बुटवल,बैसाख १० ।
बुटवल-तानसेन सडकखण्ड अन्तर्गत पाल्पाको जोरधारामा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ ।बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि आज बिहान साढे सातबजे छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।
सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)