बुटवल,मंसिर १९ ।
बुटवल जेसिज ५० बर्ष प्रवेश गरेको छ । स्थापनाको ५०औं बर्षको अवसरमा स्वर्ण जयन्ती मनाउनका लागि तयारी तीब्र पारिएको छ ।बुटवल ४ मा रहेको जेसिज सचिवालय भवन बेहुली जस्तै सिंगारिएको छ ।भवनमा रंगरोगन ,स्तम्भ निर्माण तथा मार्वल लगाउने कामले तिब्रता पाएको छ ।
यसबिचमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन पनि बुटवलमै हुँदैछ ।दुबै कार्यक्रम एकसाथ अघि बढाइएको महाधिवेशन निर्देशक जेसीआई सिनेटर जगतबहादुर पोखरेलले बताए ।
राष्ट्रिय महाधिवेशनका लागि १७ वटा समिति गठन भएको शाखा अध्यक्ष हरि विक्रम कुँवरले बताए । बुटवल जेसीजले आतिथ्यता गर्ने महाधिवेशन मंसिर २९ देखि पुस ३ सम्म बुटवलमा हुनेछ ।
महाधिवेशनका सम्पन्न गर्न २००७ पछाडिका अध्यक्षहरुको संयोजकत्वमा साथै बोर्ड सदस्यहरुको सह संयोजकत्वमा विभिन्न १७ वटा समितिहरु गठन गरी आ-आफ्नो कामलाइ तिब्रता दिइएको प्रचारप्रसार समितिका संयोजक राजीव गौतमले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)