Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जामा पहिरो : दुई जनाको मृत्यु,८ जना बेपत्ता

स्याङ्जामा पहिरो : दुई जनाको मृत्यु,८ जना बेपत्ता

  • 3.3K
    SHARES

  • स्याङ्जामा पहिरो : दुई जनाको मृत्यु,८ जना बेपत्ता

    बुटवल,असोज ८-

    स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

    स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।

    तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology