-बिष्णुहरी आचार्य (योगिराज)
बिगत चार-पाँच बर्ष देखि कोरोना महामारीले हामिलाइ सतायो। कहियौ आफन्त गुमायौ। सामान्य रुवा खोकी र इन्फ्लुएञ्जा भाइरसको सक्रमण हुदा पनि कतिपय आमनागरिकले कोरोना लाग्यो अब बाच्न सकिन्न भनी मनोबल गिराएर हतास भइ मृत्यु भएको प्रत्यक्ष प्रमाण पनि हामी संघ ताजै छ। नागरिक मनोबल उच्च राख्न पर्छ।जनस्वास्थ्य संघ जोडियका प्रत्यक्ष विषयमा जनतालाइ सचेत पार्नु पर्छ,बिपद र तिब्र सक्रामण रोगहरु जुन सुकै र जस्तो अबस्थामा पनि आउन सक्छ्न भन्ने संदेश राष्ट्र ब्यापिरुपमा पुर्याउन नसक्दा हामी कतै न कतै चुकेको अवस्था थियो।
यसै बिचमा हामिले एउटा निश्कर्स निकाल्यौ जनताको गिरेको मनोबल उच्च राख्न योग अभियान सन्चालन गरौ। हामिले अभियान सन्चालन गर्दै थियौ।यसै बिचमा नेपाल सरकार स्वास्थ मन्त्रालय आयुर्वेद तथा बैलल्पिक चिकित्सा बिभाग र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गर्यो र भन्यो जनमनोवल उच्च राख्न नेपाली मौलिकता संघ जोडिएको योग-आयुर्वेदको संदेश जनताको बिचमा लैजाउ।
सरकारको निर्देशिकालाई अक्षरस पालना गर्दै कोरोना संक्रमित आम नागरिक बसेका आइसोलेसनमा हामी पुग्यौं। सुरुका केही दिनहरु असहज भएपनि नियमित योग अभ्यासले एक किसिमको उर्जा थपियो। मनको डर कम भयो। मनोवल तथा आत्मवल बढाउन योग अभ्यासले राम्रो भुमिका खेलेको सहभागिहरुले उजागार गरे। जसले पनि योगको महत्व लाई बढाएको अनुभुति गरियो। साथै शरीर भित्र असन्तुलन भएको अक्सिजनलाई सन्तुलनमा ल्याउन पनि नियमित योग अभ्यासले महत्वपूर्ण भुमिका खेलेको अनुभव हामी सबैका लागि नयाँ शिक्षा नै थियो।
कोरोना महामारी मात्रै हैन अहिले विश्वमा बढ्दो शहरीकरणका साथै अव्यवस्थीत जीवन शैलीले दिनप्रतिदिन नयाँ नयाँ रोगहरु उत्पन्न भएका छन। ती नयाँ नयाँ रोगको भय एकातीर छ भने अर्को तर्फ नसर्ने रोगहरु पनि बढ्दै छन। अहिलेको मृत्यु तंथ्याकलाई अध्ययन गर्दा करिव दुइ तिहाइ मानिसको मृत्यु नसर्ने रोगबाट भएको पाइन्छ। नसर्ने रोगहरु (उच्च रक्तचापका कारण सिर्जना हुने मुटुजन्य समस्या, मधुमेह, स्वाशप्रसश्वास जन्य रोग र क्यान्सर) जीवनशैली जन्य रोगहरु हुन। जीवनशैली व्यवस्थापन गर्न सकियो भने यी रोगबाट बच्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगका मुख्य ४ कारण छन।
क. चुरोट एवंम सुर्तीजन्य पदार्थको सेवन
ख. मध्यपान
ग. अस्वस्थ्यकर खाना
घ. शारीरीक निष्कृयता तथा मानसिक तनाव
यी माथि उल्लेखित ४ कारणहरुको ब्यवस्थापनमा योगले खेल्ने भुमिकाहरु निम्न अनुसार चर्चा गर्न सकिन्छ।
नियमित योग अभ्यासले धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनको चाहाना कम गर्छ। साथै धुम्रपान र मध्यपान सेवनबाट उत्पन्न हुने दुस्प्रभाव कम गरी कुलतबाट छुटकरा दिलाउछ। नियमित योग अभ्यास जन्य जीवन शैलीले सात्विक र सन्तुलित तथा स्वस्थकर आहारमा केन्द्रीकृत बनाउँछ। नियमित योग अभ्यासले शारीरीक निष्कृयता जन्य ४० प्रतिशत रोगहरुलाई न्यूनिकरण गर्दछ।
योगले सिरोटोनिन गावा जस्ता स्नायु प्रणाली सँग सम्वन्धित रसायन बढाइ, मानसिक तनाव कम गर्न मद्दत गर्दछ।
नियमित योग अभ्यासले आनन्दमा आधारित जीव शैली परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्र्दछ।
नियमित योग अध्यासले रगतमा भएको बाेसोजन्य खराव चिजको मात्र कम गरी रक्तनलीहरुलाई सक्रिय राख्दछ। यसबाट हृदयघात, मस्तिष्कघात तथा मुटुजन्य समस्याहरु न्यूनीकरण गर्न सकिन्छ। योगले मुटुका नली साघुरिएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा गर्दछ। जुन कुरा अमेरिकी चिकित्सक डिन अर्नेसले रिसर्जद्धारा प्रमाणित गरेका छन।
योगले स्वतन्त्र नाडी संस्थान अन्तर्गत सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा मानसिक तनाव कम गर्न भुमिका खेल्दछ। योगले भेगस नर्भको गतिविधि बढाइ, मुटु र स्वासको गति कम गरी तनाव जन्य डर त्रासहरु नियन्त्रण गर्दछ।
नियमित योग अभ्यासले हाम्रो शरीर भित्र निष्कृय भएका कोषहरुलाई सक्रिय बनाउनुको साथै नया कोषहरु निर्माणमा समेत महत्वपूर्ण भुमिका खेल्दछ। जसले क्यान्सर जस्ता रोगहरु सग लड्ने उर्जा प्राप्त हुन्छ।
योगले इन्सुलिन निर्माण गर्नुका साथै इन्सुलिन अवरोधलाई कम गरी रगतमा चिनीको मात्र कम गर्दछ। जसबाट मधुमेह रोग न्यूनिकरण गर्न मद्दत मिल्छ।
योगले मुडडिसअडर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिका दुस्प्रभाव कम गर्दछ। योगले मस्तिष्कको भावनात्मक केन्द्र लिम्विक कर्टेक्सलाई प्रभाव पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहजता ल्याउँछ।
नियमित योग अभ्यासले अचानक आइ पर्ने महामारी, दुःख, पीडा, अनुकुलता, प्रतिकुलता, जीतहार जस्ता भावनात्मक आवेगमा संयमित राख्दै उच्च मनोवल राख्न महत्वपूर्ण भुमिका खेल्दछ। योग चिकित्सा मानव स्वस्थ्का लागि अत्यन्तै महत्वपूर्ण छ। योगको महत्वलाई सबैले आत्मसाथ गरेमा जीवन सुखी र खुशी बनाउँन सकिन्छ। यस तर्फ सबैको ध्यान जानु अहिलेको आवश्यकता हो।
-(लेखक आयुर्वेद स्वास्थ केन्द्र रुकुम पुर्वका कार्यलय प्रमुख तथा योग अभियान्ता हुन)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)