Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व रक्तदाता दिवस : रगत नि:शुल्क हुनैपर्छ,बेच्न पाँईदैन !

विश्व रक्तदाता दिवस : रगत नि:शुल्क हुनैपर्छ,बेच्न पाँईदैन !

  • 4.6K
    SHARES

  • विश्व रक्तदाता दिवस : रगत नि:शुल्क हुनैपर्छ,बेच्न पाँईदैन !

    - कृष्ण चाैहान क्षेत्री 

    प्रत्येक बर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ।सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए।मानव शरीरमा ए,बि र ओ  रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकाेले सन १९३० मा उनीलाई नाेबेल पुरस्कारबाट सम्मानित गरिएकाे थियाे।

    डा.कार्ल लेण्डस्टेनरकाे जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसकाे रुपमा मनाउने निर्णय गरेकाे थियाे।सन १९३१ मा संसारकाे पहिलाे ब्लड बैंक स्पेनकाे वार्सिलाेना शहरमा स्थापना भएकाे थियाे।सन १९४०मा बाईनर र लेण्डिस्टेनरले रक्तसमुह अन्तरगत अार.एच.(पाेजिटिभ र नेगेटिभ)पत्ता लगाए।सन १९६६ मा नेपालकाे पहिलाे ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयाे।नेपालकाे पहिलाे रक्तदाता वि.सं.२०००मा दयावीर सिंह कंसाकार हुन।

    वि.सं.२०७१मा रक्तसञ्चार निति जारी भएकाे छ।याे निति संगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेकाे नेपाल रेडक्रस साेसाईटी लगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरि रगत वा रक्ततत्त्व व्यवस्थापन गर्न सक्छन।रक्तदाताकाे महत्त्वपूर्ण   भुमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरु,रक्तदाता उत्त्प्रेरणा,अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मान लगायत विविध कार्यक्रम आजकाे दिन सम्पन्न गरीन्छ।सन २००४ बाट नियमित रुपमा विश्व रक्तदाता दिवस मनाउने क्रममा प्रत्येक बर्ष रक्तदाता सम्मानकाे लागि र नयाँ रक्तदाता निर्माण गर्नकाे लागि विश्व स्वास्थ संगठनले नारा निर्धारण गर्दछ।

    सन २००४ मा दक्षिण अफ्रिकाको जाेहानेसबर्गमा प्रथम विश्व रक्तदाता दिवस सम्पन्न गरिएकाे थियाे।यस बर्ष २०२३काे नारा Give Blood,Give Plasma,Share Life,Share Often तय गरिएकाे छ।यस  नाराकाे अर्थ रगत तथा प्लाज्मा नियमित दान गराैं,जीवन बचाउने कार्यमा ऐक्यबद्धता हाेऔ, भन्ने रहेकाे छ।

    रगतकाे विकल्प रगत नै हाे।दुर्घटना,गर्भवती,रक्तअल्पता,अन्य अप्रेसन गर्नुपर्ने बिरामीको लागि रगत तथा रक्ततत्त्व आवश्यक पर्दछ।रगतकाे अभावमा बिरामीको ज्यान बचाउन सकिदैन।स्वयंसेवी रक्तदाताहरु स्वस्थ रक्तदाता मानिन्छ।प्रतेक ३/३ महिनामा नियमित रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुकाे महत्त्वपूर्ण याेगदानले गर्दा बिरामीहरुलाई स्वस्थ बनाउन सकिन्छ।

    वास्तवमा भुकम्प,आगलागी,बाढिपहिराे लगायतका पिडादायी अवस्थामा स्वयंसेवी रक्तदाताहरुकाे भुमिका महत्त्वपूर्ण हुन्छ।स्वयंसेवी रक्तदाताहरुकाे नियमित रक्तदानकाे कारणले विषम परस्थितिमा समेत रगत अभाव हुँदैन।

    हामी सबैलाई जानकारी भएकै कुरा हाे कि रगत मानव जीवनमा नभै नहुने आवश्यक तत्त्व हाे।रगतकाे आवश्यक्ता  विभिन्न राेगहरुकाे उपचार गर्दा,शल्यक्रिया,दुर्घटना,प्रसुति,थालसेमिया,हेमाेफाेलिया,आगलागीका बिरामी,डेङ्गु लगायत अन्य बिरामीहरुलाई उपचारकाे क्रममा रगत आवश्यक पर्न सक्छ।कहिलेकाहीँ तुरुन्तै रगत वा रक्ततत्त्व उपलब्ध नगराएमा बिरामी बचाउन सकिदैन।१८ बर्षदेखि ६५ बर्षसम्मका स्वस्थ महिला पुरुष दुवैले नियमित रक्तदान गर्न सक्छन।रक्तदान गर्नकाे लागि ताैल ४५ के.जी.भन्दा धेरै हुनुपर्दछ।रक्तदान गर्न चाहने व्यक्तिको शरीरमा हेमाेग्लाेविनकाे मात्रा १२ग्रामभन्दा धेरै हुनुपर्दछ।

    ब्लड प्रेसर सामान्य हुनुपर्दछ।हाई वा लाे दुबै अवस्थामा रक्तदान गर्न सकिदैन।मुटु,फाेक्साे,कलेजाे राम्राे क्रियाशील हुनुपर्दछ।जन्डिस,मलेरिया,टाईफाईड,एड्स वा औषधीहरु सेवन वा अन्य कुनै विरामीकाे डाक्टरसंग परामर्श लिएर मात्रै रक्तदान गर्न सकिन्छ।रक्तदान गर्दा ५ देखि ७ मिनेटसम्म मात्र लाग्छ।रक्तदान गरिसकेपछि ५ मिनेटसम्म बेडमा आराम गर्नुपर्दछ।त्यसपछि केही तरल पदार्थ खानु राम्राे हुन्छ।रक्तदान गरीसकेपछि आफ्नाे नियमित काम गर्न सकिन्छ। स्वास्थकाे क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन।यसकाे विकल्प भनेकाे स्वयंसेवी रक्तदाता नै हुन।अत्याधुनिक चिकित्सा पद्धतिको कारणले गर्दा देशका प्रमुख शहरहरुमा रक्ततत्त्वकाे माग दिनहुँ बढ्दै गैरहेकाेछ।जीवन र मृत्युको दाेसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्न सक्छ।blo.jpg

    नियमित स्वयंसेवी रक्तदाता,रक्तसञ्चार केन्द्रकाे सार्थक श्राेत हाे।विश्व स्वास्थ्य संगठनले सन २०२०सम्ममा शतप्रतिशत स्वयंसेवी रक्तदाता पुर्याउने लक्ष्य लिएतापनि नेपालमा सराेकारवाला संस्थाले यस बिषयलाई महत्त्व दिएकाे नदिएकाेले अझै पनि धेरै ठाउँमा रगत व्यवस्थापन गर्न साेधभर्ना गर्नुपर्ने वाध्यता रहेकाे छ। नेपाल रेडक्रस साेसाईटी,राष्ट्रिय रक्तसञ्चार व्युराेले यस विषयमा ध्यान पुर्याउनु आवश्यक छ।

    स्वयंसेवी रक्तदाता सबैभन्दा सुरक्षित रक्तदाता हुन।त्यसकारण हामी सबै मिलेर स्वयंसेवी रक्तदाता बढाउनु अत्यावश्यक छ।विश्व स्वास्थ्य संगठन अनुसार यस बर्ष झण्डै एक सय बाह्र अरब रगत वा रक्ततत्त्व युनिट वितरण भएकाे छ।नेपालमा झण्डै ३.५लाख युनिट रगत वा रक्ततत्त्व वितरण भएकाे छ।विगतकाे बर्षकाे तुलनामा यस बर्ष रगतकाे माग बढ्दाे छ।स्वयंसेवी रक्तदाताहरुकाे नियमित रक्तदान गर्दै आएका हुँदा धेरै ठाउँमा रगतकाे सहज व्यवस्थापन भएकाे छ।

    तथापि काठमाडौं,चितवनजस्ता बिरामीको चाप बढि हुने क्षेत्रमा रगत अभाव भैरहेकाे हुन्छ।यस्ता क्षेत्रमा रक्तदाताहरुलाई प्राेत्साहन गर्नुपर्दछ।रक्तदातालाई सम्मान गर्नुपर्दछ।विश्व रक्तदाता दिवस,रक्तसञ्चार दिवस,लगायत अन्य अवसरहरुमा सम्मान गर्नुपर्दछ।blo.jpg

    रक्तदान अभियानमा हामी धेरै पछि छाैं।रक्तदाता सम्मान उत्त्प्रेरणा कार्यक्रमहरु नियमित हुँदैन।स्वयंसेवी रक्तदाताहरुकाे रगत लागत शुल्ककाे बहानामा बिक्रि गर्नुहुँदैन।सम्पुर्ण स्वयंसेवी रक्तदाताहरुकाे अभिमतलाई सम्मान गर्दै रगत नि:शुल्क व्यवस्थापन गर्नुपर्दछ।रगत राख्ने थैलाे,राेग परिक्षण शुल्क,स्टाेरेज लागत,कर्मचारी एवम् प्रशासनिक खर्चकाे लागि आवश्यक रकम सरकारले व्यवस्थापन गर्नुपर्दछ।

    स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरु भएका छन।क्यान्सर लगायत जटिल राेगहरुमा सरकारले दिने,सहुलियत लगायत स्वास्थ्य बीमाले आम सर्वसाधारणलाई आकर्षण गरेकाे छ।अब रगत वा रक्ततत्त्वलाई पनि नि:शुल्क बनाएर सम्पुर्ण स्वयंसेवी रक्तदाताहरुलाई वास्तविक सम्मान गर्नुपर्दछ।

    नेपालमा रगत नि:शुल्क कहिलेबाट हुन्छ?

    खासगरी पहिलाे स्थानीय तहकाे निर्वाचन पछि केही स्थानीय सरकारले आफ्नाे नागरिकको लागि नि:शुल्क रगत तथा रक्ततत्त्व उपलब्ध गराउने निर्णय गरेता पनि सहि व्यवस्थापन हुन सकेकाे छ।गण्डकी प्रदेश सरकारले प्रदेशभरी नि:शुल्क रगत उपलब्ध गराउँदै आएकाे छ।

    बाग्मती प्रदेश र लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालका बिरामीहरुलाई मात्रै नि:शुल्क रगत तथा रक्ततत्व व्यवस्था गर्दै आएकाेमा यस बर्षकाे नीति तथा कार्यक्रममा  सामुदायिक अस्पतालका बिरामीहरुलाई समेत नि:शुल्क वितरण गर्ने उल्लेख गरेकाे छ।  केहि स्थानीय सरकारले समेत नि:शुल्क रगत व्यवस्थापन गर्दै आएका छन।अन्य प्रदेशमा छिटफुट रपमा  रगत नि:शुल्क भएकाे छ।blo.jpg

    मिति २०७९ जेठ १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाले रगत तथा रक्ततत्त्व काे मुल्यवृद्धि गरेकाे छ।यसैलाई आधार मानेर धेरै ठाउँमा रगत तथा रक्ततत्त्वकाे मुल्यवृद्धि भएकाे छ।रुपन्देही लगायत धेरै ठाउँमा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाले निर्धारण गरेकाे रकम भन्दा रु १००/- मुल्यवृद्धि गरि रु९५०/- मूल्य कायम गरिएकाे छ।रु ७२५/- काे मुल्यलाई झण्डै ३१ प्रतिशतले वृद्धि गरीएकाे  छ।

    हामी स्वयंसेवी रक्तदाता समाजले पटक पटक ज्ञापनपत्र बुझाउँदा  समेत  शुल्क समायाेजन हुन सकेकाे छैन।हामी स्वयंसेवी रक्तदाताहरुले  नि:शुल्क दान गरेकाे रगत तथा रक्ततत्त्वलाई मुल्यमा बिक्री गरेकाे हामी टुलुटुलु हेरेर बस्ने छैनाै।रक्तदान अभियान सम्वेदनशील विषय हाे,राज्य र सराेकारवाला संस्था यसमा गम्भीर हुनैपर्छ।

    एकातिर प्रदेश सरकारले नि:शुल्क रगत भन्दै घाेषणा गर्ने,अर्काेतिर रगतकाे मुल्यवृद्धिकाे घाेषणा गर्ने याे दाेहाेराे कुरा किन भैराखेकाे छ।रगतकाे मुल्यवृद्धि ,रगतकाे व्यवस्थापनमा कहिंकतै रक्तदाताहरुकाे सहभागीता नगराउनुलाई हामी स्वयंसेवी रक्तदाताहरुकाे गम्भीर ध्यानाकर्षण भएकाे छ।मनाेमानी तरीकाले रगतकाे मुल्यवृद्धि हामी स्वयंसेवी रक्तदाताहरुलाई मान्य हुनेछैन।रगत नि:शुल्क हुनैपर्छ।रगत बेच्न पाँईदैन।

    (क्षेत्री नेपाल स्वयंसेवी रक्तदाता समाज,नेपालका महासचिव हुन् ।)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology