Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल फूलवारीमा जेसिज स्मारकसहितको पार्क शिलान्यास

बुटवल फूलवारीमा जेसिज स्मारकसहितको पार्क शिलान्यास

  • 3.1K
    SHARES

  • बुटवल फूलवारीमा जेसिज स्मारकसहितको पार्क शिलान्यास

    बुटवल,म‌सिर २९ ।

    बुटवल फूलवारीमा जेसिज स्मारकसहितको पार्कको शिलान्यास गरिएको छ । मणिमुकुन्द सेन उद्दानको माथि नयाँ पार्क बन्ने भएको हो । गुरुयोजनासहित बनाइने पार्कमा आज एक समारोहका बिचमा जेसिज स्मारकको शिलान्यास गरिएको हो ।नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर,पूर्व राष्ट्रिय अध्यक्षहरु अनुपमान सैँजू र जगतबहादुर पोखरेलले शिलान्यास गरे।

    सो अबसरमा बोल्दै राष्ट्रिय अध्यक्ष मानन्धरले बुटवलमा एतिहासिक काम भएको उल्लेख गरे । उनले यो परियोजनालाइ जेसिजले मूर्त रुप दिने बताए ।

    बुटवल जेसीज ५० औँ बर्ष प्रवेशका अवसरमा जेसिज स्मारकको शिलान्यास गरिएको पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैँजूले बताए । यसलाइ फूलवारीको समितिसंग सहकार्य गरेरै गुरुयोजना बनाइने अर्का पूर्व राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

    मणिमुकुन्द सेन उद्दानका अध्यक्ष माधव नेपालले जेसिजले स्मरणयोग्य काम थालेकोमा धन्यबाद दिदै स्मारक र पार्कको अवधारणाले पूलबारीको थप बिकास हुने धारणा राखे । स्मारकका लागि पहिलो चरणमा १० लाख रकम बिनियोजन गरिएको छ भने बाँकी काम गुरुयोजना बनाएर  गरिने जेसिज बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवरले बताए । 

    यस्तै  बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन हुदैछ ।

    महाधिवेशनको दिउसो ३ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगत पोखरेलले जानकारी दिए । उद्घाटन पूर्व बुटवलमा मध्यान्न १२ बजेदेखि बिशाल शान्ति पदयात्रा हुदैछ ।

    jc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology