-सुदिप शर्मा
लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्यपद्धतिको स्थापनाका लागि २००३ साल देखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरूण दलको गठन भएको हो ।
नेपाल तरुण दलको स्थापना गर्दा विशेष तीन नाराहरु थिए । समाजवाद जिन्दावाद ,नेपाल तरुण दल जिन्दावाद र विश्व समाजवाद जिन्दावाद । बिद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी बिचारलाई जनतामा स्थापित गराउने योजना बुनेका बिपी कोइरालाले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । आन्दोलनको मैदानबाट जन्मिएको र नेपाली जनताको मुक्तिको लागि निरन्तर सङघर्ष गरिरहेको नेपाली काङ्ग्रेसको पहिलो संगठन तरुण दल हो ।
तरुण दल सक्षम प्रतिभाशाली युवाको लागि मञ्च नभएको आरोप छ । तरुण दल तर्फ राजनैतिक ब्यक्तिको बितृष्णा पनि बढ्दो क्रममा रहेको देखिन्छ ।तर काङ्ग्रेसलाई जनताको पार्टी बनाउन, प्रजातान्त्रिक समाजवाद प्रती आस्था जोगाउन अनवरत लागिरहेको तरुण दलको आज बैधानिक अस्तित्व मात्र छ ।
समानता र बिकासको पक्षमा इमानदारीपुर्वक बहस गर्दा या सोच्दा बिचारको स्पष्टता र ब्यवहारको औचित्य बाहिर आउँछ । नेपाली काङ्ग्रेस नेपालको प्रमुख राजनैतिक सस्था र यसको लक्ष्य पनि समाजवाद नै घोषणा गरेकोले नेपाली काङ्ग्रेसले दिएको नारालाई जनता माझ पुर्याएर सफल र लोकप्रिय बनाउन र नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार संवत् २०३६,२०४६ र २०६२-६३ सालको जनआन्दोलनले स्थापित गरेको गणतन्त्र र संविधान को मूल्य र पद्धतिको अभ्यास र अनुपालनका साथ शहिदहरुलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरिबी, पछौटेपन एवं सामन्ति संस्कार र प्रवृत्तिबाट मुक्त गराउन नेपाल तरुण दलले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।
तरुण दलको स्थापनाको बेला चार छ जना जम्मा भएर एउटा सस्था गठन गर्ने फेसन चलेको थियो । तर सस्था जन्माउनु ठूलो कुरो होईन सस्थामा काम कति गरिन्छ त्यो महत्त्वपूर्ण कुरा हो भन्ने राम्रो संग तरुण दलले बुझेको थियो । देखावटी फेसनमा केन्द्रित थिएन ।
प्रजातान्त्रिक समाजवादको सिर्जनामा अग्रसर रहेर प्रजातान्त्रिक हकको कदर गरी आर्थिक बिषमता हटाउन लागिरहयो । बौद्धिक सास्कृतिक तथा शैक्षिक रचनात्मक कार्यहरु द्रारा देशका युवा तथा विद्यार्थीहरुलाई प्रजातान्त्रिक सामाजवादी जगतको निर्माणको निम्ति कार्यशिल बनाउने कुरालाई नेपाल तरुण दलले शिरोपर गरिराखेको छ । विश्व समाजवादको कामना गर्दैँ अनवरत लागिरहेको छ नेपाल तरुण दल ।
पात खस्यो भन्दैमा रुख ढल्छ नै भन्नु भ्रम हो ।
पात झर्नुको अर्थ नयाँ पात पलाउनु पनि हुन्छ । छेपारोले जस्तै रङ फेर्न नजानेको काङ्ग्रेसले राज्यलाई राजनैतिक खेल मैदान बनाएर टालटुल गरेर सरकार बनाउन भन्दा गर्छु भनेर दलका बितृष्णाका मतले सांसद छिरेका सांसदहरु सहितलाई सरकार चलाउन बाटो खाली गर्दियो ।
नेपाल तरुण दलको स्थापना गर्दा विशेष तीन नाराहरु थिए । समाजवाद जिन्दावाद ,नेपाल तरुण दल जिन्दावाद र विश्व समाजवाद जिन्दावाद । बिद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी बिचारलाई जनतामा स्थापित गराउने योजना बुनेका बिपी कोइरालाले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । आन्दोलनको मैदानबाट जन्मिएको र नेपाली जनताको मुक्तिको लागि निरन्तर सङघर्ष गरिरहेको नेपाली काङ्ग्रेसको पहिलो संगठन तरुण दल हो ।
तरुण दल सक्षम प्रतिभाशाली युवाको लागि मञ्च नभएको आरोप छ । तरुण दल तर्फ राजनैतिक ब्यक्तिको बितृष्णा पनि बढ्दो क्रममा रहेको देखिन्छ ।तर काङ्ग्रेसलाई जनताको पार्टी बनाउन, प्रजातान्त्रिक समाजवाद प्रती आस्था जोगाउन अनवरत लागिरहेको तरुण दलको आज बैधानिक अस्तित्व मात्र छ ।
कांग्रेसले प्रतिस्पर्धा गर्ने चुनावलाई आफ्नो पक्षमा जनमत तयार गर्न तरुण दलले काम गर्ने हो । तरुण दल धेरै गतिशील छैन अब गतिशिल बनाउदै लैजानु आजको आवस्यकता हो |
-युवा नेता , नेपाली काँग्रेस
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)