Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पाको रम्भामा पहिरो : ३ घर पुरिए,६ जना बेपत्ता

पाल्पाको रम्भामा पहिरो : ३ घर पुरिए,६ जना बेपत्ता

  • 4.3K
    SHARES

  • पाल्पाको रम्भामा पहिरो : ३ घर पुरिए,६ जना बेपत्ता

    बुटवल,असोज ८-

    अविरल वर्षासंगै खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । 

    बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए ।

    उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

    अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology