बुटवल,कार्तिक ५-
रुपन्देहीको तिलोत्तमामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
तिलोत्तमा वडा न ५ मणिग्राम निवासी ४७ बर्षिय पुरुषको मृत्यु भएको हो । उनी लामो समयदेखि स्वासप्रस्वास,प्रेसरको समस्यामा थिए। उनको होम आइसोलेसनमै मृत्यु भएपनि क्रिमसन अस्पतालले मृत्युको पुष्टी गरेको छ । अहिले शवलाइ सोहि अस्पतालमा राखिएको परिवारजनले जनाएका छन् ।
तिलोत्तमाले गर्यो कोरोना संक्रमितको शव व्यवस्थापन स्
कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो ।
नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिन देखी होम आइसोलेसनमै रहेका थिए ।
स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । यो सँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् । तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)