– डा. के.आर. दाहाल
अन्ततःएम.सि.सी. भन्ने अमेरिकन परियोजना नेपालको संसदले पास ग¥यो । यो पास हुन्छ भन्ने अनुमान धेरैले पैले नै गरेकाथिए ।
यो कपटी योजनाको स्वरुपकालो छ भन्ने पनिदुनियाँले बुझेका छन् । त्यसैले होलादिन सकिएर रात छिप्पीदै गएपछि कालो रातमा नै एम..सि.सी. पास भयो । केही सांसदहरु संसद हलभित्रै यसको विरोधमाचर्को नाराबाजीगरिरहेकाथिए । सडकमा देशभक्तजनताहरु नाराबाजीगरिरहेका देखिन्थे । सुरक्षाकर्मीहरु नेताहरुलाई बचाउन पर्याप्तमात्रामा तैनाथगरिएकाथिए । तैपनिएम.सि.सी.पास गरेरै छाडे र जनतालाई व्याख्यात्मक टिप्पणी गरेर आँखामा छारो हाले ।
धन्यहो नेताजीहरु । तपाईहरुको नाङ्गोनाचको प्रदर्शनी सबैले बुझे ।
यो लोकतन्त्रको अवमुल्यनहो । र, राष्ट्रघाती कामहो ।अहिले जनचेतनाको स्तर धेरै माथि छ । ‘एम.सि.सी. रहस्यको बाकस हो’भन्ने टिप्पणी पनिआईरहेको छ । वैदेशिक सहयोग लिनु पर्छ भन्ने कुरा जायजहो तर देशलाई कुरुक्षेत्रमाबदल्ने खालको सहयोग नेपालीले चाहेका होइनन् ।
पटक पटक नेपालीजनतालाई नेताहरुले झुक्काउँदै आए । पंचायतले ३० वर्षआंशिक रुपमाझुक्कायो । बहुदलले त्यसलाई मलजल गरी अझ बढी विकास ग¥यो र लोकतान्त्रिक गणतन्त्रले सिमा नाघ्ने गरी झुक्कायो । नेपालमाकिन यस्तो विकृतिको विकास भयो त ?यसको उत्तर हो नेताहरुमा देखिएको आर्थिक प्रलोभन । नेताजीहरु, होसियार । यो देश तपाईहरुको मात्र पेवाहोइन । करिव ३ करोड नेपालीको साझाभूमिहो । जनचाहनाविरोधीकाम संसदले गर्न हुन्नयदितपाईहरुले आफूलाई जनप्रतिनिधि ठान्नु हुन्छ भने । होइनतपाईहरुले एम.सि.सी.बाट धेरै नै लाभलिनु भएको छ र त्यो लाभको गुनतिर्न एम.सि.सी. पास गर्नु भएको हो भने अब राजनीतिले कोल्टे फेर्ने छ । जनताले यसको नतिजा देखाईदिने छन् । संसदमाचर्को स्वरमा केही नेताहरुले एम.सि.सी.को पक्षमाबोलेको सुन्दा यस्तो लाग्थ्यो संसारको सबै कुरा जान्ने सुन्ने हाम्रा नेताहरु मात्र रहेछन् । ज्ञान पनिकति धेरै ?अहा, माननीयहरु ! तपाईहरुको यो ज्ञानको ढुकुटी देख्दाभातखाने र राष्ट्रप्रेमी नेपालीले पक्कै पनिधिक्कारे होलान् ।
तपाईहरुको पालो अब सकियो ।
अबपालो स्वाभिमानी नेपालीको हो । यो कालोरातमागरिएको निर्णयको नतिजापनिकालै हुन्छ भन्ने आमधारणा छ । जो कोही नेपालीले यो कालो निर्णय पचाउनगाह्रो छ र यसको हिसावकितावआगामीदिनमापक्कै हुनेछ । मात्र समय कुर्नु पर्छ । त्यो क्षण देख्नपक्कै पाइने छ ।
कसैले सहयोग गर्छु भन्दाकिननलिने भन्ने केही नेताहरुको प्रश्नपनिएम.सि.सी.सँगै जोडिएर आएको छ । जनताले जानेबुझेको कुरा के हो भने सहयोग दिने र लिनेले सहजवातावरणमा लिनेदिने गर्छ । सहयोग दबाबदिएर दिइदैन, स्वीकार गरिदैन । यो एम.सि.सी. दबाब पूर्ण लादिएको सहयोग हो । त्यसैले यो रहस्यमय सहयोगको बाकस हो ।
यस्तो रहस्यमयबाकस किनभित्रियो त नेपालमा? बढ्दै गएको भारत र चिनको शक्ति सन्तुलनगर्न अमेरिकाले उपयुक्त स्थल रोज्यो नेपाललाई ।
यहीबाट मात्रउसले समग्र दक्षिण एसियालाई नियन्त्रण गर्ने र आफ्नो राजनीतिकलाभलिन सक्ने ठहर ग¥यो । बर्षौदेखिको यो अमेरिकी रणनीति बल्ल सफलभयो । धन्यहो नेताहरु । देशलाई नै धरापमापारेर यति ठूलो कामगर्न सफलहुनु भो । तपाईहरुलाई त म्यूजियमभित्र राखेर सधैं संरक्षण गर्नुपर्छ ताकी पछिका सन्नततीहरुले सहजै मुहार देख्न सकून् ।
पक्कै पनिएम.सि.सी. पास गर्नेहरुले आफूलाई बहादुर ठाने होलान् । तर तीबहादुरहरुकाजनताले दिनगन्ती शुरु गरेका छन् ।तपाईहरुको जीवन सहजपक्कै हुने छैन । यो राष्ट्रघाती कदमहो । यसले स्वाभिमानी नेपालीलाई तरंगितबनाएको छ । तरङ्गकायी छालहरु कहाँसम्म फैलन्छन् र कतिलाई बढार्दछ यो समयले बताउने छ । प्रतिक्षा गरौंं ।
के हो व्याख्यात्मक टिप्पणी ?जनतालाई भ्रममापार्न रचिएको नाटक मात्रहो । संसदले एम.सि.सी.को व्याख्याग¥यो, अनि टिप्पणी पनि झुण्डाइदियो । यो व्याख्यादाताले मान्छ त ? टिप्पणी सुनिदिन्छ त ?यतिखेर निरिह बने सांसदहरु । जनताले चित्तबुझाउलान् त?त्यो पाटो भने हेर्न बाँकी छ । एम.सि.सी.को व्याख्या संसदमागरिरहँदात्यतिखेर पक्षमाचर्को बहस गर्ने सांसदहरुको मुहारले भन्थ्यो, ‘के गरौं हामीविक्रीभैसकेका छौं । यो हाम्रो बाध्यताहो ।’ यो मनोविज्ञानदर्शकदिर्घाले बुझेको थियो । माननीयहरुको मुहारले ‘प्रभु हाम्रो राष्ट्रिय स्वाधिनताबचाई देऊ ।
नेपाललाई माया गर । हामीलाई दयाभावले हेर ।.......।’भन्थ्यो । तर बचाउलान् तप्रभले? यो भने भोकाएको बाघ र बाख्रीको कथा जस्तै हो । बेला आउँछ, जसरी बाघले बाख्रीको प्राणको याचनानसुनेर आफ्नो सिकार बनाएको थियो, त्यसैगरी आर्थिक प्रलोभनमा परेकाहाम्रा नेताहरुलाई प्रभुले कुनैबेलासिकार बनाउनेछन् । किनबुझेनन् यतिकुरा हाम्रामहामहिमहरुले । यहिहो उदेकलाग्दो कुरा ।यहि हो व्याख्यात्मक टिप्पणी र यहि हो रहस्य ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)