बुटवल,कार्तिक ५-
बुटवल कोरोना विशेष अस्पतालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । बुधबार थप दुई संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका ४७ वर्षीय पुरुष र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय पुरुष छन् ।
असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै, असोज २७ गते पोजिटिभ भई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको उनले बताए । दुवै बिरामीको भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)