Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मेघराजको चिन्ता : रूरू क्षेत्रको च्युरेकलाई किन पछाडि पारियाे ?

मेघराजको चिन्ता : रूरू क्षेत्रको च्युरेकलाई किन पछाडि पारियाे ?

  • 4.8K
    SHARES

  • मेघराजको चिन्ता : रूरू क्षेत्रको च्युरेकलाई किन पछाडि पारियाे ?

    -मेघराज ज्ञवाली (बिष्णु)

    सामाजिक सञ्जालमा सक्रिय युवा हुन् मेघराज ज्ञवाली (बिष्णु) । राजनीतिदेखि सामाजिकक्षेत्रका हरेकजसो बिषयमा उनले आफ्नो राय सुझाव पस्किहाल्छन् ।  

    बिभिन्न कामका शिलशिलामा भारतदेखि मलेसियासम्म पुगि देशबिदेश बुझेका उनले रूरूक्षेत्र १ गुल्मीमा पनि केहि नमुना काम गर्न सकिने भन्दै हरेक दिन जसो सामाजिक सञ्जालमा प्रोष्ट्याउँन भ्याउँछन् । जस्तोसुकै प्रश्न उत्तर र सुझाब सल्लाहमा दिन पछि नपर्ने उनले च्युरेकपछि परेको भन्दै दुखेसो पोखेका छन् ।  उनले रिडिलाई छुट्टै स्वायत्त धार्मिक क्षेत्रको रुपमा बिकास गर्न समेत सुझाव दिएका छन् ।

    उनले गाँउको विकासमा हालेमालाे

    हेराैँ उनका स्टाटसहरु :

    च्युरेकलाई हिजो  दिनमा अलिअली होइन धेरै गुमराह  रखिएको छ ।  पहिला रुरु गा बि स भएको अबस्थामा गाबिस भवन रिडि मै राखियो, पन्चायत थियो, लोकतन्त्र आयो, गणतन्त्र आयो, रुरु गाबिसलाई रुरुक्षेत्र गाउँपालिका ले बिस्थापित गरि दियो, गाउँ गाउमा सिहदरबार आयो भनियो।  तर च्युरेकका ती सबै सिहदरबारहरु रिडिबाट माथी उक्लिन सकेनन, अबस्था जहाँको त्यही रहि रहयो, बैँक त्यही रहे, हस्पिटल त्यही रहे, सम्पुर्ण प्रसासनिक कार्यालय त्यतै रहे, फलस्वरूप च्युरेक गाउँ नभै जङ्गल मा परिणत हुँदै छ ।

    म त भन्छु रिडि बजार लाई रुरुक्षेत्र वार्ड १ बाट हटाइ रिडि लाई एउटा छुट्टै स्वायत्त धार्मिक क्षेत्रको रुपमा बिकास गरियोस, चारधाम मध्यको एक धाम मानिएको रिडिलाइ एउटा वार्डको केन्द्र बनाइदिएर त्यो रिडिको खाल्डोले च्युरेक र भटकुवा का समस्या बुझ्न सक्दैन र समाधान गर्न पनि सक्दैन, रिडि आजको बजार होइन, रिडि पौराणिक महत्त्व राख्ने बजार हो, यसलाइ एउटा पर्यटकिय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत छुट्टै पर्यटकिय रुपमा बिकास गरिनुपर्छ, र च्युरेक र भटकुवालाई चाहिने सुबिधा आवश्यकताहरु च्युरेक र भटकुवाबाट जनतालाइ प्रदान गर्ने ब्यबस्था गर्नैपर्छ । 

    रिडिमा भएका तमाम गतिविधि र बिकासले च्युरेक र भटकुवालाइ छुन सक्दै सक्दैन । रिडि एउटा साँस्कृतिक, प्राकृतिक र धार्मिक बजार को रुपमा बिकास गरिनुपर्छ। रिडि बजारलाई नगरको रुपमा बिकास गरिनुपर्छ,तर च्युरेक र भटकुवालाई एउटा गाउँपालिकाले र वार्डले आफ्ना नागरिकलाइ दिनुपर्ने सबै काम सुबिधा गाउँमै दिनुपर्छ ।

    ००००

    जब बाटा हरु बनेर गाडी चल्ने लायक हुदैनन, बिजुली का पोल र तार झुण्डिएर बत्ती बाल्न पाइदैन, धारा हरु जडान भएर पानि आउदैन , जनताले गाउँ मा सिटामोल पाउदैनन, पशु पन्छी ले समय मा उपचार पाउन सक्ने ब्यबस्था छैन, स्कुल छ गुणस्तरीय शिक्षा छैन, बैन्किङ्ग सुबिधा गाउँ मा छैन, कृषि गर्न चाहने हरुको लागि मल बिउबिजन को हाहाकार हुन्छ, प्रयाप्त कृषी औजार हरु छैनन, रोजगारी को लागि कुनै कुनै बाटा छैनन, अन्न बाली लगाइ हाले बादर , बँदेल , दुम्सी, मृग ले सखाप बनाइ दिन्छ, बल्ल तल्ल उबजनी भै हालेछ भने उत्पादन को मूल्य छैन , जतासुकै जथाभावी रुख र झाडी बडेर गाउँ गाउँ जस्तो नभएर घना जङ्गल जस्तो भएको छ भने गाउँ मा मान्छे किन र के का लागि बस्ने ? बरु सिङ्गो गाउँ लाई नै बन कार्यालय को नाममा पास गरिदिएर जनतालाइ एउटा पासपोर्ट सहुलियतपुर्ण रिण वा अनुदान मा बनाइ दिएर खाडी तिर पठाइ दिए हुन्न र ? ठिक म्यान्मारमा जस्तै ( केही बर्स अघि सम्म म्यानमारको सरकारले नै  आफ्ना बिदेश जान चाहने नागरिक लाई  सरकारी खर्चमै बिदेश पठाइ दिन्थ्यो र बदला मा त्यस्ता नागरिक सङ्ग मासिक पैसा असुल्थ्यो, उक्त रकम ती नागरिक ले बिदेश मै रहेको आफ्नो दूतावास को कार्यालय मा गै बुझाउनु पर्थ्यो, यधपी यो नियम अझै पनि त्यहा छ या छैन त्यो मलाइ थाहा छैन , यो कुरा केही बर्स अघि जब म मलेसिया मा काम गर्थे र त्यहा कार्यरत म्यान्मार का साथी हरुले यस्तो बथाउथे, ती मेरा साथी हरु पैसा बुझाउनकै लागि क्वालालम्पुर स्थित दूतावास मा जान्थे )त्यसो गरे उता गए पछि रेमिट्यान्स पठाइ हाल्छन  अनि देशमा  धमाकेदार बिकास पनि हुन्छ, केही राणाकालिन मानसिकता बोकेका हरुलाइ देश मा आफू सुरक्षीत भएको महसुस पनि हुन्छ  कसो होला ?

    ०००

    मैले सम्मान गर्ने एक जना आदरणीय ब्यक्ति Om Gyawali काकाले च्युरेकको हर कुरामा चासो चिन्ता राख्नु हुन्छ र एक पटक भलाकुसारी कै बिच मा म सङ्ग भन्नू भयो  " मलाइ कसै गरि च्युरेकमा कृषि क्रान्ती भएको / गरेको देख्न/ हेर्न मन छ, गाउँ मा मान्छे हरु बस्ने बाताबरण बनेको , रोजगार हरु श्रीजना भएको देख्न / सुन्न/ हेर्न मन छ, यसको लागि जहाँ जहाँ जानू पर्छ वडा, पालिका , मन्त्रालय जहाँ जहाँ धाउन पर्छ बरु धाउला तिमिले देखेको आइडिया को एउटा खाका नमुना बनाउ त "
    त्यस पछि मैले केही सोचे, बिचार गरे यदि कृषी मा साच्चिकै परिबर्तन गर्ने नै हो भने यो परम्परा बादी कृषि प्रणाली लाई बदल्नै पर्छ र सामुहिक खेती तिर लाग्नै पर्छ भन्ने सोच अनुसार  यो एउटा खाका तयार पारेको थिये र यो सबैको लागि यहाँ share गरेको छु है । यसो गर्दा कसो होला वा यो विधि अपनाउदा कसो होला ?
     कृपया आफ्नो बिचार राख्नु होला 
    च्युरेक कृषि क्रान्ति कसरी ल्याउन सकिन्छ त, भन्ने बिषयमा एउटा मोडल यस्तो हुन सक्छ, यो मोडलमा तीन बिकल्प बाट गर्न सकिन्छ ।
    १) केही ब्यक्ती मिलेर कम्पनी मोडल मा गर्न सकिन्छ ।
    २) जग्गाधनी हरु मिलेर सामुहिक खेती गर्न सकिन्छ ।
    ३) जग्गा धनी हरु बाट भाडामा वा अधियामा जग्गा जमिन लिएर वडा वा पालिका ले प्रधानमन्त्री रोजगार मोडल मा काम लगाइ उत्पादन गर्न सक्छ ।
    गर्नु पर्ने काम 
    1) अनावश्यक रुख झाडी फडानी गर्ने
    2) खेती योग्य तर बाझो भै सकेको जमिन लाई खन जोत गरि पुन खेती योग्य बनाउने 
    3) खन जोतमा कृषि औजार हरु प्रयोग गर्ने 
    4) धेरै भिरालो वारि हरुलाइ केही सम्मो बनाइ ट्याक्टर को प्रयोग गर्न सक्ने बनाउने 
    5) काम दार हरुलाइ बर्स मा 6 महिना काम लगाउने ( खेती लगाउदा 1 महिना बिचमा खन खान र झार गोडमेल, बिसादी छर्दा 1 महिना अनि खेती स्यार्दा 1 महिना x 2 खेती= 12 महिना )
    6) बर्समा 2 खेती गर्ने गरि कार्यबिधी बनाउने ।
    plot छुट्टाएर अलग अलग खेती गर्ने
     जस्तो कि 
     उखु plot,
     मकै plot ,
     गहु, plot
    तोरि plot 
    अदुवा plot 
     बेसार plot 
    केही ठाउँ फलफुल लाई छुट्टाउन सकिन्छ । आदि आदि
    पदाधिकारी वा menpower ७ जना 
    १) म्यानेजर १ जना
    २) सुपर भाइजर २ जना (२ वटा plot को लागि एक जनाले हेर्ने गरि ) वा आबश्यकता हेरेर 
    ३) लिडर ४ जना ( प्रत्येक plot को लागि १-१ जना) वा आबश्यक्ता हेरेर 
    ४ ) काम दार ४० देखि ६० जना ( प्रत्योक plot को लागि १० देखि १५ जनाको दरले ) वा आबस्यक्ता अनुसार 
    खेती उत्पादन पछि के गर्ने त 
    १)प्रत्योक plot को लागि एक एक store को ब्यबस्था गरि पहिला त्यहा संकलन गर्ने
    २) सबै जग्गाधनी लाई उनी हरुको जग्गा प्रयोग गरे बापत (अधिया वा भाडा को रकम बराबर ) को उब्जनी उनी हरुलाइ दिने सो अन्न उनिहरुले लिन नचाहेको खन्डमा बिक्रि पछि रकम हस्तान्तरण गर्ने ।
    ३) बाकी रहेको अन्न आफ्नो वडा मै पहिलो प्राथमिकता को आधारमा खरिद गर्न चाहने उपभोक्ता हरुलाइ (ब्यापारी लाई होइन) बिक्री गर्ने
    4) स्थानिय उपभोक्ता ले लिन नचाहेको खण्ड मा ब्यापरी लाई बजार भाउ मा बिक्री गर्ने
    यसो गर्दा 3 फाइदा हुनेछ
    १) गाउमै रोजगार,  बर्स मा 6 महिना गाउँ मै रोजगार को ग्यारेन्टी हुन्छ  भने मान्छे गाउमै बस्न सक्छन ।
    २) लगानी उत्पादन मुखी काममा हुनेछ ।
    ३) बाजो खेत वारि सदुपयोग हुनेछ ।

    chyurek.jpg

    रूरू-१ च्युरेक गुल्मी ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology