-केशव गाैतम
पुष्पकमल दाहाल प्रचण्ड ज्यू, तपाईं नेपाल कम्नुष्ट पार्टी माओबादी केन्द्रको अध्यक्ष तथा हाल त देशको नेतृत्व पनि गरिरहनु भएको छअझ भन्नु पर्दा त देशको बागडोर नै सम्हाल्नु भएको छ ।
त्यसैमा नि तपाईं त तेस्रो पटक प्रधानमन्त्री हुनुभएकोमा बधाई सहित सफलकार्यकाल शुभकामना दिन चाहन्छु। हालको राजनीतिक परिवर्तन र परिस्थितिको मूल सम्बाकका रुपमा पनि परिचीत हुनुहुन्छ ।नेपालमा भएको २०५२ सालपछिको परिवर्तनमा तपाईले खेलेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेलेकाे भुमिका नेपाली जनता मझ ताजानै छ ।
जसले गर्दा तपाईंलाई नेपाली जनताकाे परिवर्तनकारी व्यक्तित्वकाे रुम परिचित हुनुहुन्छ । नेपालमा हालकाे संविधानमाभएका व्यवस्थामा पनि परिवर्तन सँगै समावेश भएको छ । नेपाल दुई उदियमान शक्त्तिशाली देशको बीचमा रहेको र यसको हालतपाईंले नेतृत्व गरिरनु भएकाे नेपाली जनताकाे मुद्धा र देशमा बाह्य हस्तक्षप रोक्न तपाईले यसमा आफ्नाे रचनात्मक भूका खेल्नुपर्ने देखिन्छ ।जुन नेपाली जनताको हितमा हुनुपर्छ । कमरेड प्रचण्ड, तपाईंले नेपाली जनताको, क्रान्तिको अनि गरिबहरूको पगपगमाउपहास गर्नुभएको छ।
तपाईंले नेतृत्व गर्नुभएको क्रान्तिले हजारौं जीवनलाई विस्थापित गर्यो। हजारौं अंगभंग भए। त्यो उपहास होइन ? कम्युनिस्ट र गैरकम्युनिस्टको एउटा समग्र तप्का र पुस्ताको सपनासँग जाेडीएको खेलबाड गरेर त्यो पुस्ताको उपहास गर्नुभयो। समग्रनेपाली समाजको उपहास गर्ने तपाईंभन्दा ठूलो अर्को पात्र को होला । यसमा तपाईंले भन्ने गरेकाे भाषालाई सापटी लिदा सामान्ति , निरङ्कुश र प्रतिक्रीयावादी बिराेधी सलबलाउन थाले भन्ने कुरा भन्नुहुन्छ ।तर तपाईंले द्वन्द्व कालमा हजारौ नेपाली जनताको घाउ रआशुलाई कसरी लिनुभएकाे छ ? यसमा नेपाली जनताले बेला बेलाम साेधेकाे प्रश्न हाे किन की देशमा तपाईंले परिवर्तनकाेनाराकाे जप गरेकाे पनि लगभग दुई दशक हुन थाल्याे तर खोई त परिवर्तन कि तपाईंकाे आफ्नो व्यक्तित्व वा परिवारमा आएकोपरिवर्तन नै परिवर्तन हो र ?
शान्ति प्रक्रियाका नाममा तपाईंले देश, समाज,जनता र बुद्धिजिबी बर्गहरुले तपाईंलाई माफ गरे। तपाईंले आफ्नो परिवारको सदस्यगुमाउँदा केही नसोचि सहनभूति प्रकट गरे। तपाईंलाई पर्न गएको दुःखको घडीमा नेपाली जनता तपाईंको साथमा उभिए र साथ साथहातमा हात काधमा काध मिलाए। अनि अब यो गुन तपाईंले नेपाली जनतालाई कसरी तिर्दै हुनुहुन्छ, ती ऋण जनतलाई ? जीवनभरसंघर्ष गर्नुभएको यही एकाध मार्सी चामल ख्वाउनेहरूसँग सती जानलाई हो र ? राजनीति र राजनीतिकर्मीको केही मूल्य तजोगाइदिनुहोस् कि तपाईंसँग त्यति पनि आशा गर्न सकिन्न ?
साथै,विभिन्न समयमा टुटफुट र विभाजनका कारण छरिएर रहेकामाओवादी घटकहरूसँग एकताको पहल पनि तपाईंले नै गर्नुपर्नेछ । माओवादी शक्तिहरु एकताबद्ध हुनुपर्ने छ त्यसो भयो भने मात्र पुरानोशक्ति फर्काउन सकिन्छ कि कसो हो कम्रेड ज्यू ? त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव मात्र बढाउँदैन देशले चाहेको परिवर्तनमा पनि माओवादीमय हुनेछ भन्ने कुराको विश्वास छ । क. प्रचण्डकै नेतृत्वमा फेरि एकपटक देशमा नयाँ छलाङ्सहित माओवादी पार्टीपुनर्संगठित भएर राज्यसत्ता सञ्चालन गर्ने छ भन्ने आशा राख्दै यो सानो सुझाव लेखेको छु ।
सारंश:-संविधानले समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको भए पनि तपाईंको पार्टी, संघिय, स्थानीय सरकार, प्रदेश सरकार, विश्वविद्यालय र नागरिक समाज समाजवाद भनेको के हो र यसको आर्थिक सामाजिक विकासको मोडेल के हो कस्तो हुन्छ भन्ने कुरासमाजवादको आधार कसरी निर्धारण गर्ने? हामीले बनाएका ऐन/नियम/कानुनहरूले समाजवादको प्रवर्द्धन गर्दै छन् कि घाँटी निमोठेकाछन्?
भन्ने कुराको जानकारी राख्ने जनसमुदाय न्यून छ भने मिडियामा राजनीतिक पार्टीहरू र बौद्धिक सभाहरूमा विगत दश पन्ध्रदेखि नैबहस भएका छैनन्।यसको नयाँ तरिकाबाट बहस चलाउन अब तपाईले अहिले सरकारको नेतृत्व गर्नु भएको छ यसको सुरुवात तपाईंबाटै गरौ कि कसो हो कम्रेड ज्यु ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)