Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालीगण्डकीको सभ्यता

कालीगण्डकीको सभ्यता

  • 2.4K
    SHARES

  • कालीगण्डकीको सभ्यता

    - नारायण भट्टराइ 


    "पृथ्वी सबैको साझा घर हो"। जीवित प्राणीहरु यहींबाट उब्जीएका वस्तुको प्रयोग गरी जीवन निर्वाह चलाइ रहेका छन् । पृथ्वीको जहाँ कहीं भौतिक सुख सुविधाका लागि भनि चिरफार गरिएको देख्दा एकातर्फ बातावरणको प्रदुषण हुनुका साथसाथै आकारमा पनि परिवर्तन भइरहेको छ।

    जसलाई देख्दा जिउनै सिरिङ्ग गरेर आउने गर्दछ, किनकी हाम्रो भविष्य कसरी गुजारा चल्न सक्दछ ।

    मुक्तिनाथ क्षेत्र धार्मिक एवम् पर्यटकीय क्षेत्र हो, जहां विभिन्न किसिमका व्रतालु र श्रद्धालुहरु जाने गर्दछन् । कालीगण्डकीको शिर हो मुक्तिनाथ जोमसोमदेखि माथि पट्टि लाग्दा कालीको शिर एउटा कुला जस्तो देखिन्छ । सामान्य फड्केद्वारा वारपार गर्ने गरिन्छ यहांका मानिसहरु आफ्‌नै किसिमका जस्तो लाग्दछ। प्राय गरेर गाडीका स्टाफहरु छुट्टै देशका मानिस जस्तो लाग्दछन् । उनीहरु नेपालको कानुनभन्दा पनि आफ्‌नै कानुन बनाएर चले जस्तो भान हुन्छ। यहाँको भुबनोटमा शुद्ध माटो देखिदैन केबल बालुवा जस्तै धुलो देखिन्छ ।बिरुवा हरुमा झाङ्गिएका टिमुरका बुट्यान जस्तो देखिन्छन ।चौरी गाइका बच्चाहरु बख्रा जस्तै ठाडै उकालो उक्लदै ती बुट्यानको घाँस खाने गरेको देख्न पाइन्छ ।कालिको छेउछाउमा काला गोला शालिग्रामहरु पाइन्छन् । त्यसभन्दा माथि पट्टि जादा साना साना मट्याङ्गा जस्ता ढुङ्गाले यत्रतत्र लाग्ने गर्दछ ।

    माथि पट्टि कागवेनी तीर्थस्थल रहेछ त्यस ठाउमा जसका बुबा आमा छैनन् उनीहरुले पिण्डदान गर्ने प्रचलन रहेछ। स्रदालु हरुको घुइचो पनि हेर्न लायक देखिन्छ ।

    माथिमाथि जाँदै गर्दा अक्सिजनको कमि हुने सास फेर्न कठिन हुने वाक वाक लाग्ने भनाइ पनि सुन्नमा आउदो रहेछ । पछाडी फर्किए अझ गाह्रो हुन्छ नफर्कि अगाडि बढ्नु पर्दछ भन्ने भनाइ रहेछ। जब मुक्तिनाथ पुगियो त्यहाँ पुगिसके पछि १०८ धारा पानीका रहेछन ।सबैमा नुहाउनु पर्दछ भन्ने जनस्रुती रहेछ । मैले त पक्का पनि नुहाउन सक्छु भनी आट गरे तर चिसोको कारण बाट केबल ३०,३५ धारामा मात्र नुहाउन सकियो ।अरु धारामाको जल शान्तिमात्र गर्न सकियो ।  किनकी धेरै चिसो हावापानी हुँदो रहेछ। बौद्ध गुम्बाहरु रहेछन् मनमोहक दृश्य सो ठाउमा २४ घन्टा नै बत्ती बलेको देख्न सकिदो रहेछ । धारामा नुहाई धोई गरि सकेपछि हामी लागियो अर्को स्टेब तिर । जुन ठाउमा दुई बटा पोखरी रहेछन ।जसलाइ कुन्ड भनिदो रहेछ ।एउटा धर्म कुन्डर  दोश्रो पाप कुण्डको नामले चिनिदो रहेछ । पहिलो पाप कुण्डमा डुबुल्की मारी सके पछिधर्म कुण्ड मा पाप पखाली धर्म धारण गर्ने भन्ने यसको किवदन्ती रहेछ। यी पोखरी बाट डुबेर पैसा निकालेको खण्डमा पुण्य प्राप्त हुन्छ र फेरी दर्शन गर्न आउन  सकिन्छ यसमा कुनै शंका  लिन पर्दैन भन्ने धारणा रहेछ ।

