Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यसरी मनाओैं जनैपूर्णिमा (ऋषि तर्पणी)

यसरी मनाओैं जनैपूर्णिमा (ऋषि तर्पणी)

  • 2.3K
    SHARES

  • यसरी मनाओैं जनैपूर्णिमा (ऋषि तर्पणी)

    -नारायण भट्टराइ

    श्रावण शुक्ल पूर्णिमा जनै पूर्णिमाको नाम बाट प्रचलित छ ।कन्न्याकुमारीले कपास बाट धागो निकाली  सिमाली बनाइएको ६ सरा भयेको सिका बनाइ तयार गरिएको लाई जनै भनिन्छ ।जनै बनाउदा धागोलाइ ३ सरा बनाइन्छ र बाटिन्छ र फेरि पुन तिन्सरा गरि उल्टो तिर बाटी तिउराउने गरिन्छ ।

    अब त्यो ९ सरा हुन जान्छ ।अब त्यसका दुबै टुप्पोमा सिका पारिन्छ र फेरि तीन पटक घुमाइ शिका बनाइ ३ सरा जनै हुन्छ पुन अर्को ३ सरा बनाइ ६ सरा जनै तैयार हुन्छ ।जुन जनै को धागोमा पहिलाको ३ सरामा २७ पुगेको हुन्छ अर्कोमा २७ गरि जम्मा ५४ सराको बिधिबत जनै तैयार गरिन्छ ।जनैको नाप ५ कुरि लिइन्छ किनकी जनै नाइटो भन्दा तल र माथी पनि हुनु हुदैन भन्ने मान्यता राख्दछ । ५
     सिका हुन्छन ।ब्रह्म गायत्री  जपिन्छ । मान्यता अनुसार माछा मासु जाड रक्सी खादा रोग लाई बढाउने कारण बाट नखादा राम्रो हुन्छ भनी हाम्रा गुरु हरु र डक्टर साहेब हरुले भनेको सुनिन्छ ।

    जनै धारण गर्नेले ढाटन हुदैन भनिन्छ सके सबैले नढाटदा राम्रो हुन्छ ।पहिला जनै चादिको बनाउने र सुनको मुन्द्रो राख्ने चलन रहेछ हाल आएर अलि परिमार्जन हुदा धागोको जनै र चादिको मुन्द्रो सुनको जलप राखिन्छ ।मान्यता अनुसार सुन चोखो मानिन्छ जुठो सुतक मा सुन्पानी राखेर चोख्यउने चलन र नुहाउदा सुन्पानी बनाइ नुहाउने चलन पनि छ ।यस्लेमानसिक तनाब ढिक गर्न मद्दत गर्दछ । 
       जनै कर्म चलेको छोरो मान्छेले लगाउने चलन छ । बिहान बर्म मुहुर्तमा उठि नुहाइ धोइ गर्ने बर्ह्म गायत्री  जप्ने  हाम्रो जनैको जति सरा छन त्यसको डबल बनाइ गायत्री को जप राम्रो मानिन्छ ।नभए ५४ पटक त जप्नु अनिबार्य मानिन्छ ।जीवन रहदा सम्म जनै शरिरमा रहनु पर्दछ भनी कर्म चलाउदा गुरुले भन्ने गर्नु हुन्छ । जनै मा रहेका ३ सराले ब्रह्मा बिस्णु र महेस्वर अर्को ३ सरामा महाकाली महासरस्वती महालक्ष्मी भन्ने गरिन्छ ।यसै कारण लाई मनन गरि शरिरमा राख्ने गरिन्छ ।

    जनै लगाउनु आयु आरोग्य एसर्य बिजय को प्राप्तिको सुचक कहिन्छ ।धार्मिक मान्यता बोकेको रुद्राक्ष मालामा पूरा जप १०८ हुन्छ  भने जनैमा ५४ सरा हुन्छ हामी सके ५४ दुना जप गर्छौ नसके ५४ पटक त जप गरिन्छ नै । मुक्ती चाहानेले बिहान बेलुका दिउँसो ३ टायम जप हुन्छ कृषक ले बिहान बेलुका मात्रले पनि कर्म पूरा हुन्छ । 
         रक्षाबिधान को पनि आफ्नो बिधान र बिशेता छ । अरुन्धती सहित ऋषि  हरुको स्मरण तर्पण गरि अभिमन्तृत गरि पुजिएको रक्षाबिधान गुरु पुरोहित भान्ज जुमाइ भिनाजु मन्यजन बाट धारण गरिन्छ ।यस्ले जिबन्मा अबिचलता प्रदान र चिरन्जिबिको कामना गरिन्छ । दिदी बहिनी बाट पनि राखी बाध्ने गरिन्छ यस्ले दाजु भाइ दिदी बहिनी बिचको मया गाढा बनाउनु कासाथै बहिनी दिदी लाई दाजु भाइले सक्दो सहयोग्को बिस्वास दिलाएको मानिन्छ ।

    एक पटक को कुराहो काम गर्ने क्रममा श्रीकृष्ण  को हात कुनै हतियार ले काटिएछ द्रौपती द्वारा बस्त्र च्यतेर हात्मा बाधी दिनु भये छ र रगत बसेछ ।पछि द्रौपदिको चिर हरण हुने समयमा श्री कृष्ण बाट सम्रक्षण भयो ।
      प्राचीन समयमा देबता र दानव बिच युद्द भएछ  दानव हरुले देवता लाई हराइ तिनै लोक्मा आफ्नो राज्य चलाए । देवता हरुलाइ हैरान तुल्याए ।केही सीप नलागी देवता का राजा इन्द्र  आफ्ना गुरु बृहस्पति को मा गए ।

    देबताको दसा देखेर गुरु बृहस्पति ले आदेस गर्नु भयो तिमी हरु रक्षा बिधान गर्नु भनी बिदा गर्नु भयो ।त्यसै अबसर्मा स्राबण पूर्णिमा का दिन प्रात कालमा रक्षा बिधान सम्पन्न गराइयो ।
    येन बद्दो बलि राजा दानबेन्द्रो महा बल :  ।
    तेन त्वमभिबद्नामी रक्षे मा चल मा चल  ।।
        जनैपूणिमा को प्रात कालमा यी मन्त्रको उच्चारण गरेर  गुरु बृहस्पति ले स्राबण रक्षा बिधान सम्पन्न गर्नु भयो ।  गुरु बृहस्पतिका भनाइको अक्षर स पालन गरियो ।इन्द्रायनिले ब्राह्मण पुरोहित द्वारा स्वस्ती बाचन गराएर इन्द्रका दायाँ हातमा रक्षा बिधान ( डोरो ) बाधी दिनु भयो।

    यसै धागो ( डोरो ) को बल द्वारा इन्द्रले दानव माथी बिजय प्राप्त गरेको भन्ने किम  बदन्ती छ । यस बर्सको जनै पुर्णिमा २०८१ साल भाद्र ३ गते शोम बार परेको छ उक्त दिन भद्रा रहेकोले शूभ कार्य गर्नु गराउनु हुदैन गराएको खण्डमा अपसगुन हुन्छ भन्ने धारणा लाई शिरोधार्य गर्दै दिउँसो १:५२ बजे पछाडी डोरो रक्षाबिधान ग्रहण गर्दा शूभ मानिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २ २०८१०६:१६:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology