Logo बिहिवार, आश्विन १ गते २०८३
images

राजा–महाराजा,  जिमुवाल,मुखिया र विर्तावाल भन्दै गर्दै यहाँसम्म आईपुगियो !

राजा–महाराजा,  जिमुवाल,मुखिया र विर्तावाल भन्दै गर्दै यहाँसम्म आईपुगियो !

  • 2.2K
    SHARES

  • राजा–महाराजा,  जिमुवाल,मुखिया र विर्तावाल भन्दै गर्दै यहाँसम्म आईपुगियो !

    -गोकर्ण पौडेल

    "सिमा बाहिरको होइन हजुर सिमा भित्रको बचाउनु होस् ।“ आदिम कालमा सिमाना, कित्ता, नाप–नक्सा केही पनि थिएन । मानव सभ्यताको इतिहास विकासक्रम सँगै आवश्यकता अनुसार राजा–महाराजा,  जिमुवाल, मुखिया र विर्तावाल भन्दै गर्दै यहाँसम्म आईपुगियो ।

    यही हामी नेपाली र हाम्रो नेपाल पृथ्वीनारायण शाह र बहादुर शाहको साहसिक प्रेरणाबाट सम्भव भयो । तत्कालीन राज्यको आवश्यकता अनुसार कोहि कृषि, उद्योग, वन र  आवासिय अनगिन्ती नक्साङ्कन हुदैगयो । हिन्दुस्तानको नक्सा मुगल साम्राज्यका पालामा राजा–रजौटा विर्तावाल हुदै केहि रेखाञ्कित भयो ! हाम्रो नक्शा पनि पृथ्वीनारायण र बहादुर शाहको पालामा त्यसरी नै रेखाङ्कित भएको हो । भनिन्छ, ग्रेटवाल चीनको ऐतिहासिक सिमा हो । आज ग्रेटवालबाहिर यति धेरै भुभाग छ, के त्यो भुभाग लाई कसको भन्नुपर्यो ? कल्ले मेरो हो भन्न सक्छ ? यो सम्भव छ ? पटक्कै छैन ।

    भुगोल महत्वपूर्ण होला तर भुगोलभित्रको बनावट, सजावट र त्यहाँ बसोबास गर्ने मानव जाति महत्वपूर्ण हो । आजको विश्वमा भुगोल वढाउन होइन भएको सँरक्षणका निम्ति लडाईं भईरहेको छ । हिजोको भुगोल आज सार्वभौम छ कि छैन ? थिति न मिति नभेटिएको भुगोलसँग साइनो राख्ने हो भने सबैजना खुँडा, खुकुरी र भाला लिएर सिमामा तैनाथ हुनुपर्ने हुन्छ ! वर्तमानमा यो सम्भव छैन । आजको सोच र चिन्तन वर्तमान राष्ट्रसँग भए गरेको सिमाभित्र युग सुहाउदो उन्नति, प्रगति र समृद्धिको विशाल कल्पना राख्ने हो ।

    आज हिन्दुस्तानको नयाँ सँसदमा राखिएको नक्सा हिजोका दिनमा कल्लाई थाहा थियन ? किन आज यत्रो हुटहुटी ? जुनकुरा निर्वतमान पुस्ताका लागि सम्भव भयन के आज त्यो सम्भब छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी ५० वर्ष अगाडि हाम्रै थियो र त आज हाम्रो रहेन ! त्यतिबेला आज सँसदमा चिच्याउने ज्ञानेन्द्र प्रवृत्ति लगायत त  यहि थिए ।

    खै कल्ले उठायो खुडा खुकुरी ? यहि अवस्थितीमा नेपालका केहि भुभाग र भेकमा कहि तमु,कहि नेवार,खश कहि लिम्बुवान त कहि अवध र मिथिला जस्ता अमुक नामले एउटा यस्तै तश्वीर राख्नथाले भने यो मुलुकले कसरी थेग्ला। राज्यले कला ग्यालरीमा राख्ने अलग कुरा तर जिम्मेवार निकायले सिमाजस्तो गँम्भिरतम् विषयमा खेलवाड गर्नु हुदैन।

       हिन्दुस्तानको नयाँ संसदमा राखिएको नक्सा अशोक सम्राटका वखतको(मोरिया एम्पायर)ऐतिहासिक भारतको हो भनिनु पर्छ भने सोही तर्क अनुसार काठमाडौंका मेयर बालेन शाहले चुपचाप झुण्ड्याएर राखेको नक्सा पनि ऐतिहासिक महत्वको नै हो र त्यहि भन्नुपर्छ । अन्यथा जहाँकहि झुण्डिएका नक्साको पौराणिक र ऐतिहासिक बाहेक आजका दिनमा कुनै महत्व र मुल्य राख्दैनन् ।

    यदि यी झुण्डिएका नक्साको आजका दिनमा ठुलै महत्व छ भने यसले भारतीय उप- महाद्विपमा नरसंहारको नौलो सृंखला निम्तीने पक्का छ। त्यसका निम्ति हामि तैयार हो ? होइन भने पुरातत्व विभागमा अनुसन्धानका लागि राखिएका तश्वीरले कुनै खाले जगतको उत्पत्ति, सृष्टि र विसर्जन हुदैन। इति अन्त्य।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology