Logo मंगलवार, श्रावण १२ गते २०८३
images

किसानलाइ २२.५ प्रतिशत मुनाफा निश्चित गरेर कफीको नयाँ न्यूनतम् मूल्य तोकियाे

किसानलाइ २२.५ प्रतिशत मुनाफा निश्चित गरेर कफीको नयाँ न्यूनतम् मूल्य तोकियाे

  • 2.3K
    SHARES

  • किसानलाइ २२.५ प्रतिशत मुनाफा निश्चित गरेर कफीको नयाँ न्यूनतम् मूल्य तोकियाे

    बुटवल,मंसिर ३-

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ। कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डको दाबी छ ।

    नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम भएको छ ।

    बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ ।

    ‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ ।सरकारी तथ्याङ्कअनुसार देशभर ४३ जिल्लामा कफी खेती विस्तार भएको छ ।

    देशभित्र तथा बाहिर गरेर करिब १४ हजार मेट्रिक टन स्वदेशी कफीको माग हुदै आएको बोर्डले जनाएको छ ।गत वर्ष नेपालमा ११ करोड ८८ लाख बराबरको २६६ मेट्रिक टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी विभिन्न मुलुक निर्यात भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology