बुटवल,कार्तिक ४-
बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ५:१० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।
हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो । ती महिला डाइबेटिज रोगबाट पिडित रहेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)