Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी (सूचीसहित)

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी (सूचीसहित)

  • 4.5K
    SHARES

  • नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी (सूचीसहित)

    बुटवल, पुस २ ।

    नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल  बिजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

    पाेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन ।  ८४ मतान्तरले बिजयी बनेका पोखरेलले  तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लाे पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

    त्यस्तै कार्यकारीणी उपाध्यक्षमा  अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनाेनित भए ।rabin po.jpg

    भने उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरुले पद तथा गाेपनियताको सपथ ग्रहण गरिसकेको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित ) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने  ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

    निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।

    1.jpg2.jpg3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology