- नारायण भट्टराई
लुम्बिनी प्रदेश अर्घाखाची जिल्ला छत्रदेव ६ को ठूलापोखरा अन्तरगत पर्ने पवित्र स्थानको नाम वाझापोखरा हो। यी ठाउमा रहेका अन्य वस्तुको परिचय दिनुभन्दा पहिले यी माथिका नाम कसरी रहन गए होलान भन्ने सर्वत्र मानिसको जिज्ञासा रहन स्वभाविक नै हुन्छ। तTकालिन अवस्थामा ठूलापोखरा गाउपञ्चायत भएको समयमा यस स्थान को माझ अर्थात मुटुमा रहेका दुईवटा पानी सगाल्ने पोखरी वाट भएको रहेछ। यी पोखरी हरु १७ औं सताब्दीमा खनिएको बताइन्छ।
यी पोखरीहरुको पनि आफ्नो किसिमको अचम्म लाग्दो कहानी विध्यमान छ । गुल्मी चारपाला वाट एक जाना कार्किगोठ लिएर यहा आई बस्दा रहेछन उन्का गाई भैसी वाख्रा आदि भएकाले ठूलापोखरा को चहुरमा वस्तु चराउने अनि पानी पिउनका लागि सानो पोखरी बनाएको र त्यसैको केहितल घर बनाई बस्ने भएकाले तलको जग्गाको नाम कार्कि पाटा राखियो ।
माथी ठूलापोखरा मा जहा सानो पोखरी बनाईएको थियो त्याहां ठूलोपोखरी बनाइयो पछि फेरी कार्कि गुल्मी वाट आई यो पोखरी मेरो हो भनि पूजा अर्चनार पचिष्ठा गरि गुल्मी फर्किएका बताइन्छ । यसरी अरुले खनेको पोखरीको पानी हामीले प्रयोग गर्नु हुदैन भनि पुनः अर्को पोखरी त्यस भन्दा १५० मिटर माथी पट्टी खनियो त्यसमा सिडिकाटी खण्ड मिलाई पोखरीको डिल वरी परी ठूलाठूला ढुङ्गा हरु छापिएको थियो ति पोखरी हरुको निर्माण ले नै यस ठाउको नाम ठूला पोखरा रहन गयो। यसै ठूलापोखराको दक्षिण तर्फ करिव ५ कि मि को हिडाई पछि चौवाहा फाँट पर्दछ . चौवाहा देखी करिव ४ कि मी उत्तर तर्फ निश्किदा भेटिइने ऐतिहासिक महत्व बोकेको मालिका देवालय र स्व देवालय देखि उत्तरतर्फ करिव १ कि मि को दुरीमा अवस्थित छ वाझापोखरा को रमणिय स्थल ।
वाझापोखरा नाम कसरी रहेको होला भनि शोध खोजी गर्दा जिज्ञासा उठाउदा यहाका अग्रजहरुको कथन अनुसार यस स्थलको आठैतिशा तर्फजंगलै जंगल रहेको विचमा केहि खाली चहुर माझमा घरवेसी गर्ने घोडेटो वाटो गाई गोठाला हरु वस्तुभाउ ल्याई चराउने र पानी समेत खुवाउने ठाउ जुन ठाउमा सबै जंगली जनावरले त पानी पिए तर त्यस मध्ये वाझले पनि पटक पटक पानी पिएको देखिएको हुनाले यस्को नामा करण वाझा पोखरा गरियो। अर्कोतर्फ हामीहरु वि सं २०३९ सालभन्दा पहिले जहा विद्यालय को निर्माण गरिएको छ त्यस मा एउटा बाझिएको पोखरी पिपल र अर्को मौलो गाडिएको पोखरी वर पिपल भएको चौपारी आदि छन केहि विद्यालय निर्माण गर्दा व्यावस्थापन गरियो। त्यो पोखरी भित्र पनि सानातिना पोखरी रहेका जुन पोखरी लामो र घाँसपात उम्रिएको विचविचमा साना कुन्टा जून वर्षाको पानी अडिने र गाईवस्तुले पिउने गरेको वाझिएको पोखरी ( वाझो )जस्तो देखिने भएकाले वाझा पोखरा नाम राखिएको हुन सक्तछ। भन्ने कथन सुन्नमा आउछ।
' जिवन परन्त शिक्षा " शिक्षा मानिसको तेश्रो आँखा हो भनि भनिनेर हेरिने गर्दछ । यसैशिलशिलामा शिक्षा आर्जन गर्ने क्रममा पुगीसरी आउने परिवारका मानिस काशी वानारस कलकत्ता रिडी नेपाल (काठमाण्डौं ) आदि ठाउमा गई शिक्षा आर्जन गरी फर्केको पाइन्छ । ततकालिन समयमा अंग्रेजीमा चिठिमा भएको ठेगाना पढने एकजाना वृद्ध बुवा हुनु हुन्थ्यो उहाले जागिर गर्ने क्रममा व्रमा गई अध्ययन गर्ने मौका पाउनुभएको रहेछ । औपचारिक शिक्षा आर्जन गर्नेक्रममा धैरेनी राजदरवार वाट शुरू भयो उहा हरुले घरपरिवार र सल्लाहकारका छोराछोरी पढाउन देहरादर दार्जिलिङ्ग आदि ठाउहरु वाट शिक्षक हरुलाई ल्याई शिक्षा दिन थालियो पछि धैरेनी तिरबाट ठूलापोखरा मा पनि सरेको पाईयो । कसैको घर गोठ थारा पिडिमा शिक्षक खोजेर ल्याई घरै बसाल्ने र वस्न खानको व्यावस्था विद्यार्थी हरुले गर्ने गरिएको रहेछ। यस ठूला पोखरामा विद्यालय को निर्माण हुनुभन्दा पहिले अर्थात औपचारीक शिक्षाको शुरुसुरुमा कास्कि जिल्ला वाट आउनु भएका एनजाना सन्त योगि (स्वामी दर्शनानन्द शास्त्री) आएर मैले पठाउछु भनि कुनै घरमा वसी पोखरीको डिलमा विद्यार्थी हरु लाई बसाई शिक्षा दिन शुरुगरि शिक्षाको शुरुवात गर्नुभयो ।
पछि त्यस ठाउमा सानो खरले छाएको विद्यालय को निर्माण भएको रहेछ त्यसको एक पट्टी स्वामी बस्ने र अर्का पट्टी विद्यार्थी वसी शिक्षा आर्जन गर्ने गर्दथे। उहाले विस २०१३ साल देखि विस २०१५ साल सम्म ठूला पोखरा हालको श्रीने रा मा विद्यालय निर्माण भएको स्थल मा अध्यापन गराउन भयो उहानै हालको विद्यालयका संस्थापक प्र अ हुनुहुन्छ।
उहाले बिहानै देखी वेलुका सूर्याअस्त सम्म पठाउने काम गर्नुभयो। उहाको पढाई र सजाय दुवैकडा थियो भनिन्छ। विद्यार्थीहरु नपढने हल्ला गर्ने अनुशासन मा नरहने लाई गोर्खेलौरी हाल्ने पोखरीको पानीमा कम्मर सम्म डुवाई दिने सिस्नो ले हान्ने आदि गरेर पठाउने र पढेको मुखस्त गर्नुपर्ने नियम थियो । सजाय वढी भएको देखिए गुरु आमाले शरिरमा तेल लगाई दिने गर्नु हुन्थ्यो भन्नेकुरा उहाका उतिवेला का विद्यार्थी हरु हाल वि सं २०८१ साल सम्म आउदा ७५ वर्ष काटी सक्नु भएको छ। उहाहरुको उपस्थिती नै जीउदो इतिहास साछी छ।
शिक्षाको विकाशको क्रममा वेरोज गारीको समस्या समाधानका लागि अन्यत्र देश घाउन पर्ने कित वर्मा कित कलकत्ता पुग्नु पर्दोरहेछ यसरी आफ्नो वास वचाउन कलकत्ताको गास खाएर पनि शुक्षामा सुधार गर्नुपर्दछ भनने धारणा रहेको रहेछ। कलकत्तामा बस्ने हाम्रो छिमेकी गाउपञ्चायत भगवतीको वार्ड नं २ मडेलचौरका प्रवासीदाजु भाईहरुले हामीले विद्यालय बनाउँछौ तपाईहरु ले चन्दा दिनुहोस भनि ठूला पोखरा वासीलाई अनुरोध गर्दा उहाहरुले विद्यालय जस्तो पवित्र स्थल निर्माण गर्न हामी तयारछौ भनि चन्दा प्रदान गर्नुभएछ। पछि ठूलापोखरा का अग्रज हरुले हामीहरुले एउटा शिवालय बनाउँछौ हजुर हरुलेपनि सक्दो सहयोग गर्नुहोस भनि चन्दा उठाउन शुरु गरि यो र याहा विद्यालयमा लागु गर्न का लागि उठाएको पैसा भएकाले यस ठाउको नाम शिवपुर र शिवपुरमा निर्माण भएको विद्यालय शिवपुरी प्राईमरी स्कूल नामाकरण भयो।२०१५ सालमा विद्यालयले स्विकृत पायो। पुरा व्यवस्था व्यवस्थापन कार्य २०१९ सालमा मात्र भयो।
२०१३ सालदेखि २०१९ सालसम्म शिवपुरी प्राइमरी स्कुल त्यसपछि श्री ने रा प्रा वी को नामाकरण भयो। शिवालय मन्दिरमा राखिएको घण्टी घन्टी थान एक र हाल श्री ने रा मा वि मा बजाउने काँसको घन्टी पनि कलकत्ताबाट चन्दा उठाई ल्याएको हो। समय परिवर्तनशील छ। समयलाई हामीले पठाउँदै गर्दा अहिलेका बालबालिकाको विद्यालय मा आउने उमेरभन्दा तत्कालीन स्कुलमा भर्णा गराउने छात्रहरूको उमेर १० १२ वर्षको हुने गर्दथ्यो छात्राहरु त ठूलापोखरा भरिमा दुई तीन घरबाट मात्र विद्यालयमा भर्णा भई पठन पाठनका लागि आएको देखियो।भर्णा गर्ने क्रममा व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरू घरघरमा गई विद्यालय पठाउनुहोस्। हामीले त्यतिबेला विद्यालय नभएर पढेनौ अब पनि हाम्रा बालबालिकालाई शिक्षा दिनका लागि चुकियो भने बालबालिकाका जीवन अन्धकार हुन्छ भन्ने जस्ता नारा लिएर घरघरमा हिँडेको त्यतिबेलाका विद्यार्थीहरूले कुरा गर्दै हुनुहुन्छअझै जनसङ्ख्या वृद्धि हुँदै जाँदा वि स २०३९ सालतिर यस ठुलापोखरामा दुईवटा प्रा वि को खाँचो महसुस गरी श्री भगवती प्रा वी रोटेपानी धैरेनी वडा नम्बर २ र श्री सरस्वती प्रा वी बाजापोखरा वडा नम्बर ७ मा विद्यालय सञ्चालन गरियो।
यहाँको जनशक्ति छत्रगञ्ज सूर्य थुम पठन पाठनका लागि जान असजिलो हुँदाको कारण श्री ने रा नि मा वि लाई मा वि मा परिवर्तन र दुवै प्रा वी लाई कक्षा उन्नति गरियो। यस अवधिमा घरघरबाट चन्दा उठाउने कोही दान दाता दानवीर शिक्षकहरूले निःशुल्क पढाउने आदि कार्य गर्दै विद्यालयलाई अगाडि बढाउन प्रयास गरियो । श्री सरस्वती आधारभूत विद्यालय लाई फर्किएर हेर्दा विद्यालयको स्थापना विक्रम सम्वत २०३९ सालमा भएतापनि विद्यालयमा पठनपाठन को सुरुवात आर्थिक वर्ष २०३५ र २०३६ सालदेखि नै सुरु भएको थियो शिक्षाको उज्यालो ज्योति छर्नका लागि हाम्रा आदरणीय स्वर्गीय गुरु कुलानन्द पन्थीले बाजापोखरा भन्ने ठाउँमा १५ देखि २० जना छात्र छात्रा जम्मा गरी त्यस ठाउँमा लगाइएको बरको वृक्ष बटवृक्ष जसको जरा पश्चिमतर्फ गई बीचमा उठेको थियो त्यही रूपलाई सरस्वतीको प्रतिक मानि पूजाआजा गरी पठन पाठन प्रक्रिया अगाडि बढाउनुभएको रहेछ। हावा र पानीबाट बच्नका लागि त्यहाँ निर्माण भएको बाँके ठाटी मा गई होत प्राप्त गर्ने गरी छात्र छात्रलाई सुरक्षाको अनुभूति दिलाउनु भएको कुरा तत्कालीन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले दर्शाउने गर्नुहुन्छ ।
श्री सरस्वती प्राथमिक विद्यालय बाजापोखरा अर्घाखाँचीलाई गौण गरेर हेर्दा रम्य वातावरण भएको स्थल पूर्वपट्टि बारी खेत जंगल पश्चिममा जङ्गल अलिक तल फाँटमा सुनौला धानका बालाझुलिरहेका उत्तरतर्फ चौवाबाट सुरु भएर ठूलापोखरा अर्घातोष छत्रगञ्ज जाने मूल सडक अनि केही घरहरू र आँपका बगैचा स्वामी बर पिपल लाकुरी आदिका वृक्षहरू दक्षिणमा केही जङ्गल अनि ठूला पोखराको सबभन्दा उर्वरा भूमिभएको चौहाटार सिँचाइ योजना सञ्चालन भएको कृषियोग्य भूमिको नामाकरण चौवा फाँट र केही जङ्गल पर्दछ।
ठूला पोखराको सम्पूर्ण जनसङ्ख्याको चौथाई जनसङ्ख्या यसै स्थलमा बसोबास गरेको कारणबाट विद्यालय सम्म पुग्न गाह्रो भएबाट सरस्वती प्राथमिक विद्यालयको स्थापना गरिएको थियो ।यस बाजापोखरा भन्ने स्थलमा निर्माण भएको विद्यालयको छानो र विद्यालय पनि पटकपटक हावाहुरीले नष्ट गरी रहेको थियो पटकपटक हावाहुरीले छाना र विद्यालय भत्काउनु कुनै दैवी शक्तिको पनि हात हुन सक्दछ भन्ने सोचले विद्यालयको पश्चिमतर्फ अलिक तलपट्टिजङ्गलमा पचभैया भन्ने स्थान छ। तिनै देवताको मन्दिर बनाई पूजाआजा र स्मरण गरेपछि विद्यालयको छाना उडाउने भत्काउने कार्य बन्द भएको थियो। आ व २०५६ र २०५७ मा गुल्मी अर्घाखाँची ग्रामीण परियोजनाले यस स्थलमा ७.५ चौडाएर ३७.५ मिटर लम्बाइ भएको दुई तला र १० कोठे भवन बनाइदिएको थियो।
सो सुन्दर भवन अध्यावधिक छँदैछ। यस विद्यालयका शिक्षक विद्यार्थीको अनुपात मिलेको र शिक्षक शिक्षिकाहरु पनि आफ्नो विषयमा दखल राख्ने किसिमकै हुनुहुन्थ्यो यस ठूलापोखराको चौहा बेल्ट किसान पन्थी टोला आदिका विद्यार्थीहरूलाई पायक पर्ने किसिमबाट श्री सरस्वती प्रा वि को निर्माण गरिएको थियो।
विशेषगरी यस ओल्लोपल्लो चौवा उराम लोधबोट आदि ठाउँमा बस्ने आदिवासी कुमाल ( सुमाल) जातिका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनी विद्यालय स्थापना कालमा सोही अनुसारको सोच राखिएको हो। तर समयहरू बित्दै जाँदा विक्रम सम्वत २०७९ साल जेष्ठ महिना तिरसम्मयस स्थलका विद्यार्थीहरू घट्न गई विद्यालयलाई कतै लगि गाब्नुपर्ने देखियो। यसरी विद्यार्थीहरु घट्नको मुख्य कारणहरूमा यहाँबाट मानिसहरूको बसाईसराईको क्रम बढ्नु अर्थात् अन्यत्र जानु प्रजनन दर बानर बनेल बाघको प्रकोप खानेपानीको समस्या पटकपटक जंगलमा आगो लागि बासस्थान नै नष्ट हुने सम्भावना विद्यालयहरू नजिक नजिक खोलिनु आदि आदि यस क्षेत्रको एक अर्थात् १.५ किलोमिटर भित्र खोलिएका विद्यालय जस्तो श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयव ठूलापोखरा श्री मालिका इङ्लिस बोर्डिङ स्कुल चौहाहा प्रा वी चौवाहामा विद्यार्थीहरू बाँडिँदा र सन्तान उत्पादन कमी जस्तो एक अथवा दुईभन्दा बढी सन्तान नहुने किसिमको व्यवस्था भएबाट विद्यालयहरूलाई मर्का परिरहेको छ।विभिन्न समस्याहरूका कारण बाट यस विद्यालयलाई चौवाह प्रा वी चौवाहा मा लगी दुवै विद्यालयलाई समायोजन गरियो। शिक्षक हरुआफ्नो घर पाएक र आवश्यक परेको स्थानमा सरुवा हुनुभयो। अनि केही शिक्षक शिक्षिका चौवाहा प्रा वी मा समायोजन गराई त्यसको नाम श्री सरस्वती आधारभूत विद्यालय बाजापोखरा ठूलापोखरा चौवाहा नाम रहन गएको छ।
यसरी जबरजस्ती बसाईसराईको कारण वस्न जाने ठाउँमा पनि असर गर्दछ। छोड्ने ठाउँमा पनि असर गर्ने गर्दछ। खानेपानी बाटो विद्यालय स्वास्थ्य बत्ती सरसफाई आदिमा पनि असर गर्ने गर्दछ बजारका विद्यालयमा विद्यार्थी बढी हुन गई परीक्षा लिई विद्यार्थी भर्ना गरिन्छ गाउँका विद्यालयहरू खाली हुँदैछन् कारण गाउँमा योजना अनुसार कार्य पनि हुन सकेको छैन आयोजना सञ्चालन गर्दा सञ्चालन गर्दा नियम अनुसार र समयमा निर्माण हुन नसक्दा र युवा पिढीहरू गाउँमै बस्नको लागि व्यवस्था गर्न नसक्दा पनि जनसङ्ख्या घट्दै गएको छ।
यस श्री सरस्वती आधारभूत विद्यालय स्थापना भएको स्थल बेसीबाट घर आवतजावत गर्ने क्रममा थकाई मेटाउन शीतल आउने चौपारी छ त्यहाँ एकपटकमा १५ देखि २० जना मानिस बस्न मिल्दछ। पानीको व्यवस्था चियाको व्यवस्था ओतमा बस्न बाँके किसिमको ठाँटी अध्यावधिक छ।तर यहाँबाट पसल विद्यालय आदि अन्यत्र ठाउँमा सरेको कारण उक्त स्मरणीय र सुन्दर स्थल स्मसान जस्तो देखिएको छ।
मानिसहरू तलदेखि माथि घरतिर निस्कँदा अर्थात् घरबाट तलतिर झर्दा विभिन्न किसिमका गीत गजल भजन वालीहरू गाई रमाइलो गर्ने गर्दथे।
महिला एवं पुरुष हरूले रमाइलो गर्दै गाएका केही वालीहरू तल बताइन्छ।
१ )वाली पहिलो गीत गाएको मैले मालिका देवीलाई ।
आहाई मालिका देविलाई ।
पातको वेरी लौभन फेरी मालिका देविलाई ।
लौत वा लौलौ लौतवा लौलौ मालिका देविलाई ।
२) असारमासको जोतने हलो खैलाग्यौ फालिमा आहाई खैलाग्यो फालिमा ।
हजुरलाई भनि ल्याएको फूलमाला ओईलायो आलिमा आहाई ओइलायो आलि मा ।
लौतवा लौ लौ लौ त वा लौ लौ ओइलायो आलिमा ।
आ हाई ओइलायो आलिमा 2
पातको वेरी लौ भन फेरी ओइलायो आलिमा 'आहाइ ओइलायो आलिमा ।
रमाइलो गर्दै हातमा विउ लिएर आनन्द मान्दै नाचेको देख्न पाईन्थो ।
तिजको समयमा तिजका गिद हरु गाहिने गरिन्थ्यो ।
जस्तै वरिलै किरिस्न डुलेका ।
१ )
झयाउरे जस्तै : नौतनवा जानुछ मलाई कोखमा जोर मादल भिरेर ।
२ )ओरालीमा जो झरे पनि जल्को लाग्छ उहिमाया हो भनि ।
३) यो मायाको तृषना मलाई मेटिदैन आगोले नजलाई ।
फागु :- ल छुमन लडिवडि खेले हो।
रतौली : डोली चढी जाने कसका वाला हुन । अरे भैया कसका वाला हुन ।
भजन :- ऐसा महल बने कसरी ।
जगमा जिउनु थोडा राम नकरिए जन्जाल नकरिए जन्जाल राम कोकरिए जन्जाल जगमा जिउनु थोडा राम को करिए जन्जाल ।
कठौता :- आइहालो सलह लाई हालो तात सलह वैरीका फलाम का दात ।
सोरठी :- पुत्रका शो गले घुरुम घुरु रोवैला . विना पुत्र कोहि छैन सुहा । आदि गाई नाची रमाईेलो गरेको ठाउ हाल आएर सून सान भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)