     हाम्रोक्षेत्र अर्घातोस ,डिभर्ना, बाङ्गला, मरेड, ठुलापोखरा, छत्रगञ्ज, केरुङ्गा बल्कोट चिदिका परिवर्तन भइ कोही गा.वि.स हरु .न.पा भएकोर यस ठाउँको वारिपारिको दुरी हेर्दा कुनै कालखण्डमा नदिको बाटो हो जस्तो लाग्दछ । किनकी यी देखि १५० मिटर माथिसम्मको भागमा गोला गोला ढुङ्गा  र बालुवा मिसिएको माटो पाइनुका साथै धानखेतको मैदान पनि देख्न सकिन्छ ।
    किनकी यी ठाउँहरुमा खोलाको किनारदेखि करिब १०० देखि १५० मिटर माथिसम्मको भागमा गोला ढुङ्गा र बालुवा मिसिएको माटो पाइन्छ पक्का सेतो ढुङ्गा का पहरा जस्तो देख्न सकिन्छ । राम्दीघाट, रानीघाट, रिडी, त्रिवेणीको दासढुङ्गा आदि ठाउँको जस्तो छ. धानखेतको मैदान हेर्दा कुनै नदिको बाटो होइन जस्तो लाग्दैन । यसको ज्वलन्त उदाहरण अघाखाची जिल्ला छत्रदेब ६ ठूलापोखरा को चौवाहा, हात्तिसारा भन्ने स्थान जो चौवाहाको कुमाल बस्तीको तल पट्टिको बाटो हुँदै ठूलाखोलाको आधि भागमा सति गौडा पहिले सति जाने गरेको ठाउँ भनिन्छ। अरु नामहरु क्रमशः मथुरा, वृन्द्रावन, लामपाटी देव तीर्थका नाम पनि प्रचलित छन् । यी नाम प्रख्यात हुनुका पछाडी पहिले आजभन्दा अगाडी झन महत्वपूर्ण स्थानको रुपमा रहेको हुनुपर्दछ ।

     छत्रदेब ६ ठुलापोखराको  हात्तिसारा भन्ने स्थान पहिले द्वापरयुगमा राजदरबार र राजाले राजकाज गर्ने गरेको र बस्ने गरेको हुनु पर्दछ । उनले पालेका हात्तिहरु दिउँसो घाममा सार्ने र बेलुका आफ्नो ठाउँमा लैजाने गरेको हुनाले हात्तिसारा नाम रहन गयो अनि झिरमथाना भन्ने स्थानमा ठाना थियो। त्यो ठानामा जानेबाटो उत्तर दक्षिणबाट मात्र छ । पूर्वपच्चिम अलिक अफ्ठ्यारो छ । डाँडाको माथिको स्थान सम्मो परेको छ, र त्यहाँ का ढुङ्गा गोलाकार छन् । किंवदन्ती अनुसार द्वापर युगमा पाण्डव मध्येका भिमसेनले अर्धाकोटबाट धुयत्राले फालेका ढुङ्गा हुन भन्ने गरिन्छ । हालयसठाउमा मालिकादेबि ,दुर्गाभबानी,शिबालय ,द्वादस ज्वतिर्लिङ आदि को स्थापना भएको छ ।

    वि.सं. २०२५ सालमा म यसै छत्रदेब ६ ठुलापोखरा को ठूलो खेत कुडुले फॉट तिर  काम गर्न जाँदा मेरो पिताजीसँगै हुनुहुन्थ्यो (जीवनारायण भट्टराई) हात्तिसाराको बाटोको माझमा रहेका २ वटा विष्णु चक्र अंकित शालिग्रामलाई दर्सन गरि खेतमा गइन्थ्यौ  । ती शिला हरुलाइ 
    कुच्न हुँदैन दाइना  पारेर हिडनु पर्दछ, ढोग्नु पर्दछ भनेको मैले सुनेको थिए र सोहीअनुसार गर्ने गरेको थिएँ । तिनीहरु बाटोको माझमा छन् र हाल आएर बाटो बनाउँदा साइड लगाएको छ । ८, १० जनाले गल लगाएर मात्र सराउन सकिन्छ यस्को उत्खनन् र अनुसन्धान गर्ने हो भने कुनै कालखण्ड यहाँ कालीगण्डकीको
    बाटो थियो । किनकी शालिग्राम कालिगण्डकीमा मात्र पाइन्छ भन्ने भनाइ छ । मालिका व्यवस्थापन समितिका सचिव श्री धनिश्वर पाण्डेले यी शालिग्रामहरु विष्णुका रुप हुन दुध चढाउन मालिका परिसरमा लागि संरक्षण गर्ने तथ्य मैले सुनेको छु जसको निश्चय संरक्षण होला ।

    हामीलाई लाग्दछ यहाँ माथि मालिकाको स्थापना हुन्छ लक्ष्मीका रुपमा, तल पट्टी विष्णु ,हामी दुवैको भेट झिरथानामा हुनेछ भनि यस्तो तारतम्य मिलाएको हुनु पर्दछ । यस खण्डको माटो बलौटे ,गोलाआकारका ढुङ्गा भएको पाइन्छ त्यही कारणबाट यो नदीको बाटो हो भन्न सकिन्छ । यसको उत्तर खण्ड तिल्कुवा खोलादेखि द. खाँची खोला सम्मको भू-भागलाई गहिरिएर अवलोकन गर्दा यो भाग त्यत्तिकै निर्मित भएको होइन । किनकी हिमालय पर्वत पहिले समुन्द्र थियो पछि सो भाग उठेको हो भन्ने भनाई छ किनकी त्यो ठाउँमा अनुसन्धान गर्दा माछाको सिपी भेटिएको थियो भन्ने कुरा सुनिन्छ ।

    एक पवित्र एवम् ऐतिहासिक स्थलका रुपमा रहेको छ । सतिगौडा अर्थात सुकौटा ,केरुङ्गाको भालु खोला, बाङ्गला, ठूलापोखराको काखमा रहेको यो पवित्र एवम् पुण्यधाम प्रधानमन्त्री चन्द्र शमसेरका पालामा मृत पतिको साथमा जिउदै सलामा बसी श्रीमती स्वयम् आगो जलाई देह त्याग गरको स्थल । मानव मृत शरीरलाई दाहसंस्कारका लागि तीर्थ चाहिन्छ त्यसैले यस ठाउँमा नदि नै भएको हुनु पर्दछ । तीर्थ स्थल भएकै कारण बर्रेखोला, जर्रेखोला, सतिगौडा, बेलवा आदि ठाउँमा दाहसंस्कार गर्ने गरिन्थ्यो पछि गएर पवित्र स्थल सतिगौडा अर्थात मथुरामा दाह संस्कार गर्न थालियो ।

    यहाँको ठाउँलाई नियाल्दा यसको भौगोलिक परिवेसले प्रमाणित गर्दछ कि यस क्षेत्रको नदि किनार १०० देखि १५० मिटरसम्मको उचाईमा गोला परेको ढुङ्गा र बालुवा मिसिएको माटो पाईन्छ । उल्लेखित नामहरुमा खनको वाडुङ्गा, तिल्कुवा, जुम्लिकुलाको बाँध, मिलमिले, चिदिपानीको तल्लो फाँट, जोगि मारेको तल्लो भाग, काफल खोला, वलिफाँट, वगाले जिखौदी, खोर, ग्वाहा, बगर, सोड, भड्खेरी अर्लादिको दहखोला, जर्रेखोला अरटारी, टाकुरा, दुग्दी पिउठन्टारी, स्यालखोला, कुडुले, लब्धी, चिसापानी, बयासी, चौडिला, सुकौटा, सतिगौडा हाडे, भालुखोला, वल्लोपल्लो चौवाहा, बेलवा आदि ठाउँहरुलाई हेर्दा त्यहाँका ढुङ्गाको बनावट गोलो आकारको छ गोलो आकारको ढुङ्गा हुनलाई समुन्द्रको सतह चाहिन्छ र कुनै समयमा यस क्षेत्रमा कालिगण्डकी हिड्ने गरको थियो भूकम्पिय धक्काले गर्दा कालिको पिध उठेर पहाडको निर्माण हुन गयो र पानी छेकिएर स्याङ्जा, रिडी हुँदै बग्न थालेको हो भन्न सकिन्छ ।jeetgadhi _sanghahalaya_butwal.jpg

    यस स्थानलाई अनुसन्धान र पुरातत्व विभागबाट निरिक्षण र अन्वेषण गर्दा यसको यथार्थता पत्ता लाग्न सक्दछ । यस क्षेत्रको सौन्दर्य बढ्नुका साथै अर्थउपार्जन गर्ने स्थलको रुपमा रहन सक्दछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ ३१ २०८२०९:३१:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology