Logo बिहिवार, आश्विन १ गते २०८३
images

कापी जाँच्ने शिक्षकलाई बुटवलमा अभिमुखीकरण

कापी जाँच्ने शिक्षकलाई बुटवलमा अभिमुखीकरण

  • 672
    SHARES

  • कापी जाँच्ने शिक्षकलाई बुटवलमा अभिमुखीकरण

    बुटवल,जेठ २६ ।

    राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवल रुपन्देहीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

    बुटवलको कालिका मानवज्ञान माविमा भएकोकार्यक्रममा बोल्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र  विश्वसनियता कायम गर्दै त्रुटिरहित तवरले परीक्षण सम्पन्न गर्ने र विद्यार्थीहरुको एक बर्ष सम्मको मेहनतको वास्तविक मुल्यांकन हुने गरि उत्तरपुस्तिका परीक्षण गर्नको लागि शिक्षकलाई सहजीकरण गर्नको लागि अभिमुखीकरणले सहयोग पुग्ने बताए ।

    तिवारीले लामो समय अध्यापनमा संलग्न रही उत्तरपुस्तिका परीक्षणको अनुभव समेत भएका शिक्षकहरुलाई सहजकर्ताको रुपमा राखेर उत्तरपुस्तिका परिक्षण गराउने बताए  । उनले बुटवलमा यो वर्ष ३० वटा बिषयको उत्तरपुस्तिका परिक्षण कार्यका लागि कम्तिमा तीन वर्ष अघि स्नातकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित बिषय कम्तीमा ३ बर्ष अध्यापन गरेका बिषयगत शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी प्रदान गरिने जानकारी दिए । 
    कार्यक्रममा कालिका मानवज्ञान मा. वि. का प्रधानाध्यापक दिनेश थापाले परीक्षण केन्द्रमा परीक्षकहरुलाई सहज वातावरणमा उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने वातावरण निर्माण हुने र आवश्यक सहयोग गर्न विद्यालय तत्पर रहेको जानकारी गराउदै विद्यार्थीहरुको वास्तविक मुल्यांकन हुनुपर्नेमा जोड दिए ।
    अभिमुखीकरण कार्यक्रममा बिषयगतरुपमा सहजीकरणका लागि १० वटा बिषयका बिषयगत शिक्षकहरुलाई जिम्मेवारी प्रदान गरि प्रश्न पत्र र उत्तरकुन्जिकाको बारेमा छुट्टाछुट्टै रुपमा गहन छलफल गराइएको र नमुना उत्तरपुस्तिका परीक्षण कार्य समेत सम्पन्न गराइ परीक्षणमा देखापर्न सक्ने त्रुटिका बारेमा सम्पूर्ण परीक्षकहरुलाई जानकारी गराईएको थियो ।

    उत्तरपुस्तिका परिक्षणमा एकरुपता र वस्तुगतता ल्याउन बारेमा प्राविधिक पक्षको बारेमा अनिवार्य नेपाली बिषयमा बिष्णु हरि ज्ञवाली र लेखनाथ पौडेल, अनिवार्य अङ्ग्रेजीमा चण्डी प्रसाद पाण्डे र युवराज पन्थी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बिषयमा लेखनाथ खनाल र गुणाखर भट्टराई, अर्थशास्त्रमा सुदर्शन रेग्मी, भौतिकशास्त्रमा कृष्ण प्रसाद अधिकारी , रसायनशास्त्रमा दिपक थापा, अनिवार्य गणितमा मानध्वज गिरी, शिक्षा र विकासमा गोबिन्द भुसाल तथा शैक्षणिक विधि बिषयमा सुमीत्रा सापकोटा र जमुना पाण्डेले सहजीकरण गरेका थिए ।

    अभिमुखीकरण कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयहरुमा कक्षा १२ अध्यापनरत ३०० भन्दा बढी बिषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरुका बारेमा कार्यालय प्रमुख रमाकान्त तिवारीले अभिमुखीकरण गर्नु भएको थियो ।

    अभिमुखिकरण कार्यक्रमको सन्चालन राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले गरेका थिए । शाखा अधिकृत भण्डारीले करिब ४०० जना योग्यता प्राप्त बिषयगत शिक्षकहरुको सहभागितामा २०८२ जेठ २५ गतेदेखी उत्तरपुस्तिका परीक्षण कार्य प्रारम्भ हुने र १५ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राष्ट्रिय परीक्षा बोर्ड, बुटवलले राखेको जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology