Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज गुरु पूर्णिमा : गुरु को हुन् ?

आज गुरु पूर्णिमा : गुरु को हुन् ?

  • 5.7K
    SHARES

  • आज गुरु पूर्णिमा : गुरु को हुन् ?

    -केशब गाैतम 

    लेखलाई यसरी सुरु गराै  गुरु ध्यान बाट 
          गुरुव्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर:।
        गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नम:॥
             यश विश्व ब्रह्ममाण्डमा रहेका जुनसुकै धर्म शास्त्रले पनि गुरुलाई उच्च स्थानमा राखेको वर्णन सुन्न पाईन्छ l गुरुको महिमा के कति रहेछ भन्ने कुरो माथिकाे श्लोक नै काफी छ । अरु भनिरहनु र लेखिरहनु नै पर्दैन । आज गुरु पूर्णिमाकाे सर्न्दभमा गुरुका बारेमा केही लेखेका छाैँ ।
           सनातन , मुस्लिम ,जैन ताआे हाेस् वा अन्य जुनसुकै हाेस्। अज हाम्रो सनातन धर्ममा त गुरुलाई ज्ञानको ज्याेतिका रुपमा अनुसरण गरेको पाईन्छ।जस्तै: अर्को संस्कृकाे श्लोक बाट पनि थप प्रष्ट हुन सकिन्छ ।
             अखंड-मंडलाकारं व्याप्तम येन चराचरम !!
                  तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः।
    आषाढ शुक्ल पूर्णिमाकाे दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ र त्यस अवसरमा गुरुहरुसँग भेटघाट गरि रमाइलो गर्ने प्रचलन हाम्रो समाजमा रहेको छ।जसले गर्दा चाड पर्वहरुमा भाइ चाराकाे सम्बन्ध रहदै आएको छ।      


    गुरु को हुन् ?

    samman sarkar.jpg
               ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने  बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नास गराउने वाला त्यस्तो महान्  व्यक्तिलाई गुरु भनिने वेद गिता तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ।अन्धकारको नास गरी जीवनमा उज्यालो फैलाउने ती महान्  व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वर लगायत अन्य  रुपमा समेत मानेको पाईन्छ ।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ पनि भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ।
           जसबाट सिकिन्छ वा ज्ञान लिएर सुमार्ग पहिल्याउन सकिन्छ, ती सबै गुरु हुन् भन्ने मान्यता सृष्टिकालदेखि रहीँ आए पनि धर्मशास्त्रमा अविद्यालाई मासेर ज्ञान दिने व्यक्तिलाई गुरु भनिएकाे छ । मान्छेकाे अज्ञानता हटाएर अन्तरदृष्टि खोलिदिने गुरु वेदव्यास र शंकराचार्यको स्मरण गरी गुरु पूजन गर्ने परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिन आ-आफ्ना गुरुको सम्मान र स्मरण गर्ने संस्कार नै हाम्रो समाजमा स्थापित छ ।
            अब आमा र बाबा नै पहिलो अनि दोस्रो गुरु भएपछि अन्य गुरुको आवश्यक पर्ला र? तर ज्ञान प्राप्त गर्नका लागि नै हाम्रा लागि  'गुरु नै महान् हुन्छन्' भनेर भनी रहनु पर्छ र ?
    त्यसपछिको गुरुचाहिँ  औपचारिक शिक्षा दिने उपनयन(ब्रतबन्ध)मा मन्त्र दान गर्ने लगायत अन्य पनि  गुरुहरू नै हुन् । आमा अनि बाबा त हाम्रो जिन्दगीका अाैपचारिक गुरुहरू हुन्, जसले जस्तो सुकै परिस्थितिमा पनि आफू बाचुन्जेली आफ्नो सन्तानलाई शिक्षा अनुभव बाँडिरहन्छन् ।
         जसरी मैनबत्तीले आफू सकिएर पनि त्यस वरिपरि रहेको भागलाई उज्यालो दिन्छ,उसैगरी गुरुहरूले पनि  हाम्रो जीवनलाई उज्यालो पारिदिनुहुन्छ। आफूसँग भएको अथाह ज्ञानले  भरिपूर्ण पारिदिनुहुने त्यो नै गुरु हुनुहन्छ ।माया ज्ञान जति बाँड्न सकिन्छ, उति थपिँदै जाने कुरा पनि गुरुबाटै सिक्न सकिन्छ । आखाँले देख्ने, कानले सुन्ने अनि आत्माले महसुस गर्ने हरेकले ज्ञान दिन्छन्, ती सबै हाम्रा गुरु हुन्।
    प्रकृति, जसले सधैँ राम्रो बन्न सिकाउँछ । खोलानाला, जसले सधैँ जीवनमा अगाडि बढ्न सिकाउँछ ।आकाश सधैँ हाम्रो जीवनमा सकरात्मक साेचकाे उर्जा पैदा गर्न मद्धत गर्दछ। सूर्य, जसले सधैँ अटल बन्न सिकाउँछ, यी सबै पनि  हाम्रा गुरु हुन्।
          परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन र त्यो  हाल सम्म पनि चलिरहेको छ । वर्षाैंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन रहिआएको छ। समयले अब काँचुली फेर्‍याे । तर, गुरुको महत्त्वलाई गूगलले उछिन्न सकेन । गुरु सधैँ महत्त्वपूर्ण नै छन् !
           आज जति पनि आविष्कारहरू सबै भएका छन् ती हाम्रा महान् गुरुका शिक्षा र ज्ञानका उपक्रमहरू हुन् । जसले गुरुको महत्त्व बुझेको छ, उसले ज्ञानको महत्त्व बुझेको छ ।
      हाम्रो मनभित्र भएको अन्धकाररूपी माया मोहलाई नास गरेर आत्मालाई  परमात्मासँग चिनाउन सत्  मार्ग दर्शकलाई नै हामीले साक्षात गुरु मान्न सक्छौँ । गुरु नै सर्वशक्तिमान प्रभु हुन् । गुरु नहुँदा ज्ञानको सम्भावना छैन ।आफ्ना विद्यार्थीहरूलाई विश्वको हजारौँ देश घुम्न ज्ञान दिन अब्बल बनाउने गुरुहरू चाहिँ बर्से नि उहीँ स्कुल/कलेज गएर आफूसँग भएको ज्ञान सधैँ प्रदान गर्छन् । साँच्चै गुरु महान् छन् ।
         भागवत गीतामा सत्य गुरुको चरित्र कस्तो हुनुपर्छ भन्ने  कुरा द्राेणचार्य र एकलब्यकाे उदाहरण हामी माझ ताजा छ । सत्य गुरु उनै हुन्, जसमा सत्यकाे रूपमा ज्ञान प्रदान गर्नसक्ने क्षमता हुन्छ । ज्ञानी भएर पनि उनमा घमण्ड रत्तीभर हुँदैन । जसलाई भगवान् सबै कारक हुन् र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सही ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिसराग, लोभमोहभन्दा टाढा हुन्छ उहाँ नै सच्चा गुरु हुनुहुन्छ।
    निष्कर्ष : हामीलाई अक्षर चिनाउनेदेखि, बोल्न सिकाउने, हिँड्न सिकाउने, स्कूल, कलेज वा कुनै पनि ठाउँमा सधैँ सही सत् मार्ग देखाउने ती सबै गुरुहरूलाई आज यस महान् दिन  गुरु पुर्णिमाको दिन पारेर एकमुष्ट नमन तथा सतसत प्रणाम  गर्दछु ।
    किताबको ज्ञान दिने मात्रा गुरु नभई जीवनको लागि ज्ञान दिने र जिउने तरिका सिकाउने  सबैमा कृतज्ञता सहित  सबै गुरुहरूमा श्रद्धापूर्वक नमनः टक्र्याउदै यो लेखलाई यहीँ विश्राम दिन्छु अस्तु।

         गुरु पूर्णिमाकाे हार्दिक मंगलमय शुभकामना !!!!
      तस्मै श्रीगुरवे नम:
       सद् गुरुभ्याे नमाे नमः

    ( विद्यार्थी ,पाेखरा ८ सृजनाचाेक)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology