बुटवल,पुस ५ ।
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनले महासभाबाट सात बुँदे बुटवल घोषणा पत्र सर्वसम्मत अनुमोदन भएको छ । सक्षम युवा, सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश नाराका साथमा मंसिर २९ देखि पुस २ सम्म महाधिवेशन भएको थियो ।
घोषणा पत्रमा गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थललाई यथासिघ्र पूर्ण रुपमा सञ्चालन र अन्तराष्ट्रिय उडान सहित आवश्यक प्रक्रिया लागू गर्ने ,बटबल नारायणगढ खण्ड वर्षीदेखि निर्माण सम्पन्न हन नसकेकोले तत्कालै सम्पन्न गर्न आवश्यक पहल गर्न नेपाल सरकारसंग माग गर्ने, बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा वपीदेखि हरेक वर्षायाममा हुने दुर्घटनाबाट मानवीय तथा भौतिक क्षतिको अवस्थालाई सुरक्षित गर्न आवश्यक निर्माणको कार्यलाई यथासिघ्र सम्पन्न गर्नुपर्ने, तिनाउ नदी र दानव नदीले वर्षेनी बर्षायाममा मानवीय तथा भौतिक क्षति पुर्याईरहेकोले पूर्ण रुपमा तटबन्द निमर्माण गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्ने लगायत छन् ।
त्यस्तै हरेक दिन उर्जाशिल युवाहरु पलायन भैरहेको अवस्थामा स्थानीय तहदेखिनै रोजगारी श्रजना गर्नका लागि हाल बन्द रहेका उद्योग धन्दाहरुलाई पुनःसञ्चालनमा ल्याउन आवश्यक वातावरण निर्माण गर्ने। र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय स्तरसम्म अझै व्यापक बनाउनका लागि जेसीजका हरेक फलोरहरुमा कार्यक्रम हरुमा प्रचार प्रसार गर्ने लगायत रहेका छन् ।
साथै केही कार्यक्रमहरु लुम्बिनीमा समेत सम्पन्न गर्ने, गराउने र पर्यावरणलाई जोगाउनका लागि प्लास्टिक मुक्त लुम्बिनी प्रदेश बनाउदै स्थानीय तहमा उत्पादित वातावरणमैत्री सामग्रीको उत्पादनमा प्रोत्साहन र छुट प्रदान गर्न प्रदेश सरकारसंग पहल गर्ने घोषणा भएको थियो । यसको प्रस्तावकहरुमा शाखा अध्यक्ष हरिविक्रम कंवर,महाधिवेशन निर्देशक सिनेटर जगतबहादुर पोखरेल, पूर्व जेसीज अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजु रहेको सचिव मनोज भट्टराईले बताउनुभयो ।

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी (सूचीसहित)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)