Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाले बाँड्यो ३१ जना किसानलाई ७ प्रकारका मेसिन

तिलोत्तमाले बाँड्यो ३१ जना किसानलाई ७ प्रकारका मेसिन

  • 2.2K
    SHARES

  • तिलोत्तमाले बाँड्यो ३१ जना किसानलाई ७ प्रकारका मेसिन

    बुटवल असार ८ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो।

    व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो।कृषकलाई आबेदनको आधारमा कृषि औजार वितरण गरिएको नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।नगरपालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठलाई सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको नगरप्रमुख खाणको भनाइ छ ।दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दैआएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो ।उहाँले आगामी बजेटमा समेत कृषक तथा पशुपालकका लागि उपयोगी कार्यक्रमहरु लिएर आउने समेत बताउनुभयो।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाइ बिशेष जोड दिएको बताउनुभयो। कार्यक्रममा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हिरा गिरी डायमण्ड,पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु डाक्टर ईन्द्रकला खत्री लगायत सबै वडाका पशुपालक कृषकहरुको उपस्थिति रहेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology