Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा आयाेजित ५ दिने टेनिस क्याम्प सकियाे

बुटवलमा आयाेजित ५ दिने टेनिस क्याम्प सकियाे

  • 2.3K
    SHARES

  • बुटवलमा आयाेजित ५ दिने टेनिस क्याम्प सकियाे

    बुटवल,पुस ११- 

    काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको जयकर मेमोरियल टेनिस डेभलमेन्ट क्याम्पको १८ औं संस्करण  बुटवलमा सम्पन्न भएको छ ।

    जयकर मेमोरियलको आयोजना तथा जुनियर टेनिस इनिसेटिभ (जेटीआइ नेपाल) ले जयकर राणाको सम्झनामा गर्दै आएको क्याम्प पहिलो पटक बुटवलमा आयोजना गरेको हो ।

    रुपन्देहीको देबिनगरस्थित रुपन्देही लन टेनिस सघंको कोर्टमा सोमबारबाट सो क्याम्प शुरु भएको थियो । जयकर मेमोरियलको आयोजना तथा जुनियर टेनिस इनिसेटिभ (जेटीआइ नेपाल) र रुपन्देही जिल्ला लन टेनिस सघंको सयुक्त सहकार्यमा आयोजित १८ औ जयकर मेमोरियल टेनिस डेभलमेन्ट क्याम्पमा ५ बर्षदेखी १४ बर्षसम्मका २४ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।

    समापनका अवसरमा क्पाम्पमा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ५ दिने क्पाम्पमा टेनिसको टेक्निकल तथा सैद्धान्तीक ज्ञान दिएको रुपन्देही लन टेनिस सघका सचिव गोपाल ज्ञवालीले बताउनु भयो ।

    खेलाडीहरुलाई जेटिआइ नेपालका लागी संयोजक तथा टेनिसका राष्ट्रिय प्रशिक्षक कृष्णराज घले र सहसंयोजक जितेन्द्र परियारले प्रशिक्षण दिएका थिए । 
    जयकर मेमोरियलका अध्यक्ष मनोज राणाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका केन्द्रिय उपाध्यक्ष तथा नेपाल टेनिस सघंका अध्यक्ष ज्योती राणाले टेनिसको विकास तथा ग्रासरुटबाट खेलाडी उत्पादनका लागि यसप्रकारका क्याम्प सहयोगि हुने बताउदै काठमाण्डौमा मात्र आयोजना गरिएका यस्ता कार्यक्रम यसबर्ष भने उपत्यका बाहिरका खेलाडीहरुलाई समेत सहभागि गराउने लक्ष्यसहित बुटवलमा  क्याम्प सन्चालन गरिएको बताइन् ।

    उनले यस्ता प्रशिक्षणले खेलाडीहरुलाइ निखार्ने र मोफसलको टेनिसको बिकासमा सहयोगी बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि गर्ने प्रतीबद्धता व्यक्त गरेकी थिइन । कार्यक्रममा लन टेनिस सघंका जिल्ला अध्यक्ष सन्जय क्षेष्ठ, खेलकुद पत्रकार मन्चका जिल्ला अध्यक्ष सुमन अधिकारी लगायतले बोल्दै रुपन्देहीमा टेनिस खेलले फड्को मारिरहेको अबस्थामा जुनियर खेलाडीहरुलाइ प्रशिक्षण दिनु राम्रो सन्देश प्रवाह भएको बताए ।

    प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित लन टेनिसका अन्र्तराष्ट्रिय खेलाडी महिका राणा र मायंका राणाले शो म्याच समेत प्रर्दशन गरेका थिए ।कार्यक्रम रुपन्देही जिल्ला लन टेनिस सघंका सचिब गोपाल ज्ञवालीको सञ्चालनमा भएको थियो । 

    रुपन्देहीमा ५ दिने लन टेनिस क्याम्प शुरु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology