Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू होराइजनका प्रवेशले ल्याए एसईई नतिजामा जीपीए फाेर

न्यू होराइजनका प्रवेशले ल्याए एसईई नतिजामा जीपीए फाेर

  • 6.5K
    SHARES

  • न्यू होराइजनका प्रवेशले ल्याए एसईई नतिजामा जीपीए फाेर

    बुटवल,असार १३ ।

    बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकामा प्रवेशको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताए ।

    देशभर १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्षको तुलनामा यस वर्ष एसइईको नतिजा दोब्बर राम्रो सुधार आई ९८ प्रतिशत ग्रेडसहित विद्यार्थी उत्तिण भएका न्यू होराइजन स्कूलका शिक्षक प्रकाश गौतमले जानकारी दिए ।

    पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology