Logo बिहिवार, आश्विन १ गते २०८३
images

हरितालिका तीज अर्थात् हरियाली तीज !

हरितालिका तीज अर्थात् हरियाली तीज !

  • 2.4K
    SHARES

  • हरितालिका तीज अर्थात् हरियाली तीज !

    -नारायण भट्टराई

    हरितालीका तीज हरियाली तीज  श्राबण मासको शुक्लपक्षको तृतिया लाई श्राबणी तीज भनिन्छ । जनमानसमा हरितालिका तिज अर्थात हरियाली तिजको नामबाट परिचय भएको पाइन्छ ।यो पर्व प्राय महिला द्वारा मनाउने प्रचलन छ ।

    यस समयमा प्रकृतिमा जता ततै हरियाली ले छाएको हुन्छ अर्थात हरियो पछ्यौरा ओडेको हुन्छ ।यो मनमोहक दृश्य देखेर मन प्रसन्न भइ नाचौ नाचौ लाग्ने हुन्छ । ठाउँठाउँमा बाबियो बाट बनाइएका पिङहरुले भक्तलाइ पर्खी बसेका हुन्छन यस दिनमा पिङमा खुट्टो राखेको खण्डमा स्वर्गको द्वार खुला रहन्छ भन्ने बिस्वास गरिन्छ ।

    यस अबसरमा बिबाहा भइ घर गएका चेलीहरुलाइ माइती पक्षले माइतमा बोलाउने चलन छ ।राम्रा राम्रा भोजन परिकार मिस्ठान्न बनाइ खानाको बन्दो बस्त मिलाउने गरिन्छ ।बर्खा भरिको झरी घाम बादल आदिले नकारात्मक असर नगरोस भनी घर नभएका बस्तुहरु खरिद गरेर ल्याउने प्रचलन पनि हो ।Nepali-sena-Truck.jpg

    द्वापर युगिन श्री कृश्न अबतरित हुदाको दिन पनि महिला हरु लाई खानाको तरिका नमिलेको तिजको दिन र न्वारान कर्म भएर पनि भोजन गर्न ढिलाइ भएकोले उक्त २ दिन श्रीकृश्न का नाममा उपबास बस्ने गरिन्छ ।

    नब बिबाहिता चेली लाई बिबाहाको बर्स घर बस्न मिल्दैन भनी माइतिमा नै बोलाउने गरेको पाइन्छ ।

    तिजको अघिल्लो दिन लाई पुर्ण तिज भनिन्छ ।स्वदिन घर बाट कोसेलिको रुपमा सृङगार शामान बस्त्र आभुसण गहना मेहदी मिठाइ आदि नया दुलही लाई माइतमा पठाइ दिने गरिन्छ ।

    यस समयमा मेहदी धेरै पछि लगाउन थालियो ।पहिले हात खुट्टामा पहेलो बनाउन तिउरी ( एक फूल बिशेष ) पात सिलौटोमा थिचेर हात खुट्टामा लगाइ माथी बाट फर्सिको पाताले बन्द गरि रात भरी नचली सुतेर भोलि बिहान खोली हेर्दा पहेलो हुने गर्दथ्यौ ।

    त्यसैको प्रयोग पनि लुकि लुकि गर्नु पर्ने थियो ।कल्पना गरिन्छ यश किसिमका पहेला हातले पिङ मा चडेर मच्याउदा हु,,,इ,,,,स,,,,,,र,,,,,,र,,,,,,,र ,,,भन्दा यस्तो सुहागिनी नारी आकास छुन हिडे जस्तो । यश दिनमा सम्भब भएसम्म आफ्नो साशुलाइ सुहाग बस्त्र दिई साशुको पाउ छुने काम गरिन्छ ।सासू नभएको खन्डमा जेठानी अर्थात आफू भन्दा मान्य जन लाई सुहागन शामान दिने गरिन्छ ।

    यसै दिन कुनै कुनै सुहागन महिलाहरु खुट्टामा ( पाइतलामा ) तिउरी लगाउछन यो एउटा एबातको चिन्ह मानिन्छ । तिजमा बर्स दिन सम्म आफुलाइ पिरमर्का परेका कुराहरु गितको माध्यम बाट पोखिन्छ र नाच्नेगाउने गरिन्छ ।नया कपडा आभुसणमा सजिएका बखत मेलामा जम्मा हुन पाइएन भने महिला प्रफुल्लित हुदैनन । तिज पछिको महत्वपुर्ण चाडको रुपमा ऋषि पन्चमी लाई लिइन्छ ।

    पन्चमिको दिन खोला पधेरा धारा कुवा मा गइ नुहाइ धोइ गर्ने ३६५ दतिवन गर्ने गोरुको सिङको माटो पानी उखुका पातको जनै धुङगा आदि कार्य गर्दा भुलमा नपरियोस भनि ३६५ ढुङ्गा जम्मा गरि गन्ने चलन पनि छ । नुहाउदा डोकोमा टोकरिमा अपमार्गका फुल र पातले भरी पानीमा डुबाइ टाउको माथी बाट पानी चुहाइ नुहाएको खन्डमा एबात रहिन्छ बर्स भरिका अन्जान्मा गरेका पाप नसट हुन्छ भन्ने धारणा राखिन्छ । नुहाइ सके पछाडी सप्तऋषि को ७ पटक पूजा आजा गरिन्छ । जसलाइ पन्चमी गर्ने भनिन्छ ।

    सप्त ऋषिमा बसिस्ठ बिस्वामित्र , कन्व भारध्वाज अतृ बामदेब ,र सौनक आदि ऋषि हरुको पुजा गर्ने चलन छ ।हाम्रो सम्झनामा आए अनुसार सुपारिको सट्टामा खन्युका ७ दाना जम्मा गरि एक पुजा भ्याइदा एक दना खन्यु चडाइन्थ्यो । पुजा शिद्दिए पछि प्रसाद ग्रहण गर्न का निमित्त हलो नलागेको ठाउको अनाज गोग्रास गरि खाइन्छ ।खाइओरी डाडोमा निस्कने चलन छ ।

    त्याहा श्री कृश्न सम्बन्धी तिज गित गाइन्छ । डाडोमा निस्किए स्वर्गको ढोका खुल्दछ भन्नेगरिन्छ ।यति बेला एक दुई बर्स सम्म छुट्टिएका दिदी बहिनी सङग मिलन हुदा राधा र कृश्नको भेट जस्तो मानिन्छ ।भोलि पन्चमिको अर्को दिन बाट तिज सकिन्छ र आफ्ना आफ्ना घर तिर जाने गरिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology