Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा जोरधारा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो (सूचीसहित)

पाल्पा जोरधारा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो (सूचीसहित)

  • 22.4K
    SHARES

  • पाल्पा जोरधारा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो (सूचीसहित)

    बुटवल,बैशाख १० ।

    बुटवलबाट बाग्लुङका लागि हिँडेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ । आइतबार बिहान पाल्पाको जोरधारामा सडकबाट बस तल खस्दा १ जनाको मृत्यु भएको थियो । ३८ जना यात्रु घाइते छन् । 

    मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी अन्दाजी ४० वर्षीया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । 

    घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । आइतबार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा दुर्घटना भएको थियो ।

    दुर्घटनाग्रस्त बस सडकबाट करिब १सय मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा छ ।दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्दार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।1.jpg2.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology