काठमाडौं, असार १३ ।
माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार विहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।
एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाईट, आइभिआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।
कार्यालयको सूचनाअनुसार नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड,खल्ती, इसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने छ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट गएको एसईई परीक्षामा ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ जना विद्यार्थी पास भएका हुन् । परीक्षामा सहभागि भएका मध्ये ४९ हजार २२४ जना ननग्रेड भएका छन् ।एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड भएका छन् ।
मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी मध्ये ४२ हजार २८६ जना, कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी मध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २७५ जना, कर्णाली प्रदेशबाट ३५ हजार ३४ जना सहभागी भएकोमा २० हजार ३८० जना विद्यार्थी ननग्रेड भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)