- केशव गाैतम
नेपालमा विभिन्न समय वा कालखण्डमा निर्वाचन हुदैँ आएको छ जुन शासन व्यवस्थाकाे परिवर्तनका लागि राजनीतिमा नयाँ आयम पनि थपेको छ।जसले गर्दा राणा शासन ,प्रजातन्त्र हुदैँ संघीयता ,धर्मनिरपेक्ष सहितको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।जुन नेपाली समाजको एक गहना पनि हो ।
अब यसको सफलता पूर्वक कार्यन्वयन आजको अपरीहार्य हो ।स्वतन्त्र उम्मेद्वार त्यस्ता व्यक्ति बिजय हुन्छन् जुन न भुताे न भविष्य कसैले नसाेचेको व्यक्ति विजयी भएर आफ्नो कार्यभार समालि कार्यमा कर्मठ हुन्छन् ।एउटा गिताकाे भनाइलाई सापटी लिदाँ
(कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।2.47।।)
"कर्म गर फलकाे आशा नगर"
यसलाई शिराेधर गरेर जनताको सेवा गर्नु आजको आवश्यकता हो ।
नेपाल एक बहुदलीय व्यवस्था भएको मुलुक हो ।जुन हालको संविधानमा समेत व्यवस्था गरिएको छ।यो बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेद्वार हुनु भने एक राजनीतिक दलको लागि खतराकाे घण्टी हो ।नेपालमा सबैभन्दा पहिलो पटक वि.सं. 2004 मा स्थानीय तहको निर्वाचन हुँदा स्वतन्त्रत उम्मेदवार घाेयणा हुनु नै अपवाद मानिन्थ्यो तर वि.सं.2047 सालकाे प्रजातन्त्र पुनःस्थापनापछि स्वतन्त्र उम्मेद्वारी दिने व्यक्तिकाे संख्या बढ्दै गएको देखिन्छ ।
यसमा राजनीतिक दलको ठूलो भूमिका रहन्छ।किनकि यश बहुदलीय राजनीतिक व्यवस्था प्रति आम नागरिक वा आम जनसमुदायमा वितृष्णा जागेको देखिन्छ ।त्यसैले नेपालमा निर्वाचनको समयमा स्वतन्त्र उम्मेद्वारी दिने व्यक्तिहरुकाे तछाड मछाड हुदै आएको देखिन्छ ।नेपालमा स्वतन्त्र उम्मेद्वारहरु राजनीतिक दलका भन्दा फरक हुन्छन् ।
किन फरक हुन्छन् भने यिनीहरूले जनसमुदायकाे मर्म भावना अनुरुप घाेषणा पत्र वा प्रतिबद्धता पत्र निर्माण गर्ने कार्यमा कसैकाे धाक धम्कीमा निर्माण हुदैन।उ आफू स्वतन्त्र उम्मेद्वार हु भन्ने भावनाकाे बिकाशका साथ साथै आत्मा विश्वास सहित सत्यातामा आधारित भैई कार्यन्वयन याेग्य वा कार्यन्वयन गर्न सक्ने बनाउनुका साथै मताधिकार प्रयोग गर्ने मतदाताप्रति जनविश्वास कायम भएको खण्डमा त निर्वाचनमा निर्वाचित नै हुन पुग्दछन्।
स्वतन्त्र उम्मेद्वार अन्य उम्मेद्वार भन्दा फरक के हुन्छ भने उसले कुनै पनि बिकास निर्माण,निति निर्माण लगायत कार्यका काम कारबाहीमा रिस्वत दिने लिने र भ्रष्टाचार गर्ने कार्यमा समेत सहभागी हुदैन।उसले आफ्नो तार्गेट यति मात्र गर्छ जुन उसले आफ्नो घाेषणा पत्र वा प्रतिबद्धता पत्रमा उल्लेख भए अनुरुप कार्य गर्न अग्रसर हुन्छ।
जसले गर्दा राजनीतिक दलको लागि एक सबककाे सिक्ने तरिका पनि हो।यसले के बुझ्न जरुरी हुन्छ भने नागरिकले एउटै उम्मेद्वार, एउटै राजनीतिक दल र एउटै व्यवस्था प्रति अनइच्छुक पनि देखिन्छन्।नेपालमा स्वतन्त्र उम्मेद्वार दिने व्यक्तिले समुदायकाे र समाजको राष्ट्रिय हितमा रहेर उसले उम्मेद्वार घाेषणा गर्दछ।
कुनै पनि राजनीतिक दलले स्वतन्त्र उम्मेद्वारलाई आफ्नो प्रभावमा पार्नका लागि विभिन्न भूमिका प्रलोभन वा चाल अन्य लाछ्ना सहित रचनात्मक भूमिका खेल खेलेकाे देखिन्छ किनकि ती स्वतन्त्र उम्मेद्वार आफ्नो पार्टीको गरिमा बढ्दै जन्छ कि भन्ने भावना बिकाश गरेका हुन्छन् तर स्वतन्त्र उम्मेद्वार भनेका त्यस्ता उम्मेद्वार हुन् जाे आम जनताबाट निर्वाचनमा बिजय भैसकेपछि कुनै पनि राजनीतिक दलकाे टीका लगाउन चाहदैनन्।
नेपालमा स्वतन्त्र उम्मेद्वार दिने र विजय उम्मेद्वार हुने हालै सम्पन्न भएको स्थानीय निकाकाे निर्वाचन विगतमा आफ्नो बर्चस्व जमाउदै आएका राजनीति दलका प्रतिनिधिहरुलाई उठ्नै नसक्ने गरि सुताई दिने र आफ्नो विजयी यात्रा सुरुवात गरि आम नागरिक , जनसमुदाय वा मतदातालाई विजय उत्सब मनाउन सहयोग गरे।नेपालमा स्वतन्त्र उम्मेद्वार हुने जुनसुकै कार्यमा पनि आफ्नो अपनत्व जिम्मेवारी र जवाफदेही पनि हुन्छन् ।
समाजमा अझै पनि राजनीतिक दलका भराैटे कार्यकर्ता वा विरोध गर्ने व्यक्तिकाे अत्याधिक रुपमा हावी छन् । जसले गर्दा स्वतन्त्र विजय भएको व्यक्तिलाई काम गर्ने क्रममा बाधा अड्चन आउनुका साथै समन्वय र सहकार्य नहुँन पनि सक्छ।जसले गर्दा विकास निर्माण,न्याय समन्वय र मिलापत्र आदिमा निर्वाचित पदाधिकारीमा द्वन्द सृजना हुनुका साथै तदाम्यता कायम गर्न नसकिने देखिन्छ।जुन सम्पूर्ण स्रोत साधन लगायतमा असर पर्ने देखिन्छ ।
अनि त्यसपछि त्यसको असर सेवा लिने सेवा ग्राहिमा पर्दछ।जुन स्वतन्त्र उम्मेद्वार विजय भएको विजयी खुसी उत्सब मनाएर हर्षित भएका मतदाताहरुमा नैराश्यता देखिनुका साथै ईच्छा योजना आकांक्षामा बालुवामा पानी मिसाय सरह जस्तो देखिन्छ जनमानसको नजरमा ।जसकाे असर राजनीतिक दलको देखिन्छ।नेपालमा स्वतन्त्र उम्मेद्वारी विजय भएको दिन जति खुशी हुन्छ तेत्ती त अन्य कुनै पनि कार्यमा पनि हुदैनन् ।
किनभने त्यो खुसी भने मतदाताको खुशी हो भन्ने ठानेका हुन्छन्।विजय स्वतन्त्र उम्मेद्वार त्यसपछि आफ्नो काममा अग्रसर हुदैँ अन्यलाई पनि हातमा काधमा काध मिलाएर साथमा लिएर अगाडि बड्न तम तयार भएका हुन्छन्।नेपालमा स्वतन्त्र उम्मेद्वारले कानुनकाे पूर्ण पालना गर्दै देशमा आर्थिकमा उन्मुख बिकाशकाे लक्ष्य उद्देश्य सहित सुशासन कायम राख्न मद्धत गर्दछन्।
सारंश: विश्वमा अपनाइएको निर्वाचन प्रणालीमा स्वतन्त्र उम्मेद्वार बिजयी भएकाे विरलै थाहाँ हुने।हाम्रो देश नेपालमा हाल सालमै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले त राजनीतिक दलका गढ वा किल्ला रहेको ठाउँमा आफ्नो उपस्थिति जनाए र तेत्ति मात्र नभएर नराम्रोसँग पराजयकाे स्वद चखाइदिए ।
हाल स्वतन्त्र उम्मेद्वारले महानगपालीका देखि वडा सदस्यसम्म जितेर देखाउन सफल भए। अनि विजयी उत्सब मनाउन सफल हुन पुगे जुन तिनीहरूकाे लागि गर्वकाे कुरा हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)