-सुशिल अर्याल `अनुराग´
आफ्नो जीवन निर्वाहको लागी मिहनेत गर्नु नै पर्छ, गास, बास र कपासकै लागी घर-परिवार, देश-प्रदेशमा पसिनाका धारा बगाउदै आफ्नो जीवन निर्वाहका लागी नगद/रुपैया कमाउन तल्लीन रहेर जसोतसो जिवनका कठिन बाटाहरु पहिल्याउदै ,पन्छयाउदै जीवन निर्वाह गर्दछौ ।
कहि कतै हामिले हाम्रै जिवनलाई नचिनेरै अल्मीएका त छैनउ, त्यो कुन जीवन हो, हामिले खोजि रहेको, जुन अहिले पाईरहेका छौ त ? त्यो भन्दा फरक ? मनमा उब्जिने अनेक थरीका शंका-उपशंका लिएर बाचिरहेका त छैनऊ, आफ्नो जीवनलाई जसोतसो राम्रै बनाउने प्रयासमा कहिकतै बाटो बिर्याई, अलमलिएर कुदि रहेका पो छौ कि ? कि गलत बाटो त अपनाएका छैनऊ ? जीवन जीउने क्रममा आउने सकारात्मक विषय र बिचारलाई नविनतम सोचका साथ कार्य अगाडी बढाई आफ्नो जीवनलाई कुन तरिकाबाट लैजाने भन्ने आफ्नै व्यक्तिगत निर्णयमा अल्झिएका छैऊ कि । हामिलाई बाहिरी देखावटी सौन्दर्याको भ्रमले निकै आर्कशित र प्रभाव पारेको हुन्छ । बाहिरी रुप र आकर्षणले उस्ले गर्ने भित्री ब्यवहार र क्रियाकलाप थाहा नै नपाई सहि र गतल छुट्याउने निर्णमा अल्झिएका पो छौ कि ! हामिले बाहिरी आवरण भन्दा भित्री रुपमा उसको बानि व्यवहार र क्रियाकलापहरु कत्तिको निर्मल (स्वच्छ) छ भनि विचार पुर्याईएन भने अवश्य जीवनमा परिवर्तन ल्याउन ठुलै भुमिका खेल्न सक्ने देखिन्छ ।
साच्चै नै आफ्नो जीवन आफै जीउने हो, आफैले भत्तकाउने, बनाउने, फूलाउने र फलाउने आफ्नै काध र हातमा रहन्छ । तथापी कहिले काहिँ जीन्दगीलाई पनि केहि कुराहरु भन्नै पर्ने हुन्छ की, विस्तारै चल है जीन्दगी केही ऋण तिर्न बाँकि छ, लुकि बसेका केही थान पिडाहरु भेट्उन बाँकि छ, अबका दिनहरुका आउने पारिवारीक जिम्मेबारी र कर्तव्य पुर्ण गर्नु छ । बाकि जीवन सहज बनाई, हतारमा अगाडी बढ्ने क्रममा कोहि कतै रिसाए छोडिए होलान ती बाटा र गल्लीहरुमा छोडिएका र रिसाएकाहरुलाई हसाउन बाँकि नै छ । तमाम यी व्यथा र आधारहरुलाई समेटी ध्यानमा राखि जीन्दगीलाई अगाडी बढाई महत्वपुर्ण क्षण सम्म लैजानु अझै बाँकि छ । आफैले आफैलाई नै आत्ममनन् सुधार गरियो भने मनमोहक र आकर्षण भेटिने छ, संगै जीज्दगीको यात्रा सहज र सरल बन्ने देखिन्छ । हामिले हाम्रै जिन्दगी बिताउने क्रममा जीन्दगीलाई नै सोचे भन्दा बढि नै गुनासो गरिरहेका हुन्छौ, आफुप्रति दुखि महशुस गर्छौ त्यो समय परिवार, आफन्त र साथिभाई, कसैलाई ख्याल गर्दनौ सगैं आफैमा भएको सकारात्मक बिचार तथा सोचहरुको अन्त्य गर्न तल्लीन रहन्छौ ।
संघर्षरत जीवनमा एउटा यस्तो रित आईदिन्छ जून रित टारेर टरदैन, मारेर मर्दैन पनि, जब मानिस जन्मन्छ पालन पोषण संगै विभिन्न चरणहरु पार गर्दै हुर्कन्छ त्यो स्भाविकै प्रक्रिया नै हुन्छ । मानिस जन्मन्छ बालक, बयस्क अवस्था पार गर्दै वृद्ध हुन्छ र जीवनको अन्तिम समयको क्षेणमा पुग्छ र मृत्यु विरण गर्दछ । यहि सत्यता अडिक छ हाम्रो अगाडी । मानिस जन्म पछि जब वयस्क हुन्छ तेताबेला एक परम्पराले गिज्याई रहेको हुन्छ, एक बाट दुई बन्नु विवहा गरि श्रीमान/श्रीमती भई घरपरिवार चलाउनु जसलाई एक रथका दुई पाङ्गा भनिन्छ । रथ गुडाउन पनि दुई पाङ्गा आवश्यक परे झै जिवनलाई गतिशिल बाटोमा डोर्याउनको निम्ती श्रीमान/श्रीमती भई आफ्नो जीवनलाई सुमधुर बनाई आफ्नै जीवन बाट धेरै कुरा सिकि जीवनमा आउने अनेक दुःख, सुखमा साथ निभाई आफुले सोचे अनुसारको जीवन यापन गरि सामाजिक मुल्य र मान्यतामा एक उदाहारण पात्रको रुपमा उभिन सकियो भने जिवनको सार्थक भेट्याउन सहज र सरल हुने गर्छ ।
सायद माया भन्ने शव्दमा के जादु छ होला संसारमा कुनै न कुनै तरिका बाट माया गरिएकै हुन्छ हरेक प्राणीहरुलाई । साच्चै नै माया गर्नै नजानिएकै होर ? थाहा छैन माया कस्तो अवस्थामा कस्तो तरिकाले दर्शाउने, आखिर माया के हो ? कस्तो मायालाई माया मान्ने सगैं कस्तो मायालाई घृणा भन्ने ! मानिसको अन्य रुप र स्वरुप कसरी बुझ्ने । अहिलेको परिवेशमा प्रया मानिसहरु मौनतामै बसि रमाउन चाहान्छन् । कुनै मानिसहरु संग बोल्ने, माया दर्शाउने शैलिमा अन्तर हुन्छ पक्कै पनि, उनिहरुको मनोभाव नबुझि प्रभावित पर्न नसकि रहेका हुन्छौ थाहा छ उनिहरुले दर्शाउन खोजेको मायामा सत्यता नै लुकेको रहन्छ । माया गर्ने र दर्शाउने शैली उनले सोचे र भने अनुसार नहोला, माया गर्नै नजान्ला रे माया गर्नै नपाउने त ? उस्ले जस्तो जान्यो त्यसै गरी माया गरि रह्यो फल स्वारुप माया पाउनै नसक्ने वातावरण सिर्जना भैदियो, यस्मा दोषि को बन्ने तपाई वा म ? हो माया गर्ने शैली अलि फरक पर्यो होला के गर्ने त जस्तो जान्यै त्यतै तरिका बाट भन्दियो सगैं माया दर्शाईदियो पनि ऊ सामु... बाकि रह्यो माया बुझ्ने, नबुझ्ने, सोच्ने नसोच्ने त उनकै निर्णयमा भर पर्ने कुरा न हो । यति माया गर्दागर्दै र दर्शाउदा पनि माया बुझ्ने र नसम्झने कस्तो खाले मायाको भोक र आशा राखेको होलानन् अहिलेको नयाँ पुस्ताका पिडिहरुले, के दर्शाउन खोजिरहेका छन् मायाको परिभाषालाई ! हो बुझ्नु पर्छ परिवेश वातावरण र सिर्जनात्मक कार्यहरुको प्रभाव समाजमा घुलमिल हुने वातावरणमा समावेश हुने शैली । कसैलाई धोका होईन माया गरि मात्र हेर्नु त सम्बन्धले कस्तो मोड ल्याउछ । जीवन अमुल्य छ यो अमुल्य जीवनको गती आफैले निर्धारण गर्ने हो । जब बलेको आगोको राप र तापको भुमरिमा परि खरानी भएको देखिन्छ तब आफुले आफैलाई बिर्सिन्छ त्यो बखत माया आफैलाई गर्न सिकियो भने दुख कष्ठले कदापि छुदैन । बुझ्नेले एकै पटकमा बुझ्छ सम्झन्छ पनि नसम्झ्ने र नबुझ्नेलाई के थाहा एक थोपा पानिको महत्व... घमण्डमा चुरलुम्मै डुबेर नै होला यो पवित्र मायामा फाटो ल्याएर समाजलाई अनैकितामा परिणत गर्ने गरेको देखिनुको साथै हाम्रो समाजलाई राम्रो दृष्टिकोणले भन्दा नराम्रो दृष्टिकोणले गिजलेको प्रष्ट देखिन्छ ।
जुन दिन जब सम्झना आउछ विगतको यादले परिल्नु पिरल्दछ यादकार जिन्दगी बनेर, क्षेणीक खुशिको लागी गरिएको दुष प्रयासले आफैलाई मृत्युको बाटो देखाउने छ । त्यो मृत्यु आफ्नो परिवार बाहेक अन्य परिवार र समाजले कदापि देख्ने छैनन् । यो भन्दा दुःखको भार नखोज्नका लागी मानिसले मृत्यु अंगालेको हुन्छ । समयमा समयको गति सगसगैं अफ्नो क्षमतालाई निखार्दै लगियो भने आफ्नो विश्वास कहिकतै डगमगाउदैन गनतव्य हिन पाईला बाट गनतव्यमा पुग्न धैरै सहज भैदिन्छ । मानिस जसले कार्य नगरी कार्य गर्ने सदगुण कहिल्यै पाउदैन, जुन हामी सबैमा सत्य र असत्य बिचको खाडलमा भ्रमको साथ पैदा भै रहेको देखिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)