बुटवल, भदाै ।
हामी नेपालीहरूको चाड बडा दसैं स–परिवार तथा नातागोतासँग रमाइलो गरि मनाउने पर्व हो । सायद हामी चाडपर्व भनेकै खाने र पिउने भनेर बुझेका छौँ । र हामी सन्तुलित आहार खानमा त्यति ध्यान दिँदैनौँ । चाडपर्व भन्ने बित्तिकै खसीको मासु र रक्सीमा मात्र ध्यान दिनुहुदैन। मुख्य कुरा आफ्नो र परिवारको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो ।
चाडपर्वमा बलि चढाएर मासु प्रसादको रुपमा खान्छौँ । प्रसाद थोरै खाने चिज हो तर अहिले भने मासुको सेवन एकदमै धेरै छ । पहिलेको मासुको गुणस्तर र अहिलेको एकदमै फरक छ । पहिला खसी, बोका, खुल्ला हावा अनि चौरमा घाँस खाएर हुर्किन्थे भने अहिले फार्महाउसमा हुर्किन्छन् ।
प्रशोधित दानापानी खुवाइन्छ । त्यसैगरी जनवारलाई छिटो र मोटोघाटो बनाउन विभिन्न ग्रोथ हार्मोनको सुईहरु दिइन्छ । रोग नलागेस् भनेर एन्टिबायोटिक बढी दिइन्छ । मोटो पार्नको लागि स्टेरोइडहरु दिइन्छ । यो सबै कुरा उनीहरुमा मात्र हुँदैन । उनीहरुको मासु खाएपछि त्यो हामीमा पनि आउँछ । र हामीलाई हानि पुर्याउन सक्छ ।
चाडपर्वमा मासुको माग धेरै हुन्छ । त्यो स्टोर गर्ने पसलहरू हाइजेनिक छ कि छैन त्यो चेक गरिएको छैन । धेरै समयसम्म राम्रो ठाउँमा मासु स्टोर भएन भने त्यसमा ब्याक्टेरिया आउने हुन्छ । कहाँबाट किनिराख्नुभएको छ, कस्तो खालको मासु किनिराख्नुभएको छ त्यसमा ध्यान पुऱ्याउनुपर्छ । बासी प्रयोग गर्नुभएन ।
दसैंमा मासुजस्तै रक्सीको पनि धेरै प्रयोग हुन्छ । मासु फाइदाजनक छ । त्यसले दिने पोषण तत्व धेरै छ । सबैभन्दा राम्रो भिटामिन बी १२ , आइरन, फोलिक एसिड, जिंक लगायत मासुमा हुन्छ । सही तरिकाले र सही परिमाणमा खायौँ भने हामीलाई राम्रै हुन्छ । तर धेरै खायो भने पक्कै त्यसले समस्या गराउन सक्छ ।
दसैंका बेला बिदाको मुडमा हुन्छौँ । शारीरिक व्यायामहरु कम हुन्छ, खाने मात्र गरिन्छ । पल्टिने, सुत्ने, गरिन्छ तर व्यायाम गर्दैनौँ । सबैभन्दा सुरुमा पार्ने असर भनेको पेटको हो । ग्यास्ट्राइट्रिक्सहरु बढ्ने ,अपच हुने, झाडापखाला, कब्जियत हुन सक्छ । त्यसपछि आउने समस्या भनेको कोलेस्ट्रोलहरु बढ्ने, लिभरमा फ्याट जम्न सक्छ । मुटु रोगहरुको पनि समस्या देखाउन सक्छ । सुगरका बिरामीहरु बढ्न थाल्छन् । मासुमा हाई प्रोटिन र प्युरिन भएकाले युरिक एसिड बढ्ने पनि सम्भावना धेरै हुन्छ । त्यो सँगैसँगै तौल बढ्छ । तौल बढेपछि पनि थुप्रै किसिमका समस्याहरु आउन थाल्छन् ।

मासु खान सकिन्छ तर खाने तर धेरै मात्रामा खानु हुदैन । एक पटकमा हत्केला जतिको एक पोर्सन हुन्छ । त्यति खाने । मासुसँगै अरु परिकार तथा सलादमा पनि जोड दिने गर्नुपर्छ । मासु पकाउँदा अरु तरकारी पर्दैन भन्ने गर्दछन् । कतिपयले तर मासु मात्रको भोजन सन्तुलित होइन । मासु तरकारी भए अरु पकाउन मान्दैनन् । मासु खाँदा काँक्रा, गाजा, मुला, सलादको रुपमा खान सकिन्छ । हरियो तरकारीहरु पनि खानुपर्छ जसले हामीलाई अलिकति फाइबर दिन्छ ।
मासुमा फाइबर हुदैन । त्यसलाई सन्तुलन गर्न अरु कुराहरु पनि थालमा समावेश गर्नुपर्छ । रक्सी पनि धेरै खानु हुदैन । मासुसँगै सलाद खानु पर्छ । बदाम साँदेको, भटमास साँदेको, थोरै तेलमा भुटेको मासु खान सकिन्छ । मासुका धेरै परिकार छन् भने एउटा चिल्लो हुँदा अर्को पकाउँदा थोरै तेल राखेर पकाउन सकिन्छ । दसैंभरी नै टन्न खानुचाहिँ भएन । आफ्नो शरीरलाई पनि समय समयमा ब्रेक दिनुपर्छ । 
दसैंतिहारपछि ग्यास्ट्राइटिक्स, युरिक एसिड बढ्यो भनेर धेरै हस्पिटल जाने गर्दछन् । उनीहरुले खानपानमा ध्यान पुर्याउनुपर्छ । रक्सीले यि बिमारी झन् बढाउन सक्छ । मधुेमह भएका व्यक्ति पनि सचेत भएर खानुपर्ने हुन्छ । घरमै बनाइएको हरियो साग उम्रिरिएका गेडागुडी फलफुल कम मसला प्रयोग गरि बनायको परिकारहरु पाचनशक्तिको लागि लाभदायक मानिन्छ।
दसैंमा घुम्न जाँदै छौ भने।लुम्बिनी: पछिल्लो समय घुमघामको प्रमुख आकर्षणको केन्द्र बन्दै गइरहेको गन्तव्य हो- गौतम बुद्धको जन्मस्थल बुद्धको जन्मस्थल देखि यहाँ रहेका विभिन्न गुम्बाहरुले पर्यटकको मन खिच्छ । विभिन्न देशरुहले बनाएका गुम्बामा गएर सेल्फी खिच्न तथा टिकटक बनाउन राम्रो ठाउँ छ ।
यहाँ भएका सबै गुम्बा घुम्ने हो भने दुई दिनको समय छट्याउनु पर्छ । सरसर्ती हेर्दै हिँड्ने हो भने १ दिनमै सकिन्छ ।
यहाँको अर्को आकर्षण भनेको अन्तर्राष्ट्रिय विमानस्थल मोटरबोट र सफा वातावरण हो । विभिन्न देशहरुले निर्माण गरेका सुन्दर मन्दिर शान्ति दीप पछाडि रहेको केन्द्रीय नहरमा मोटरबोटिङ गर्ने ठाउ जुन १.४ किलोमिटर लामो रहेको उक्त नहरमा बोटिङ गर्दा रमाइलै हुन्छ । यहाँ पुग्न यातायातको सहजता छ भने खान र बस्न होटल तथा रेष्टुरेन्ट धेरै छन।
जस्तै : पर्यटनको मन जित्न सफल सुन्दरनगरी तिलोत्तमाको मुटुमा रहेको मनिग्रामा विश्राम वाटिका रिसोर्ट पनि एक हो यहाँ खान बस्नको अतिनै राम्रो सुविधा र खुल्ला वातावरणमा रहेको यो रिसोर्टले धेरै ग्राहकको मन जित्न सफल भएको छ।
मनिग्राम चोक स्थित निर्माण भएको रिसोर्टले नेपाली कल्चरलाई झल्काउने गरि निर्माण गरिएको छ ।
रिसोर्ट आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको रिसोर्टका सञ्चालकले जानकारी दिनुभयो ।
-सेफ सुरज खड्का
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)