Logo बिहिवार, आश्विन १ गते २०८३
images

१७ औं गणतन्त्र दिवस : शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा प्रर्दशन तथा दीप प्रज्वलन

१७ औं गणतन्त्र दिवस : शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा प्रर्दशन तथा दीप प्रज्वलन

  • 1.9K
    SHARES

  • १७ औं गणतन्त्र दिवस  : शान्ति समाज रुपन्देहीद्वारा  बुटवलमा प्रर्दशन तथा दीप प्रज्वलन

    बुटवल,जेठ १६ ।

    १७ औं गणतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा प्रर्दशन तथा दीप प्रज्वलन गरेको छ ।‘लोकतान्त्रिक गणतन्त्र : असललाई जिम्मेवारी, खराबलाई दण्ड’ नारासहित बुटवल पुष्पलाल पार्कमा प्रदर्शन र दीप प्रज्वलन गरेको हो ।

    कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार गोविन्द खनालले गणतन्त्र प्राप्तीको लामोसमयमा पनि जनता यसको प्रत्याभुति पाउन नसकेको दुखेसो गरे । गणतन्त्रको खास उदेश्य १७ बर्षसम्म हुदा पनि लक्षित वर्गले पाउन नसकेको उनको दाबी छ ।

    कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारी, बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष खिमप्रसाद भट्टराई (कृष्ण), उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले गणतन्त्रमा आम नागरिकको योगदान र अहिलेको अवस्थाबारे मन्त्ब्य राखेका थिए ।shanti-samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology