आदरणिय मेयर साप नमस्कार ! म आराम छु,
तपाई पनि आराम हुनुहुन्छ भन्ने अपेक्षा लिएको छु ।
जे गर्दै हुनुहुन्छ तिलोत्तमाका जनताका लागि राम्रै गर्दै हुनुहुन्छ । तिलोत्तमा नगरपालिकालाई स्मार्ट र सुन्दर बनाउने अघिल्लो निर्वाचनमा तपाईको जुन योजना र मार्ग दर्शन थियो । तर निर्वाचनमा पराजित भएपछी अपुरो हुन पुग्यो । तपाईको उर्जा,कार्यक्षमता,दुर्दर्शिता र समाजप्रतिको हुटहुटि मैले नजिक बाट नियालेको छु ।
तिलोत्तमामा २०७४ सालमा निर्वाचित नेतृत्व कति सफल कति असफल भयो त्यो त जनताले २०७९ वैशाख ३० गते फैसला गराइदिएका छन । तपाई सिगों रुपन्देहीको अभिभाबक हुनुहुन्छ । हरेक कोण बाट तपाई संग जनताको ठुलो अपेक्षा र आशा उत्तिकै छ । काम गर्दै जादा बाधाअर्चन,अबरोध,तिक्तताहरु आउन सक्छन । घरको धुरी खाबो भैसकेपछि सबै पन्छाउदै, सहदै सम्हालिदै जानुको विकल्प हुँदैन। चुनावि घोषण पत्रमा लेखिएका बोलिएका प्रत्येक शब्दहरु जनमानसमा ताजै छन ।
सहि समय र ठाउ अनुसार कार्यान्वयन गर्दै जानु हुनेछ भन्ने पुर्ण आशा गरेको छु । सुन्दर तिलोत्तमाको मुख्य समस्या अव्यवस्थित जग्गा पलटिगं,भित्रि सडक दिनानुदिन बिग्रनु , प्राकृतिक सम्पति दोहन हुनु,सरकारी विधालय लोप हुदै जानु र दक्ष युवा शक्ति बेरोजार हुनु हो जस्तो मलाई लाग्छ ।
यावत समस्याहरुको उचित व्यवस्थापन नहुनु नै तिलोत्तमा कमजोर हुनुको एक पक्ष हो । देशले पहिलो कार्यकालमा तिलोत्तमा नगरलाई २ पटक सर्वोत्कृष्ट नगरको रुपमा पुरस्कृत गर्यो केबल मिथ्या सुचनाको आधारमा । नगरहाताका जनतालाई प्रत्यक्ष प्रवाभ हुने कुनै काम गरेर पुरस्कार गरेको पनि होइन ।
आदरणीय मेयर साप !
जनताले प्रत्यक्ष लाभ लिने गतिविधिहरु गरेर नगरपालिकालाई सभ्य र उत्कृष्ट बनाउन यहाँ खट्नुहुनेछ भन्ने मैले आशा र अभिलाषा लिएको छु । लगानी सम्मेलनका नाममा अन्यत्रबाट धेरै जनशक्ति जुटाएर, भव्य कार्यक्रम गरेर, रकम धेरै खर्च गरेर भन्दा तिलोत्तमा नगरपालिका भित्रका सम्भाबित लगानी उन्मुख क्षेत्रमा यहाँले चासो दिनुहुनेछ र लगानी बढाउन युवा, बयस्क र वृद्धसम्मलाई तपाईले अभिप्रेरित गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
तथापि आदरणिय मेयर रामकृष्ण खाण ज्युले यो समस्यालाई सहजै समाधान गर्नुहुनेछ भन्ने कुरामा म पुर्ण आशावादी छु । भेटेर बेलिबिस्तार लगाउने मन थियो । साइत जुरेको छैन मेयर साप। यो नगर औधोगिक र लगानिको हिसाबले पनी हाम्रो लागी निकै महत्वपूर्ण र आसालाग्दो नगर हो ।
आन्तरिक तथा बाह्य लगानिकर्तालाई प्रोत्साहन गुर्नु सट्टा यावत दुख दिईएको छ समय उनिहरुको आवाज भएर प्रस्तुत हुनुहुन हार्दिकता पुर्वक अनुरोध गर्दछु। र जस्को कमाउने आधार छैन उ बिचराको नगरपालिका नआई कुनै काम हुँदैन । सानोभन्दा सानो हरेक कामको लागी सरकारी कार्यलयले दिनौ दुख दिएको आम जनताको गुनासो लाई महत्वका साथ ध्यान दिनुहोला।
विगतका ५ बर्ष यसकारण यो नगरको खासै स्वाद चाख्न आम जनताले र म स्वयमले नपाएको कुरा यहाँलाई अवगत गराउन चाहन्छु । र समस्यालाई गम्भीर ध्यानाकर्षण भइ समाधान को बाटोमा सिघ्र जानुहुनेछ भन्ने कुरामा पुर्ण विश्वस्त हुदै हजुरको कार्यकाल सानदार सफल होस शुभकामना दिदै बिदा हुन्छु।
धन्यबाद !
-अमृत गिरी९८५७०३४०४४
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)