बुटवल,कार्तिक २२ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजनामा बुटवलमा प्रथम अन्तरबैंक फुटसल प्रतियोगिता शुरु भएको छ । खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्धाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले खेल प्रतियोगिताले अन्तरबैंकको सम्बन्ध स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
सो अवसरमा बिशिष्ट अतिथि संघका केन्द्रिय उपाध्यक्ष रामहरि घिमिरे,नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका शाखा प्रमुख निर्देशक बिज्ञानराज सुवेदी लगायतले बोल्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।
सो प्रतियोगितामा सहभागी विभिन्न बैंक तथा वित्तीय संस्थाका २९ टिमलाई ७ वटा समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भएको नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष पदमराज भुसालले जानकारी दिनुभयो ।
२९ टिम सहभागी प्रतियोगिताको पहिलो र दोस्रो दिनमा लिग चरणमा खेलहरु भएका छन् । ७ समुहमा रहेका टिमहरु बिचमा पहिलो दिन २१ वटा खेल भएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोस्रो दिन २५ वटा खेल हुनेछन् भने तेस्रो दिन बिच १६ वटा टिम क्वाटरफाईनल खेल सुरु हुने छ । अन्तिम दिन २४ गते हुने १६ टिमहरुको खेल नकआउट चरणमा हुनेछ भने क्वाटर ,सेमी र फाइनल खेलपनि सोहि दिन हुनेछन् ।
कार्तिक २२ देखी २४ गतेसम्म स्वर्णिम फुटसल, योगिकुटी, रूपन्देहीमा खेलहरू सञ्चालन भईरहेका छन् । प्रतियोगिताको मेन स्पोन्सरमा साइनरेसुङ्गा डेभलपमेन्ट बैक,को स्पोन्सरमा ग्लोवल आईएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन एचडी रहेको छ । प्रथमलाइ ५० हजार,ट्रफि, मेडल र प्रमाणपत्र,द्वितियलाइ २५ हजार ट्रफि,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।
खेल बुटवलको योगिकुटिमा रहेको स्वर्णिम फुटसलमा भैरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)