमा दुवाएर रहन्छ ।
यस कारण कुनै दशामा मठाधिस पद ग्रहण गर्नु हुदैन । जस्को पुत्र, पशु र बन्धु वान्धब सहित नरकमा गिराउने इक्षा हो उसलाई देवता, गाई र ब्राह्मण, देवता ,गाइका अधिस्ठाटा बनाउनु पर्दछ। जो ब्राहमण को देवताको र महिला हरुको पैसा हडपेर लिन्छ, तथा आफूले दान गरेको संपत्तीको फेरी वापस लिन्छ उ इस्टमित्र सहित नस्ट भएर जान्छ।
रघुनन्दनं !जस्ले ब्राहमण तथा देवता को पैसा हडपेर लिन्छ उ शिघ्रनै अविची नाम भएको घोर नरकमा वास हुन्छ। कुकुर का कुरासुनी रामजीका आँखा आश्चर्यका साथ खुसी देखिए । अनि उ महातेजस्वि कुकुर पनि जताबाट आएको थियो उतै तिर गयो । उ पूर्व जन्ममा मनस्वि थियो परन्तु अहिले कुकुरको जुनी मा उत्पन्न हुदा. यस जन्ममा कुकुर दुसित भयो । त्यो महाभाग कुकुरले काशिमा गएर प्रायोपवेसन गर्यो (अन्न, जल छोडेर आफ्नो प्राण त्यहि दियो ।त्यसैले भनिएकाे हाेला राज्यहाेस त राम राज्य जस्ताे ।
( श्रीमद्बाल्मिकिय रामायण प्रक्षिप्त सर्ग १ प्रक्षिप्त सर्ग २ गिताप्रेस गोरखपुर पेज न ११२४,११२६ सङ्ग सम्बन्धित ) अस्तु
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)