Logo बिहिवार, आश्विन १ गते २०८३
images

बिनोद भुसालको सुझाव : बेलायत भनेर कुदेर नआउनुस् !

बिनोद भुसालको सुझाव : बेलायत भनेर कुदेर नआउनुस् !

  • 6.2K
    SHARES

  • बिनोद भुसालको सुझाव : बेलायत भनेर कुदेर नआउनुस् !

    binod.jpg

    बिनोद भुसाल ।

    होटेल ब्यवसायमा राम्रो अनुभव भएका र दुख गर्नसक्नेको लागि राम्रै गन्तब्य हुन सक्छ बेलायत । तर धेरै आसा बोकेर नआउनुस् ।

    रुपन्देहीमा लामो समय होटेल ब्यवथापन मा राम्रो छवि कमाएँ तर टिक्न सकिन । नेपालमा रहँदा म पनि सफल होटेल म्यानेजर थिएँ अहिले रोजगारीको सिलसिलामा बेलायत छु । नेपालको बर्तमान अवस्था र  कोभिड १९ को कारणले थलिएको नेपालको पर्यटन ब्यवसायको कारणले आफ्नो भविश्य नेपालमा सुरक्षीत नदेखेपछि रोजगारीको सिलसिलामा युके आएँ ।

    बिगत चार महिनादेखि युकेको स्कटल्याण्डस्थित एक रेस्टुरेन्टमा म्यानेजरको रूपमा कार्यभार समालेकै छु । चार महिनाको बेलायतको अनुभव ठिकै रहेपनि मजस्तै धेरै मानिसहरु बिदेशीनुपरेको छ । दक्ष जनशक्ति देशछाडेर हिड्दा आम होटेल ब्यावसायीहरुको चिन्ताको बिषसय बनेको छ। दक्ष कामदारको भिसामा रेष्टुरेन्ट म्यानेजरको पद मा युके छु । १२ बर्षको होटेल लाइनको अनुभवमा बेलायतमा अफुले आशा गरेर आएजस्तो सम्पुर्ण नेपालीले सोचेजस्तो छैन । नेपालमै संभावना रहेको मेरो अनुभव छ ।

    वर्किङ भिषामा नेपालबाट कसरी युके आउन सकिन्छ त?

    सम्पूर्ण साथीहरूलाई भन्न चाहान्छु की बेलायत एउटा काम गर्न आउने ठाँउ हो कुनै मोज गर्न आउने ठाँउ होइन नेपालबाट सोचेजस्तो छैन बेलायतमा । बेलायत सरकारले पहिला देखिनै दक्ष कामदारलाई वर्किङ भिषामा बिश्वका विभिन्न मुलुकहरु बाट कामदारलाई आउने अवसर दिएको थियो । र मलाइ थाहा भए अनुसार २०१२ देखि वर्क पर्मिटमा अनुमति दिन बन्द गरेको थियो तर अहिले फेरि २०२१देखि युके सरकारले दक्ष कामदारलाई कामदार भिसा मा आउन अबसर दिएको छ।

     विशेषगरी युके दुताबासले दक्ष कामदारको रुप मा doctors , nurse, engineer, chief, hotel restaurant Manager हरु तथा अन्न्य लाई दक्ष कामदारको भिषा दिने गरेको छ । कसरी आउन सकिन्छ त युके वर्किङ भिसामा? म कुनै कानुनी शल्लाहका त होइन तर म आफू पनि भर्खर नेपालबाट आएकोहुदा म मेरो अनुभव र भोगाइ अनुसार निम्नलिखित प्रक्रियाहरु म शेयर गर्न चाहन्छु।

    सर्वप्रथम त दक्ष कामदारको भिषामा युके आउनकालागि आफू सङ्ग कम्तीमा तीन बषको राम्रो कार्यदक्षता हुनु पर्छ

    1.UKVIB1 IELTS मा कम्तीमा each band 4 score अथवा PTE academic मा minimum 43 each band मा पास गर्नु पर्छ

    2.युके मा Tier 2 sponsor license भएको कम्पनी ले shonshorship शहित Job offer दिनु पर्छ तेस्को लागि तपाईंले कुनै agent अथवा सिधा company को vacancy मा apply गरि interview पास भइ select हुनुपर्छ ।

    3.युके home office ले दियको सम्पूर्ण document requirement जस्तै medical report,passport तथा document पूरा भय पछि immigration Loyer मार्फत VISA apply गरिन्छ ।

    नेपालमा विभिन्न agency हरुले युके working visa लगाइदिन्छु भनी धेरै मात्रामा पैसा उठाउने गरेको सुन्नमा आयको छ तर नेपाल सरकार ले बेलायतमा कामदार पठाउन खासै पहल देखिएको छैन । विभिन्न दलालहरुको कुरा मा परेर ठुलो लगानी गरेर बेलायत नआउनु हुन सुझाव छ । म कुनै legal advisor नभएको र भोगेको अनुभव मात्र सुनाउँछु ।

     युके आउन चाहानेको लागि सबै कुरा बुज्नको लागि uk government को webside www.gov.uk मा गएर सब कुरा बुझ्न् सकिन्छ ।

    कति खर्च हुन्छ त skilled worker visa मा युके जान? मैले बुजे अनुसार युके home office charge £3800 पाउनड हो तेसमा loyer fee छुट्टै लाग्छ loyer ko आफ्नो आफ्नो रेट हुन्छ ।

    धेरैजसो asian company हरु ले sponsorship दिय बापत कामदार बाटनै £5000 देखि माथी लिने गरेको पाइन्छ यसरी हेर्दा युके आउदा नेपाली सात लाख देखि तीस लाखसम्म तिरेर आउने गरेको पाइएको छ। युरोप भनेर कुदिहाल्नु पर्ने मैले केही पनि देखिन नेपाल् मा जस्तो नाम इज्जत र सान यहाँ छैन।

    यो दुख गरेर खानेको लागि मात्र सहि गन्तव्य हुन सक्छ । म बेलायत आउन चाहानेको लागि यति मात्र भन्न चाहन्छु कि यदि आउनै चाहानुहुन्छ भने आफू ले गर्ने काम मा राम्रो अनुभव छ भने मात्र आउनुस नेपाल मा नक्क्ली certified बनायर आएको भरमा काम नजानी आउदा एहा धेरै दुख पाउन सकिन्छ ।

    नेपालमा जस्तो खुरापाती र गफको भरमा यँहा चल्दैन। यदि आफू सङ राम्रो कामको अनुभव छ भने युके मा कसैले कसैलाई मिसयुज गर्न सक्दैन आफू सङ राम्रोसँग कार्यदक्ष्यता छ भने आफू लाई काम चित्त नबुजेमा कम्पनी चेन्ज गर्न पाउने प्रकृया  पनि छ तर आफू सङ्ग राम्रो कार्यदक्षताछैन भने दुख पाउन तयार हुनैपर्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology